• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ३. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ४. चार लाख भारतीय रकमसहित पक्राउ

  • ५. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ६. ढोरपाटन आवातजावतमा सास्ती

  • ७. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ८. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ९. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • १०. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

स्थानीय भन्छन्- मध्य भोटेकोशीको सुरुङबाट पानी चुहियो, आयोजना भन्छ- कुनै जोखिम छैन



  •   बिहिबार, साउन २९, २०८२
  • A
  • A+
  • A++

२९ साउन, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजना परीक्षणका क्रममा सुरुङबाट पानी चुहिएर बस्ती जोखिममा परेको भन्दै स्थानीयबाट विरोध भएको छ ।

आयोजनाका लागि चाकुबाट जम्बुसम्म ७ दशमलव २ किलोमिटर सुरुङमध्ये ढुंगाखानी, बोर्डरलाइन, झ्याले भिर, गाती लगायतका स्थानमा पानी चुहिएको स्थानीयको भनाइ छ । यदि सुरुङबाट पानी चुहिन नरोकिए जम्बु, खोर्सानीबारी, खाग्दल, बाह्रबिसे, लामोसाँघु, खाडीचौर लगायत स्थानका बस्तीमा क्षति पुग्ने स्थानीय सुरेन्द्र श्रेष्ठ बताउँछन् ।‘आयोजनाको बोर्डर तथा छ्याम्सा भन्ने स्थानमा धेरै पानी चुहिएर जमिन भासिएको छ, पानी चुहावट नरोकिए बाढीपहिरो गएर गाउँ नै सखाप हुने डर छ’ श्रेष्ठ भन्छन्, ‘तत्काल मर्मत गरेर जोखिममा रहेको बस्ती जोगाउनुपर्छ ।’

हाल विद्युत् उत्पादन गर्ने तयारीमा जुटेको आयोजनाको बोर्डरल्यान्डस्थित मुख्य सुरुङ र संरचना बाहिरका सबैजसो भूभागबाट पानी चुहावट भएर जथाभावी खोलो बग्दा बस्ती नै भासिँदै जान थालेको उनको भनाइ छ ।

सिन्धुपाल्चोकको भोटेकोशी ५ मा बाँध र बाह्रबिसे ५ मा पावरहाउस रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्नको अन्तिम चरणमा छ ।

स्थानीयले गराए ध्यानाकर्षण

सुरुङको बोर्डरमा पहिलोपटक २०८० साल पुसमा पानी चुहिएको थियो । पानी चुहिएपछि आयोजनाले नौ महिना लगाएर  मर्मतसम्भार गरेको थियो । दोस्रोपटक २०८१ मा पनि सोही स्थानबाटै पानी चुहिएको थियो । आयोजनाले तेश्रोपटक असारमा सुरुङमा पानी हालेर परीक्षण गर्दा पनि पानी चुहिएको भन्दै स्थानीय जनप्रतिनिधि, स्थानीयबासी, स्थानीय क्लब तथा वन समितिहरुले ध्यानाकर्षण गराउँदै आएका छन् ।

उनीहरुले विशेषज्ञद्वारा निरीक्षण गरेर सुरुङ मर्मतसम्भार गरिनुपर्ने, मानव बस्ती र जमिनको सुरक्षा, उक्त क्षेत्रमा रहेका सबैको बीमा हुनुपर्ने तथा स्थानीय वडालाई सामुदायिक उत्तरदायित्वको बजेट उपलब्ध गराउनुपर्ने मागसमेत राखेका छन् ।

यी मागबारे यही साउन २६ गते प्रभावित क्षेत्रका बासिन्दा, आयोजना कार्यालय, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, सशस्त्र प्रहरी बल लामोसाँघुका प्रहरी नायब उपरीक्षक जगतबहादुर दुवालसहित अन्य सुरक्षाकर्मी र जनप्रतिनिधिको सहभागितामा छलफल भएको थियो । तर सहमति जुट्न सकेको थिएन ।

त्यसछि आगामी भदौ १० गते संघ तथा प्रदेश सांसद, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुख, आयोजनाका उच्च तहका अधिकारी, स्थानीय जनप्रतिनिधि र स्थानीय बिच छलफल गर्ने सहमति भएको थियो ।

यसबीचमा स्थानीय वडा, प्रभावित स्थानीय, विभिन्न क्लब, वन समितिलगायतले आयोजनाका अधिकारी र बाह्रबिसे नगरपालिकासँग जोखिमबारे ध्यानाकर्षण गराएका छन् । स्थानीयको माग सम्बोधन नगरी जबर्जस्ती विद्युत् उत्पादन गर्न खोजे आयोजनामा तालाबन्दी गर्ने स्थानीयले चेतावनी दिएका छन् ।

बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत सुरुङ भन्दा माथिका बस्तीका बासिन्दाले व्यवस्थित गरेर मात्र आयोजना सन्चालनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको जानकारी उनले दिए । ‘गाती, ढुंगाखानी, बोर्डरलाइन, झ्याले भिर लगायतका स्थानमा पानी चुहिएको छ, व्यवस्थित नगरी सञ्चालन गर्न नदिने भनेर स्थानीयले पालिकामा समेत ध्यानाकर्षण बुझाएका छन् । सुरुङभन्दा माथिका बासिन्दालाई बढी चिन्ता भयो,’ उनले भने ।

आयोजनाको संरचना र बस्तीमा कुनै जोखिम छैन : सीईओ सिवाकोटी

तर आयोजनाका सीईओ रामगोपाल सिवाकोटी भने सुरुङको संरचना, सुरुङ आसपास र माथिल्लो भेगको बस्तीलाई कुनै जोखिम नरहेको बताउँछन् । १० दिनभित्र बिजुली उत्पादन गरेर राष्ट्रिय लाइनमा जोड्ने तयारीमा लागेपछि स्थानीयका मागहरु बढेको उनी बताउँछन् ।

‘बर्खाको बेला भएको कारण केही ठाउँमा पहिरो खसेको होला, तर आयोजनाकै कारण समस्या छैन,’ सिवाकोटीले भने, ‘स्थानीयले माग गरेका धेरै कामहरु हामीले गरिसकेका छौं ।’ उनले स्कुल भवन, सडक ढलान, बीमा लगायतका सहमति अनुसारका सबै काम गरिसकेको दाबी गरे ।

ढल्केबर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने तयारी

आयोजनाको निर्माण कार्य केही महिना अघि नै सम्पन्न भए पनि प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुन सकेको थिएन । सुरुमा बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनमार्फत विद्युत् प्रणालीमा जोड्ने लक्ष्य भए पनि स्थानीयसँग सहमति नजुटेपछि लामोसाँघुतर्फ लैजाने प्रयास गरिएको थियो ।

त्यहाँ पनि सम्भव नभएपछि अब प्राधिकरणकै स्वामित्वमा रहेको न्यू खिम्ती ४०० केभी सबस्टेसन हुँदै ढल्केबर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने तयारीका साथ मध्य भोटेकोशीले विद्युत् उत्पादन गर्न लागेको आयोजनाले जानकारी दिएको छ ।

माथिल्लो भोटेकोशी आयोजना चीनको वाङ्सी कम्पनीले निर्माण गरेको हो । आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.