• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ३. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ४. चार लाख भारतीय रकमसहित पक्राउ

  • ५. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ६. ढोरपाटन आवातजावतमा सास्ती

  • ७. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ८. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ९. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • १०. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

उत्तराखण्ड बाढीपहिरो : धादिङका पनि ४ जना सम्पर्कविहीन



  •   शुक्रबार, साउन २३, २०८२
  • A
  • A+
  • A++

२३ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरेको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।उनीहरु कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए । ‘त्यसपछि हामीले पत्राचार गरेर गृह मन्त्रालयमार्फत् दूतावासलाई जानकारी गराएका छौं,’ उनले अनलाइनखबरसँग भने ।

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ ।यसअघि उत्तराखण्डको बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिहरुमार्फत् जानकारी आएको थियो । धादिङका समेत चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार त्यहाँका १३ जना नेपाली सम्पर्कविहीन छन् । उनका अनुसार कुशे गाउँपालिका वडा नम्बर २ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, निम सिंह, रविन सिंह र परिचय नखुलेका अरु ७ जना बाढीपहिरोमा परेको जानकारी त्यहाँ रहेका नेपालीहरुले दिएका छन् ।

यसैगरी बर्दिया मधुवनका नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक पनि बाढीमा परेर बेपत्ता भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताएका छन् ।

यस्तै जुम्लाको तिला गाउँपालिका निवासी जनकबहादुर शाही पनि पहिरोमा परी बेपत्ता भएको जानकारी आएको त्यहाँका जनप्रतिनिधिहरुले बताएका छन् ।

स्थानीय पालिकाहरुले नेपालीहरु हताहत भएको सूचना आएको भन्दै उनीहरुको खोज तथा उद्धारका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.