• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. चार लाख भारतीय रकमसहित पक्राउ

  • ३. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ४. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ५. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ६. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ७. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • ८. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • ९. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • १०. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

जसले ओपेरा हाउसको परिकल्पना गरे, सपना साकार भएपछि देख्नै पाएनन्



  •   बुधबार, साउन २१, २०८२
  • A
  • A+
  • A++

सन् १९४० को दशकको अन्त्यतिर ख्यातिप्राप्त बेलायती संगीतज्ञ सर युजिन गुसेन्सले ओपेरा हाउसको निर्माण परियोजना अघि सारेका थिए । उनी त्यो समयका प्रसिद्ध ओपेरा कन्डक्टर थिए ।

दोस्रो विश्वयुद्धपछि उनी संगीतको निर्देशक भएर अस्ट्रेलिया पुगेका थिए । त्यसअघि उनले बेलायत र अमेरिकामा काम गरिसकेका थिए । अस्ट्रेलियामा भने उनी सिड्नीमा अवस्थित न्यू साउथ वेल्स स्टेट कन्सर्भेटोरियम अफ म्युजिकको निर्देशक भएर आएका थिए । भनिन्छ, त्यसबेला उनलाई प्रधानमन्त्रीको भन्दाबढी पारिश्रमिक दिइएको थियो ।यसरी सिड्नी पुगेका सर गुसेन्सका लागि ओपेरा बनाउने पेशागत काम थिएन । जीवनकै मिसन थियो । सिड्नीको हार्बरको छेउमै रहेको ट्राम डिपो उनका लागि स्वप्निल स्थान बनिसकेको थियो । जसलाई आदिवासी गाडिगल समुदायले टुबवगुले भनेर चिन्थे ।

त्यहाँ हजारौं वर्षदेखि सांस्कृतिक र आध्यात्मिक गतिविधिहरू हुँदैआएको थियो । कालान्तरमा यो ठाउँ आधुनिक अस्ट्रेलियाको सांगीतिक पहिचानको केन्द्र बन्ने सर गुसेन्सको दृढ विश्वास थियो ।

तर सपना देखेर मात्र पुग्दैन । त्यसलाई मूर्तरूप दिन राजनीतिक संलग्नता आवश्यक थियो । सौभाग्यवश सर गुसेन्ससँग त्यो क्षमता थियो । उनले न्यू साउथ वेल्सका मुख्यमन्त्री जोसेफ काहिललाई प्रस्ताव राखे । काहिललाई उनको योजनाले मोहित पार्‍यो ।

त्यसपछि काहिलले स्थान स्वीकृत गर्नुका साथै एउटा अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता नै आह्वान गरे । त्यो प्रतियोगिता सन् १९५५ मा सुरु भएको थियो । त्यसमा एउटा मात्र सर्त राखिएको थियो-पहिले कतै पनि नबनेको खालको संरचना हुनुपर्छ ।

यो प्रतियोगिताको निर्णायक क्षण सन् १९५७ मा आयो । जसमा विश्वभरबाट २३३ आर्किटेक्टहरूले डिजाइन पठाएका थिए । ती मध्ये डेनमार्कका आर्किटेक्ट जोर्न उट्सनको नाम अगाडि आयो ।

उट्सनको प्रस्तावित डिजाइन परम्परागत भवनहरू भन्दा भिन्न थियो । कल्पनाशीलताको एउटा चरम उदाहरण जस्तो डिजाइन थियो । भवनको छाना शंखजस्तो आकारको थियो । उनको त्यस्तो डिजाइन देखेर निर्णायकहरू नै विभाजित थिए । तर अन्ततः उट्सनकै डिजाइन छानियो।

यसरी डिजाइन छनौट भएपछि सिड्नी ओपेरा हाउस बनाउन औपचारिक रूपमा २ मार्च १९५९ देखि थालिएको थियो । यसको निर्माण थाल्दा तीन चरणमा काम सक्ने योजना थियो-पोडियम, छाना र भित्री भाग । त्यही योजनाअनुसार सबैभन्दा पहिले पोडियम बनाइयो । तर पछि मात्र थाहा भयो कि, ट्राम डिपो रहेको जमिन कमजोर रहेछ । ठाउँ पनि पर्याप्त छैन रहेछ ।

आर्किटेक्ट जोर्न उट्सन ।

त्यसैले भवनको भार धान्न ५५० भन्दा बढी स्टिल-कङ्क्रिटका खम्बा राखियो । यसो गर्दा सोचेभन्दा समय र लागत दुवै बढी लाग्यो । यसैबीच छानाको संरचना निर्माण गर्नु समग्र परियोजनाको सबैभन्दा जटिल भाग भएको पनि थाहा भयो ।

सुरुमा स्टिलमा कङ्क्रिटको कोटिङ गरेर छाना बनाउने योजना बनाइएको थियो । तर त्यस्तो संरचनाले भित्री हलमा ध्वनिमा असर पार्ने देखियो । त्यसपछि थुप्रै असफल प्रयास भए ।

तर जोर्न उट्सनले समाधान निकाले । उनले एकदिन सुन्तलाको बोक्रा छिलिरहेका थिए । त्यहीँक्रममा उनले पत्ता लगाए कि छानाको सबै खण्डहरू एउटै गोलो आकारबाट काटेर निकाल्न सकिन्छ । त्यसपछि छानाका टुक्राहरू एउटै गोलो आकारबाट काटेर बनाइए । ती टुक्रा पहिले नै कारखानामा बनाइन्थे । र, पछि निर्माण ठाउँमा ल्याएर जोडिन्थ्यो ।

यसबेलासम्म निर्माणको लागत र समय पहिलेभन्दा धेरै बढिसकेको थियो ।

सन् १९६२ सम्म आइपुग्दा लागत साढे १२ मिलियन अस्ट्रेलियन डलर पुग्यो । जबकि, सुरुआती अनुमान साढे तीन मिलियन अस्ट्रेलियन डलर मात्र थियो । यता उद्‍घाटन मिति पटकपटक सारिएको थियो ।

निर्माणाधीन अपेरा हाउस ।

यसैबीच सन् १९६५ मा न्यू साउथ वेल्सको सरकार परिवर्तन भयो । नयाँ मुख्यमन्त्री रोबर्ट अस्किनले यो परियोजनालाई पहिलेदेखि खुलेर विरोध गर्दै आएका थिए । सत्तामा पुगेपछि उनले आर्किटेक्ट उट्सनलाई पनि दबाब दिन थाले । पछि त उनलाई भुक्तानी नै दिन छाडे । त्यस्तो परिस्थिति सिर्जना भएपछि उनले सन् १९६६ मा परियोजनाबाट राजीनामा दिए । र, आफ्नै देश डेनमार्क फर्किए ।

मुख्य आर्किटेक्ट उट्सन परियोजनाबाट बाहिरिएपछि अस्ट्रेलियन आर्किटेक्टहरूले परियोजना सम्हाले । उनीहरूले परियोजनाको भित्री संरचनालाई पूर्णरूपमा परिवर्तन गरे । उट्सनले प्रमुख हललाई ओपेरा र कन्सर्ट दुवैका लागि प्रयोग गर्न चाहेका थिए । तर नयाँ योजनामा त्यो हटाइयो ।

त्यसपछि निर्माण कार्य झनै जटिल बन्यो । सन् १९७२ मा यहाँ काम गर्ने मजदुरहरूले पनि हड्ताल गरे । यद्यपि काम भने निरन्तर भइरहेको थियो । त्यस्तै प्रतिकूल परिस्थिति बाबजुद अन्ततः सन् १९७३ मा निर्माण कार्य पूरा भयो ।

परियोजना सम्पन्न गर्न १० वर्ष ढिला भइसकेको थियो । अनुमानित सुरुआती लागतभन्दा १४ गुणा बढी खर्च भयो । यो सम्पन्न हुँदा १०२ मिलियन अस्ट्रेलियन डलर खर्च भएको थियो ।

यसरी जेजस्तो भए पनि २० अक्टोबर १९७३ मा रानी एलिजाबेथ द्वितीयबाट यो भवन औपचारिक रूपमा उद्‍घाटन भयो ।

000

तर यो भवनको परिकल्पनाकार सर गुसेन्सले आफ्नो सपना साकार भएको हेर्न पाएनन् । १९५६ मा नै बेलायतबाट नाइटको उपाधि लिएर फर्किँदै गर्दा उनी अस्ट्रेलियामा पक्राउ परेका थिए । उनको झोलाबाट तस्करी गरिएको अश्लील सामग्री, आपत्तिजनक तस्बिरहरू र रबर मास्कहरू भेटिएका थिए । पछि मिस्टर ई. ग्रेको नाममा उनले अस्ट्रेलिया छाडे । फेरि कहिल्यै फर्किएर आएनन् ।

अपेरा हासउका परिकल्पनाकार सर युजिन गुसेन्स ।

यसरी यौन, तान्त्रिक क्रियाकलाप आदि कारणले उनको करियर नै समाप्त भयो ।

यता भवनको मुख्य आर्किटेक्ट उट्सन पनि उद्‍घाटन समारोहमा उपस्थित भएनन् । पत्रमार्फत आफूले कल्पना गरेको भित्री स्वरूप नबनेकाले त्यहाँ उपस्थित हुन उपयुक्त नहुने उनले जवाफ लेखेका थिए ।

यद्यपि सन् १९९९ मा उट्सन फेरि परियोजनामा परोक्ष रूपमा संलग्न भएका थिए । जसको कारण थियो-भित्री भागको पुनः डिजाइन । र सन् २००४ मा भवनको एउटा कक्षको नाम नै ‘उट्सन रूम’ राखिएको थियो ।

जे होस्, आज सिड्नी ओपेरा हाउस युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश छ । सन् २००७ मा यो भवनलाई यो सूचीमा राखिएको थियो । आजसम्म बब डिलन, नेल्सन मण्डेला, क्याथी फ्रीम्यान लगायत धेरै विश्व प्रसिद्ध व्यक्तिहरूले यो हलमा उपस्थिति जनाइसकेका छन् । हालै मात्र हरि महर्जन र उनको समूहले पनि यहाँ सांगीतिक प्रस्तुति दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.