२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पाँचौ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आगामी मंसिरको २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने गरी तरुण दलले कार्यतालिका बनाएको छ ।
मंसिर १० गते भित्र सात प्रदेश, कात्तिक मसान्तभित्र जिल्ला, कात्तिक २० गतेसम्म प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न सक्ने गरी तरुण दलले अध्यक्ष विद्धान गुरुङले तालिका तल्लो तहमा पठाएका छन् ।महाधिवेशनका लागि भाद्र १५ गतेभित्र दलको पूर्ण सदस्यता वितरण र पालिका अधिवेशन हुने तरुण दलले जनाएको छ । यही महिनाको मसान्तसम्म सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने कार्यतालिका बनाइएको छ ।
२०७३ सालपछि तरुण दलले अधिवेशन गर्न सकेको छैन । हाल तदर्थ समितिमा संस्था सञ्चालित छ ।




