• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन ३०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • ५. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ६. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ७. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

विपन्न परिवारलाई गाउँपालिकाले दियो पक्की घर उपहार



  •   आइतबार, भदौ १५, २०८२
  • A
  • A+
  • A++

१५ भदौ, विराटनगर । कानेपोखरी गाउँपालिका-३ कोलटोलकी दागे चौधरीले जीवनभर मिहिनेत गर्दा पनि घर बनाउन सकिनन् । दैनिकी मजदुरी गरेर गुजारा गर्ने चौधरीको घर परालले छाएको सानो छाप्रो थियो । तर, हिजोआज उनी पक्की घरमा बस्छिन् ।

अतिविपन्न चौधरीलाई कानेपोखरी गाउँपालिकाले घर बनाएर दिएको छ । फुस्को घरमा बस्दै आएकी चौधरी भुईं ढलाई गरी टिनको छाना भएको पक्की घर पाउँदा खुसी छिन् ।फूलमति चौधरीको दैनिकी मजदुरी गरेर बित्छ । गाउँमा मजदुरी गर्ने उनको बसोबास फुसको छाप्रोमा थियो । हिउँदमा बसाइ सामान्य रहेपनि वर्षामा पानी चुहिन्थ्यो । चौधरीले पनि दागेको जस्तै नयाँ घर पाएकी छन् ।

कानेपोखरी गाउँपालिका- ४ क्याम्पाघाटका गोदला ऋषीदेवले जीवनभर मजदुरी गर्दा पनि घर बनाउन सकेका थिएनन् । उनले पनि नयाँ घर पाएका छन् ।

दागे, फूलमति र गोदलाले मात्रै होइन, कानेपोखरी गाउँपालिकाले १२२ अतिविपन्न परिवारलाई घर बनाएर दिएको छ ।

शनिबार मात्रै कानेपोखरी गाउँपालिका वडा नम्बर १ को झर्नाघुट्टुमा ११ वटा र कानेपोखरी– ३ का कोलटोलमा ३० गरी ४१ अतिविपन्न परिवारलाई नयाँ  घर हस्तान्तरण गरेको थियो । झर्नाघुट्टु र कोलटोलमा बनेको घर गाउँपालिका अध्यक्ष राजमती इङनामसँगै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र प्रदेश संसाद लिलाबल्लभ अधिकारीले हस्तान्तरण गरे ।

सहारा नेपाल र हेवीटाट फर ह्युमानिटी नेपालको सहकार्यमा भान्साघर र शौचालयसहितको दुई कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरेको  हो । भुईं ढलाइ गरिएको घरको छानो टिनको छ । घर निर्माणका लागि प्रशोधित बाँसको प्रयोग  गरिएको छ । शनिबार हस्तान्तरण गरेको ४१ वटा आवास २ करोड २८ लाख १ हजार ३ सय लागतमा तयार भएको थियो । पालिकाका अनुसार एउटा घरको लागत ५ लाख ५६ हजार १३० रुपैयाँ छ ।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इनाङनामले आफ्नो कार्यकालमा १२२ वटा घर निर्माण गरेर हस्तान्तरण गरिसकेकी हुन् । उनका अनुसार कानेपोखरी वडा नम्बर १ मा ३०, वडा नम्बर ३ मा ६०,  वड नम्बर  ४ मा १७ वटा घर निर्माण भएको छ । प्रदेश सरकारसँगको सहकार्य पालिकाले ३४ वटा घर निर्माण भएको छ ।

अध्यक्ष इङनामका अनुसार थप ५० वटा घर निर्माणको प्रक्रिया सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष इङ्नाम यसअघि पालिकाको उपाध्यक्ष थिइन् । उपाध्यक्ष हुँदा सडक निर्माणको अनुगमनका क्रममा सडक किनारामा बसेका स्थानीयको गुनासो सुनेपछि विपन्नका लागि आवास निर्माणलाई प्रथमिकतामा राखेको उनले बताइन् ।

‘आगनमा  कालोपत्रे सडक बनेपनि घर नभएका कारण स्थानीय खुसी थिएनन्, कस्तो लग्यो भनेर सोध्दा घर छैन बाटो बनेर के गर्नु भन्नुभएको थियो’,  विगत सम्झदै अध्यक्ष इङनामले भनिन्, ‘त्यसपछि सडक बनेर मात्रै हुँदैन, विपन्नको पनि घर बनाउनु पर्छ भनेर काम गरिरका छौं ।’ बर्साैसम्म फुस्को घरमा बसेका अतिविपन्न परिवनरले घर पाउँदा खुसी व्यक्त गरेको उनले बताइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ट्रेन्डिङ

सबै

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.