• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. चार लाख भारतीय रकमसहित पक्राउ

  • ३. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ४. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ५. ढोरपाटन आवातजावतमा सास्ती

  • ६. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ७. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ८. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ९. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • १०. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

एउटै समूहले ५ नेपालीको मिर्गौला निकालेको खुलासा, नाइके पक्राउ



  •   आइतबार, भदौ १५, २०८२
  • A
  • A+
  • A++

१५ भदौ, काठमाडौं ।  एउटै गिरोहले भारतमा लगेर ५ जना नेपालीको मिर्गौला बेचेको खुलेको छ । उक्त गिरोहका मुख्य नाइकेसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगातका जिल्लामा पुगेर विभिन्न प्रलोभनमा पारी भारतमा लगेर किड्नी बेच्ने उक्त गिरोहबारे प्रहरीले आइतबार जानकारी गराएको छ । श्याम कृष्ण भण्डारीको समूहले नेपालीलाई भारत पुर्‍याएर मिर्गौला बेच्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

समूहका नाइके भण्डारी र सहयोगी सुजन भारती भारतबाट नेपाल आउने क्रममा नाकाबाटै पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नाइके भण्डारीलाई कञ्चनपुर र भारतीलाई वीरगञ्ज नाकाबाट नियन्त्रणमा लिएको हो ।

उक्त समूहविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्यूरोमा ४ वटा मुद्दा दर्ता भएका छन् भने ५ जना पीडितहरूले जाहेरी दिएका थिए । त्यसपछि ‘अप्रेसन लाइफ फिल्ड’ नाम दिएर ब्यूरोले अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा किड्नी दिन तयार हुने मानिसलाई गाडीको व्यवस्थापन आफैं गरेर भारतको नयाँदिल्लीसम्म पुर्‍याउने गरेको खुलेको छ ।

उक्त कार्यमा संलग्न अन्य तीन जना गत साउन २० गते पक्राउ परेका थिए । पीडितले दिएको जाहेरी र पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो ।

प्रहरीले लिएको प्रारम्भिक बयानका क्रममा मुख्य नाइके भण्डारीले, नेपालबाट लगिएकाहरूलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटलमा लगेर राख्ने र खाने बस्ने सबै व्यवस्था गर्ने गरेको बताएका छन् ।

किड्नी दिन तयार भएका मानिसहरूलाई होटलमै चिकित्सक बोलाएर रगत जाँच लगायतका काम गर्ने गरेको पनि भण्डारीले बयानका क्रममा भनेका छन् ।

त्यसरी भारत पुर्‍याइएका नेपालीहरूलाई बेहोस बनाएर आँखामा पट्टि लगाएर अस्पतालमा ३/४ दिन राख्ने र नेपाल फर्काउने काम गरेको पनि भण्डारीले प्रहरीसमक्ष बताएका छन् ।

भण्डारीले आफूले ६ लाख भारतीय रुपैयाँ दिने भनेर प्रलोभनमा पार्ने गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार, मुद्दा चलिरहेका पीडितमध्ये एक जनाले ५ हजार मात्रै पाएको पनि उनले बयानका क्रममा स्वीकारेका छन् ।

सोधपुछका क्रममा उनले २५ जना व्यक्तिको किड्नी झिक्न लगाएर पैसा लिएको स्वीकारेका छन् । यद्यपि अनुसन्धानका क्रममा भने एक सयभन्दा बढी व्यक्तिहरूको किड्नी बेचबिखनमा संलग्न भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

चार लाख भारतीय रकमसहित पक्राउ

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.