• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, साउन ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ६. चार लाख भारतीय रकमसहित पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

मकैमा रोग लागेको भन्दै कर्णालीका कृषि मन्त्रीलाई किसानको फोन, विज्ञ टोलीसहित पुगे अनुगमनमा



  •   आइतबार, भदौ १५, २०८२
  • A
  • A+
  • A++

भदौ १५ ,सुर्खेत । किसानले मकैमा रोग लागेको भन्दै फोन दैलेखेको गुराँस गाउँपालिका-४ साल्तडाका किसानले मन्त्री शाहलाई फोन गरेका थिए । किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाहले आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा रोगको पहिचानको लागि अनुगमन गरेका हुन्। गरेपछि कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा पुगेका छन् ।साल्तडामा मकैको बीउ उत्पादनका लागि ५ हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैमा रोग देखिएपछि किसान चिन्तित बनेका छन्।  किसान तेजबहादुर शाहीले ८ हेक्टर भन्दा बढी क्षेत्रफल रहेको साल्तडामा ५ हेक्टरमा मकै, आँप र केराको खेती गरिएको बताए। उनले ५ हेक्टर जग्गामा लगाइएको मकैमा रोग लागेर सखाप पारेको बताए।वार्षिक ८ टन भन्दा बढी मकैको बीउ उत्पादन हुने क्षेत्रमा गत वर्ष र यस वर्ष  रोग किरा लागेर ५० प्रतिशत बढी बाली नष्ट भएको किसान शाहीले बताए।

मन्त्री शाहसँगै फिल्ड अनुगमनमा पुगेका एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली विकास अधिकृत यामबहादुर रानाले उक्त मकैमा जटिल प्रकारकाे रोग देखिएको बताए।

रानाले उक्त मकैमा थेग्ले, घोगा कुइने र काण्ड कुहिने रोग देखिनुका साथै खाद्य तत्त्वको पनि कमी भएको बताए। साथै रानाले रोगको उपचार गर्नका लागि आवश्यक प्रयत्न गरिनुका साथै कृषकले खेती गर्दा अबका दिनमा बाली चक्र प्रणाली अपनाउनु पर्ने, रोग सहन सक्ने क्षमता भएका जातका बाली लगाउने, खेतबारीको  सरसफाइ गर्ने र पर्याप्त सिँचाइको व्यवस्था गरी खेती प्रणाली परिवर्तन गर्ने गरेमा रोगबाट बच्न सकिने सुझाव दिए।

यस्तै, अनुगमनपछि मन्त्री शाहले दैलेखको साल्तडा कृषि उत्पादनको लागि सम्भावना बोकेको क्षेत्र भएको बताए।  उनले भने, `किसानलाई समस्या भएको मन्त्रालयलाई जानकारी हुने बित्तिकै किसानको बारीमा प्राविधिकहरूसँग सरकार उपस्थित भएर समस्या समाधानका लागि अनुगमन गरिएको छ।´  उनले थपे, `सरकार किसानको पक्षमा छ। समस्या असीमित छन्। सबै सरकारले गरिदिओस् भन्ने मनोविज्ञान छ। तर, आफ्नो कर्तव्य अनुरूपका कामहरू किसानले पनि गर्नुपर्छ भने सरकारले गर्ने सक्ने सहयोग गर्छ नै।´

मन्त्री शाहले प्रदेश सरकारले कर्णालीलाई अर्ग्यानिक प्रदेशको रूपमा विकास गर्न लागिरहेको बताउँदै यसमा किसानहरूले साथ दिनुपर्ने बताए। उनले रासायनिक मलको प्रयोगको कारणले माटोको उर्वराशक्ति ह्रास भएको बताउँदै माटोमा अम्लीयपना वृद्धि भएर माटोले उत्पादन दिन नसक्ने अवस्थामा भएको उल्लेख गरे।

यस्तै, अनुगमनमा गएका मन्त्रीसहितका टोलीलाई किसानहरूले मागपत्र दिएका थिए। उक्त मागपत्र ग्रहण गर्दै मन्त्री शाहले प्रदेश सरकारले साल्तडामा सिँचाइका लागि चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेको र मागपत्रमा भएका विषयहरूलाई आवश्यकताका आधारमा सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.