• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, भदौ २०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो “

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ, साथमा मन्त्री लम्साल

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

लोकप्रिय समाचार

  • १. कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

  • २. भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

  • ३. बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

  • ४. बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

  • ५. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो “

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे



  •   शनिबार, जेठ २३, २०८३
  • A
  • A+
  • A++

चितवन, जेठ २३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम जिल्ला अधिवेशन भोलि (आइतबार) भरतपुर महानगरपालिका–४ स्थित स्वाद सदन पार्टी प्यालेसमा हुँदैछ। जिल्ला नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनलाई संगठन विस्तार, आन्तरिक सुदृढीकरण तथा आगामी राजनीतिक रणनीति निर्धारणको दृष्टिले निकै महत्वपूर्ण रूपमा हेरिएको छ।
अधिवेशनमा जिल्ला सभापति पदका लागि वर्तमान सभापति कृष्ण भूषाल, एकराज बुर्लाकोटी, प्रकाश आचार्य, मिनी माधव खनाल र मनबहादुर लामाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, सह–सचिव पदमा पार्वती पाण्डेले उम्मेदवारी घोषणा गरेसँगै कार्यकर्तामाझ उनको चर्चा बढेको छ।
रत्ननगर नगरपालिका–१२ निवासी पाण्डे स्नातक तह उत्तीर्ण हुन्। उनी झण्डै दुई दशकदेखि शिक्षण क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। साथै नेपाल स्काउट, एम्नेस्टी इन्टरनेसनल तथा विभिन्न सामाजिक संस्थामार्फत समाजसेवामा निरन्तर योगदान दिँदै आएकी छन्।
पार्टीभित्र संगठन निर्माण, समन्वय तथा व्यवस्थापनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आएकी पाण्डे इमानदार, कर्मशील र परिणाममुखी कार्यशैलीका कारण कार्यकर्ताबीच विश्वासिलो नेतृका रूपमा परिचित रहेको बताइन्छ। उनले सह–सचिव पदमार्फत महिला, युवा तथा सबै वर्गको सक्रिय सहभागिता सुनिश्चित गर्दै पार्टीका सिद्धान्त, मूल्य र जनअपेक्षालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनको उम्मेदवारीको प्रमुख आधार कार्यकर्तासँगको आत्मीय सम्बन्ध, सामाजिक सेवामा निरन्तर सक्रियता तथा संगठनप्रतिको समर्पणलाई मानिएको छ। पाण्डेले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि संगठन सुदृढीकरणको अभियानका रूपमा प्रस्तुत गरेकी छन्।
उनले भनिन्, “पदका लागि होइन, जिम्मेवारीका लागि उम्मेदवारी दिएको हुँ। व्यक्तिगत स्वार्थका लागि होइन, संगठनको सुदृढीकरणका लागि प्रतिबद्ध छु।”
रास्वपा चितवनका जिल्ला सभापति कृष्ण भूषालका अनुसार अधिवेशनमा ४९० जना प्रतिनिधिले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्। चितवन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि ढकाल ले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
पार्टीभित्र अनुभव, सामाजिक सक्रियता र संगठनात्मक क्षमताको संयोजनका रूपमा हेरिएकी पार्वती पाण्डेको उम्मेदवारीले सह–सचिव पदको प्रतिस्पर्धालाई थप रोचक बनाएको राजनीतिक वृत्तमा चर्चा छ। भोलिको निर्वाचनले रास्वपा चितवनको आगामी नेतृत्व मात्र होइन, जिल्लामा पार्टीको भावी दिशा र संगठनात्मक गतिशीलतालाई समेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो “

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

ट्रेन्डिङ

सबै

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो “

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो “

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.