• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ३. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ४. चार लाख भारतीय रकमसहित पक्राउ

  • ५. ढोरपाटन आवातजावतमा सास्ती

  • ६. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ७. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ८. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ९. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • १०. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

रोशन कार्कीले सांसदलाई खाली कागजमा हस्ताक्षर गराइयो भनेपछि सूर्य थापाको प्रतिवाद



  •   बुधबार, भदौ ०४, २०८२
  • A
  • A+
  • A++

४ भदौ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदबीच नोकझोक चलेको छ ।

राप्रपाकी सांसद रोशन कार्कीले उपसभामुख इन्दिरा रानालाई हटाउन खाली कागजमा हस्ताक्षर गर्ने एमाले र कांग्रेसका सांसदहरूप्रति धिक्कार छ भनेपछि उनीहरूबीच भनाभन चलेको हो ।सांसद कार्कीले कांग्रेस-एमालेप्रति लक्षित गर्दै उपसभामुखलाई हटाउन हिजो दिनभरि नौटंकी देखाइएको आरोप लगाइन् ।

उनले भनिन्, ‘कांग्रेस र एमालेहरूले आफ्ना माननीयहरूलाई खाली कागजमा सही गराएको खबर सुनियो । यो के-को लागि भन्दा उपसभामुखलाई महाअभियोग लगाउने रे । उहाँहरूलाई संवैधानिक परिषद्‌मा बहुमत पुगेन । बहुमत पुर्‍याएर आफ्ना आसेपासेलाई नियुक्ति गर्नका लागि उपसभामुखमाथि महाअभियोग लगाउने कुरा त्यहाँ चल्यो । कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गराए । सही गराउने कस्तो पार्टी ? सही गर्ने कस्ता माननीयहरू ? धिक्कार होस् ।’कार्कीले अगाडि भनिन्, ‘आफ्ना गृहमन्त्री जो भिजिट भिसाको धन्दा चलाइरहनुभएको छ, कमाउने भाँडो बनाउनुभएको छ । त्यसलाई चाहिँ बचाउने ? उपसभामुखले त एउटा सिफारिस मात्रै गर्नु भएको हो । त्यो पनि के-को लागि भन्दा केही समयका लागि अगाडि सार्ने सिफारिस थियो । त्यसमा यत्रा कुराहरू निकालेर महाअभियोग लगाउन हस्ताक्षर गरियो ।’

सांसद कार्की बोलिरहेकै समयमा एमाले सांसद सूर्य थापाले नियमापत्ति गरे । सभामुखले के कुरामा नियमापत्ति हो भन्दै सांसद थापालाई बोल्ने मौका दिए ।

सांसद थापाले भने, ‘यो संसद्‌मा हरेक माननीयज्यूले आफ्नो कुरा सार्वभौम ढंगले राख्न स्वतन्त्र हुनुहुन्छ । मैले नियम २१ घ अनुसार माननीय सदस्यज्यूको भनाइमा किन नियमापत्ति गरेको हुँ भने यो आरोपपूर्ण, लान्छनापूर्ण, गालीगलोजपूर्ण अपमानपूर्ण छ, यसलाई निषेधित गर्नुपर्छ ।’

सांसद थापाले अगाडि भने, ‘कस्ता कागजमा सही गराएको भन्ने ढंगको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ । हामी मण्डलेतन्त्रविरुद्ध लडेर यो संसद्‌मा आएका सार्वभौम जनताका प्रतिनिधिहरू हौं । हामी जनताबाट निर्वाचित सांसदहरू हौं । कस्तो कागजमा सही गर्छौं यो हामीले जानेर-बुझेर गर्छौं ।’

यसपछि सभामुखले सांसद थापाको भनाइप्रति ध्यानाकर्षण भएको जनाए ।

सभामुखले सांसद कार्कीलाई पुनः बोल्ने मौका दिए । सांसद कार्कीले एमाले र कांग्रेसले देशलाई दुई दलीय शासन पद्धतिमा लैजान खोजिरहेको आरोप लगाइन् ।

सत्तापक्षपटि बस्ने साना दलका सांसदहरूप्रति इंगित गर्दै उनले समयमै सचेत हुन आग्रह गरिन् । सचेत नहुने हो भने उपेन्द्र यादव र अरू पार्टीमाथि जुन प्रकारको आक्रमण भइरहेको छ, त्यो बाघले तपाईंहरूलाई पनि एक दिन खाने भन्दै सचेत हुन उनले आग्रह गरिन् ।

उनले भनिन्, ‘दुईदलीय शासन पद्धतिमा यो देशमा लैजान खोजिँदैछ । त्यसैको उपज स्वरूप उपसभामुखमाथि अविश्वासको प्रस्ताव ल्याउन खोजिएको छ ।’

कार्कीले भनिन्, ‘संवैधानिक परिषद्‌मा ५२ सिट खाली छ । विभिन्न प्रकारका सिटहरू खाली भइरहेको छ । त्यहाँ आफ्ना कार्यकर्ताहरू भर्ती गर्ने हो ।’ वास्तवमा नेपाली कांग्रेस र एमालेले संसद्को गरिमा गुमाएको उनको आरोप थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.