• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ३. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ४. चार लाख भारतीय रकमसहित पक्राउ

  • ५. ढोरपाटन आवातजावतमा सास्ती

  • ६. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ७. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ८. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ९. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • १०. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

झापाका व्यवसायीले बढाए पेट्रोल र डिजेलको मूल्य



  •   शुक्रबार, बैशाख १९, २०७७
  • A
  • A+
  • A++

बैशाख १९ । झापा ।भारतको पश्चिम बंगाल सरकारले झापाको पूर्वीनाका काँकडभिट्टा ठप्प पर्दा झापाका पम्पहरूले आयल निगमले तोकेको दरभन्दा ७५ पैसा बढीमा इन्धन बिक्री गरिरहेका छन्। तर एलपी ग्यास उद्योगहरूले भने तोकेको मूल्यमै उपभोक्तालाई ग्यास सिलिन्डर दिइरहेका छन्।

आयल निगमले चाराआली डिपोको १५ किलोमिटरभित्रका पम्पहरूले पेट्रोल ९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेल ८३ रुपैयाँ ५० पैसामा बिक्री गर्न मूल्य निर्धारण गरेको छ। तर, झापाका पम्पहरूले तोकेको मूल्यमा ढुवानी खर्च भन्दै ७५ पैसा थप गरेर इन्धन बिक्री गरिरहेका छन्। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै पश्चिम बंगाल सरकारले गत चैत २६ गतेदेखि पूर्वीनाका काँकडभिट्टा–रानीगञ्ज (पानीटंकी) बाट आयातनिर्यात बन्द गरिदिएको छ।

बंगाल सरकारले पूर्वीनाकामा अघोषित नाकाबन्दी लगाएपछि भारतबाट आउने इन्धन, औषधिलगायत अतिआवश्यक सामान भन्सार आउन छाडेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिए। काँकडभिट्टा नाका ठप्प भएपछि सिलिगुढी डिपोबाट इन्धन आउन छाडेको महिना दिन हुन लागेको चाराआली डिपोका प्रमुख विपिन श्रेष्ठले जानकारी दिए।काँकडभिट्टाबाट इन्धन आउन छाडेका कारण झापामा इन्धनको मूल्यमा ७५ पैसा बढेको स्विकार्दै डिपोका प्रमुख श्रेष्ठले भने, ‘मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जिल्ला प्रशासन र चाराआली डिपोको सल्लाहमै रकम बढाएको हो।

विराटनगर डिपोबाट इन्धन लिनुपर्दा ढुवानी खर्च बापतको रकम एसोसिएसनले इन्धनमा जोडेको हो। यसमा हामीले हस्तक्षेप गर्न अधिकारभित्रै पर्दैन। सिलीगुढीबाट इन्धन आउन छाडेकोले यहाँका पम्प व्यवसायीहरूले विराटनगरबाट बिल काटेर इन्धन ल्याएर सीधै पम्पमा लैजाने गरेका छन्। हामीले सहजीकरण मात्र गरिरहेका छौ।’ लकडाउनमा ढुवानी खर्च भन्दै पम्प व्यवसायीले उपभोक्तासँग ढुवानी खर्च जोडेर लिन थालेपछि उपभोक्ता थप मारमा परेका छन्। सरकारले तोकेको मूल्यमा इन्धन नपाएको सवारी चालकहरूको गुनासो छ।

यता मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइराला भन्छन्, ‘विराटनगरबाट इन्धन ढुवानी गरेर बिक्री गर्दा प्रतिलिटर एक रुपैयाँ अतिरिक्त खर्च बढी लाग्न थालेको छ। हामीले केही दिन घाटा व्यहोरेर इन्धन उपभोक्तालाई दिएका हौ,’ उनले थपे, ‘पम्प व्यवसायीलाई घाटा हुन थालेपछि हामीले दुई दिन भयो भाउ बढाएको। काँकडभिट्टा नाका सुचारु भए लगतै निगमले तोकेको भाउमै हामी इन्धन बिक्री गर्छौं।’

पूर्वको झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी ६५ वटा पम्प छन्। झापामा मात्र ३५ वटा पम्प छन्। चार वटै जिल्लामा दैनिक एक लाख लिटर इन्धन खपत हुने गरेको चाराआली डिपोका प्रमुख श्रेष्ठले बताए। अहिले लकडाउन अवधिभरले इन्धन पर्याप्त मात्र आइरहेको छैन। त्यसमाथि विराटनगरबाट ल्याउँदा पर्दा झनै समस्या छ। आइतबारदेखि जिल्लामा इन्धन सहज हुने एसोसिएसनका अध्यक्ष कोइरालाले बताए।

ग्यासको मूल्य यथावत्
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मेची पेट्रोलियम डिलर्स एसोसिएसनले लकडाउनको समयमा बढाएको बेला झापाका ग्यास उद्योगले भने एलपी ग्यासको मूल्य बढाएको छैन । झापामा चार वटा ग्यास उद्योग सञ्चालनमा छ । ग्यास उद्योगहरूले पनि भारतबाटै एलपी ग्यास ल्याइरहेका छन् । काँकडभिट्टा नाका बन्द भएपछि उनीहरू पनि जोगबनी–विराटनगर नाकाबाटै ग्यासका बुलेट भित्राइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.