५ मंसिर, काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता सूचीमा नाम लेखाउने आज (मंसिर ५ गते) अन्तिम दिन भएको छ। निर्वाचन आयोगका अनुसार कार्यालय समयभित्र आवश्यक कागजातसहित उपस्थित हुने नागरिकले मात्र नाम दर्ता गराउन सक्नेछन्।
आयोगले प्रारम्भिक रूपमा कात्तिक ३० गतेसम्मको समय सीमा तोकेको थियो। तर, भीड र प्रक्रियागत कारण देखाउँदै पाँच दिन थप गर्दै मंसिर ५ सम्मका लागि म्याद विस्तार गरिएको हो।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य चयनका लागि चुनाव हुन लागेसँगै मतदाता नामावली दर्तामा नागरिकको चासो बढेको आयोगले जनाएको छ।




