• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

पोखरामा जेनजीको आवाज : सामाजिक सञ्जाल होइन, भ्रस्टाचार बन्द गरौं

  •   सोमबार, भदौ २३, २०८२
  • A
  • A+
  • A++

२३ भदौ, पोखरा । सिमेसिमे झरीका बीच पोखरा सभागृहमा पनि स्वतस्फूर्त रुपमा नयाँ पुस्ता (जेनजी)ले प्रदर्शन गरेका छन् ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्नेदेखि नेताहरु भ्रस्टाचारमा लिप्त भएको आवाज उठाउँदै सभागृहमा जेनजीले प्रदर्शन गरिरहेका छन् ।

पोखरामा बिहानैदेखि सिमसिमे पानी परिरहेको छ । अहिले १० बजेदेखि नै जेननीहरू सभागृहमा भेला भएर प्रदर्शन थालेका हुन् र उनीहरुको समूह बढ्दै गइरहेको छ ।

देशमा भ्रस्टाचारमा नेताहरु लिप्त भइरहेको तर नागरिकले भने अनेक दुख खेप्नु परिरहेको आवाज उनीहरुले उठाएका छन् । पोखराका विभिन्न ठाउँबाट प्रदर्शनमा मिसिन आइरहेका जेनजीले आफरुहरुको आवाज अब सरकारले सुन्नुपर्ने बताइरहेका छन् ।‘जनता जति खाडीमा, तिमी चाहिँ गाडीमा, रोलेक्स घडी नाडीमा’, ‘दु:खी जनता कमाउने, भ्रस्ट नेता रमाउने’, ‘जनताको आवाज दबाएर स्वतन्त्रता बन्द गर्न पाइँदैन’, ‘भ्रस्ट नेता होसियार’जस्ता  नाराहरु उनीहरुले लगाएका छन् ।

केही जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध पनि नारा लगाएका छन् । केहीले भने नेताहरुको नाम नै लिएर नारा नलगाउन आग्रह गर्दै समूहलाई भड्किन नदिने काम गरिरहेका छन् ।

जेनीहरु रेनकोट लगाएर नेपालको झण्डा बोकेर पम्लेटसहित प्रदर्शन गरिरहेका छन् । जनताले तिरेको करमा नेता र तिनका छोराछोरीले ऐयासी जीवन बाँकी रहेको भन्दै उनीहरुको आक्रोस छ ।

प्रदर्शनमा पम्लेटसहित उपस्थित भएका पोखराका पारस पराजुलीले नयाँ पुस्तालाई अहिलेका नेताले केही नगन्ने र अब पनि चुप लागेर बस्यो भने सधैं अवस्था रहने भएकाले सडकमा उत्रिएको बताए ।

‘चुप लागेर बस्यो भने केही पनि हुँदैन, सधैं यसरी नै बाँचिरहनुपर्छ । यो आन्दोलनले अब नयाँ पुस्ता पनि छन् है भनेर सोचुन् भन्ने हो,’ उनले भने, ‘जेनजी पुस्ता स्वतफूर्तरुपमा उपस्थित भएको हो । यसलाई कसैले राजनीतिकरण नगर्न अनुरोध गर्दछौं ।’

स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेकामध्ये एक सन्देश बरालले भने, ‘हामीलाई यीनीहरुले राजनीति गर्दैनन् भनेर नेताहरुले सधैं हेपे, हामीलाई देशको माया छैन भनिन्छ तर हामी सचेत छौं, सबैलाई चिनेका, बुझेका छौं ।’ प्रदर्शन भड्किन नदिन ठूलो संख्या सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.