• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै



  •   बिहिबार, जेठ २१, २०८३
  • A
  • A+
  • A++

चितवन,जेठ २१- देशभरका फेन्सी तथा कपडा व्यवसायीलाई एउटै छातामुनि संगठित गर्ने उद्देश्यले आगामी जेठ २३ र २४ गते चितवनमा राष्ट्रिय भेला आयोजना गरिने हुंँदैछ । नेपालभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला तथा फेन्सी व्यवसायी महासंघ नेपाल निर्माण घोषणा कार्यक्रमÚ नाम दिइएको उक्त भेला भरतपुरमा हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
फेन्सी व्यवसायी महासंघ नेपाल निर्माण अभियानका संयोजक तथा फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष रामप्रसाद पौडेलले आर्थिक मन्दीका कारण फेन्सी तथा कपडा व्यवसाय इतिहासकै कठिन अवस्थामा पुगेकाले देशव्यापी सञ्जालको आवश्यकता महसुस गरी महासंघ गठनको पहल गरिएको बताउनुभयो । उहाँका अनुसार घट्दो व्यापार, बढ्दो घरभाडा, करको भार तथा अनियन्त्रित अनलाइन व्यापारका कारण परम्परागत फेन्सी तथा कपडा व्यवसायी समस्यामा परेका छन् । बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको तथा नयाँ पुस्तामा यस व्यवसायप्रति निराशा बढ्दै गएको उहाँले बताउनुभयो । व्यवसायीहरूको हकहित संरक्षणका लागि संगठित हुन आवश्यक भएको उहाँको भनाइ थियो ।
…एकता हाम्रो शक्ति, महासंघ हाम्रो आवश्यकताÚ भन्ने मूल नारासहित सुरु गरिएको अभियानले कर, बैंकिङ, भन्सार तथा नीतिगत समस्याको समाधानका लागि राज्यस्तरमा सशक्त पहल गर्ने लक्ष्य राखेको छ । हालसम्म देशभरका २० जिल्लाका फेन्सी व्यवसायी संघ अभियानमा आबद्ध भइसकेका छन् भने थप ३० जिल्लासँग सम्पर्क भइरहेको संयोजक पौडेलले जानकारी दिनुभयो । महासंघलाई अन्य जिल्लामा समेत विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नयाँ महासंघले व्यवसायमैत्री वातावरण निर्माणका लागि सरकारसँग प्रभावकारी समन्वय गर्ने, व्यवसायीहरूको योगदान र सम्मानलाई राज्यस्तरमा स्थापित गराउने तथा युवा र महिला उद्यमीहरूको सहभागिता तथा नेतृत्व विकासलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो । भेलाको उद्धघाटन वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांँले गर्नुहुनेछ ।
सम्मेलनमा विभिन्न जिल्लाका संघका पदाधिकारी लगायत व्यवसायीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.