जनकपुरधाममा नेकपा एमालेका नेता एवम् व्यवसायी शिवशंकर साह (हिरा) भारतबाट पक्राउ परेका छन्। उनी प्रदेश उद्योग वाणिज्य संघ मधेशका पूर्वअध्यक्ष पनि हुन्। प्रहरीले साहलाई उनका दाजु मनोज साहसँग सम्बन्धित नाबालिका बलात्कार प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ गरेको हो।
साहले सञ्चालन गरेको होटलमा केही दिनअघि नाबालिकाको बलात्कार भएको आरोप लागेपछि प्रहरीले छानबिन थालेको थियो। दाजु मनोज साह पक्राउ परेपछि अनुसन्धानको दायरामा रहेका हिरा भारतको बिहारस्थित सीतामढीबाट मंगलबार साँझ पक्राउ गरी धनुषा प्रहरीको जिम्मा लगाइएको छ।
यसै मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र पीडित बालिकाका मामासमेत प्रहरीले पक्राउ गरेको छ। साह एमालेबाट २०७९ सालको जनकपुरधाम नगर प्रमुखमा उम्मेदवार रहेका थिए।




