• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ३. चार लाख भारतीय रकमसहित पक्राउ

  • ४. ढोरपाटन आवातजावतमा सास्ती

  • ५. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ६. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ७. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ८. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ९. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • १०. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

रसुवागढी–स्याफ्रुबेसी सडकखण्ड शुक्रबारभित्र खुलाउने तयारी



  •   बिहिबार, साउन ०१, २०८२
  • A
  • A+
  • A++

१ साउन, काठमाडौं । भोटेकोशी नदीको बाढीले क्षति पुर्‍याएको रसुवागढी–स्याफ्रुबेसी सडकखण्डमा एक/दुई दिनभित्रै गाडी गुडाउन मिल्ने गरी मर्मतको काम भइरहेको छ ।

सडक विभागको गल्छी मैलुङ त्रिशूली स्याफ्रुबेसी रसुवागढी सडक आयोजनाका प्रमुख सीडीई खड्गलाल श्रेष्ठले बाढीले सडक बगाएको ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको जानकारी दिए ।‘स्याफ्रुबेसीदेखि साढे आठ किलोमिटर पर लिङलिङमा एउटा मेजर पहिरो छ । त्यहाँ रक कटिङको काम भइरहेको छ,’ श्रेष्ठले भने ।

रसुवागढी–स्याफ्रुबेसी खण्डमा यो सबैभन्दा अप्ठ्यारो ठाउँ ठानिएको छ । ‘हाइटमा पनि छ, मुनि खोला पनि छ । सिधै भर्टिकल डाँडा भएकाले अप्ठ्यारो छ,’ श्रेष्ठ भन्छन्, ‘त्यहाँ छिचोलियो भने लगभग ट्राफिक ओपन गर्न सकिने अवस्था हुन्छ ।’त्यहाँ ट्र्याक खुलाउन ब्रेकर, बकेट लगायतका साना–ठूला चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको उनले जानकारी दिए । ‘मौसमले साथ दियो भने र अरु प्राविधिक जटिलता आएन भने शुक्रबार नै रसुवागढी–स्याफ्रुबेसी सडक खुल्नसक्छ,’ उनले भने ।

गत असार २४ गते बिहान चीनतर्फबाट आएको हिमबाढी भोटेकोशीमा मिसिँदा विनाशकारी बनेको थियो ।सो बाढीमा परी ११ शव र मानवअंगहरु फेला परेका छन् भने १८ जना सम्पर्कविहीन छन् । बाढीले नेपाल–चीन मितेरी पुल भत्काइदिनुका साथै रसुवागढी–स्याफ्रुबेसी खण्डको १६ किलोमिटर क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । रसुवागढी सुक्खा बन्दरगाह, सो क्षेत्रमा पर्ने तीनवटा जलविद्युत आयोजना र भन्सार क्षेत्रबाट करिब एक सय गाडीहरु बगाएको थियो ।

सडक क्षति भएको अन्य स्थानमा मर्मतको काम सकिए पनि लिङलिङमा मात्र ट्र्याक खोल्न बाँकी रहेको सडक विभागका अधिकारीहरु बताउँछन् ।

लिङलिङमा १२० मिटर सडक भत्किएको छ । पहाडको सिधा भित्तातिर बगेको नदीलाई तर्काइएको छ भने भित्तो काटेर ट्र्याक खुलाउने काम भइरहेको छ ।

ट्र्याक खुलेपछि तत्काललाई साना गाडी चलाउने र थप मर्मत गरी ठूला गाडीहरु पनि चलाउन मिल्ने बनाउने अधिकारीहरुले बताएका छन् ।

नेपाल–चीन जोड्ने मितेरी पुल भने कहिले बन्ने भन्ने अन्योल छ । प्रधानमन्त्री केपी शर्मा ओली बाढी प्रभावित रसुवागढीको अवलोकन गरेर फर्किएपछि सरकारले चीनलाई पुल बनाउन अनुरोध गर्ने निर्णय गरेको थियो । चिनियाँ पक्षले त्यहाँ डोजर लगाइरहेको देखिएकाले पुल बनाउन सुरु गरेको अनुमान नेपाली अधिकारीहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

ढोरपाटन आवातजावतमा सास्ती

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.