• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, कार्तिक ०३, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

रबरको गोली लागेर फोटो पत्रकारद्वय ढुंगाना र कार्की घाइते

जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

‘जेनजी’को आन्दोलनले राज्य व्यवस्था समिति प्रभावित, गृहमन्त्री बिचमै हिँडे

लोकप्रिय समाचार

  • १. वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

मकैमा रोग लागेको भन्दै कर्णालीका कृषि मन्त्रीलाई किसानको फोन, विज्ञ टोलीसहित पुगे अनुगमनमा



  •   आइतबार, भदौ १५, २०८२
  • A
  • A+
  • A++

भदौ १५ ,सुर्खेत । किसानले मकैमा रोग लागेको भन्दै फोन दैलेखेको गुराँस गाउँपालिका-४ साल्तडाका किसानले मन्त्री शाहलाई फोन गरेका थिए । किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाहले आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा रोगको पहिचानको लागि अनुगमन गरेका हुन्। गरेपछि कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा पुगेका छन् ।साल्तडामा मकैको बीउ उत्पादनका लागि ५ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैमा रोग देखिएपछि किसान चिन्तित बनेका छन्।  किसान तेजबहादुर शाहीले ८ हेक्टर भन्दा बढी क्षेत्रफल रहेको साल्तडामा ५ हेक्टरमा मकै, आँप र केराको खेती गरिएको बताए। उनले ५ हेक्टर जग्गामा लगाइएको मकैमा रोग लागेर सखाप पारेको बताए।वार्षिक ८ टन भन्दा बढी मकैको बीउ उत्पादन हुने क्षेत्रमा गत वर्ष र यस वर्ष  रोग किरा लागेर ५० प्रतिशत बढी बाली नष्ट भएको किसान शाहीले बताए।

मन्त्री शाहसँगै फिल्ड अनुगमनमा पुगेका एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाले उक्त मकैमा जटिल प्रकारकाे रोग देखिएको बताए।

रानाले उक्त मकैमा थेग्ले, घोगा कुइने र काण्ड कुहिने रोग देखिनुका साथै खाद्य तत्त्वको पनि कमी भएको बताए। साथै रानाले रोगको उपचार गर्नका लागि आवश्यक प्रयत्न गरिनुका साथै कृषकले खेती गर्दा अबका दिनमा बाली चक्र प्रणाली अपनाउनु पर्ने, रोग सहन सक्ने क्षमता भएका जातका बाली लगाउने, खेतबारीको  सरसफाइ गर्ने र पर्याप्त सिँचाइको व्यवस्था गरी खेती प्रणाली परिवर्तन गर्ने गरेमा रोगबाट बच्न सकिने सुझाव दिए।

यस्तै, अनुगमनपछि मन्त्री शाहले दैलेखको साल्तडा कृषि उत्पादनको लागि सम्भावना बोकेको क्षेत्र भएको बताए।  उनले भने, `किसानलाई समस्या भएको मन्त्रालयलाई जानकारी हुने बित्तिकै किसानको बारीमा प्राविधिकहरूसँग सरकार उपस्थित भएर समस्या समाधानका लागि अनुगमन गरिएको छ।´  उनले थपे, `सरकार किसानको पक्षमा छ। समस्या असीमित छन्। सबै सरकारले गरिदिओस् भन्ने मनोविज्ञान छ। तर, आफ्नो कर्तव्य अनुरूपका कामहरू किसानले पनि गर्नुपर्छ भने सरकारले गर्ने सक्ने सहयोग गर्छ नै।´

मन्त्री शाहले प्रदेश सरकारले कर्णालीलाई अर्ग्यानिक प्रदेशको रूपमा विकास गर्न लागिरहेको बताउँदै यसमा किसानहरूले साथ दिनुपर्ने बताए। उनले रासायनिक मलको प्रयोगको कारणले माटोको उर्वराशक्ति ह्रास भएको बताउँदै माटोमा अम्लीयपना वृद्धि भएर माटोले उत्पादन दिन नसक्ने अवस्थामा भएको उल्लेख गरे।

यस्तै, अनुगमनमा गएका मन्त्रीसहितका टोलीलाई किसानहरूले मागपत्र दिएका थिए। उक्त मागपत्र ग्रहण गर्दै मन्त्री शाहले प्रदेश सरकारले साल्तडामा सिँचाइका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको र मागपत्रमा भएका विषयहरूलाई आवश्यकताका आधारमा सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

ट्रेन्डिङ

सबै

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.