• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार

  • १. आज विश्व लामखुट्टे दिवस”

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ४. न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

मन्त्रालयमा भेटिनुपर्ने झाक्री यस्तो अबस्थामा भेटिइन, एक रातको बिलमात्रै ५ लाख



  •   सोमबार, मङि्सर २०, २०७८
  • A
  • A+
  • A++

मन्त्रालयमा भेटिनुपर्ने झाक्री यस्तो अबस्थामा भेटिइन, एक रातको बिलमात्रै ५ लाख

काठमाडौं । काठमाडौंबाट करिब १५ किलोमिटरको दूरीमा रहेको गोकर्णेश्वर नगरपालिकाको शिबपुरी राष्ट्रिय निकुञ्जस्थित धाव ड्यामको अवलोकन गर्न गएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्री र उनको टिम शुक्रबार साँझ त्यहाँ रहेको सुविधा सम्पन्न प्रकृति रिर्सोटमा बस्यो ।

हिउँदमा बागमती नदीमा पानीको बहाव बढाउन बागमतीको मुहानमा वर्षायामको ३ महिनामा आकाशबाट आएको पानी जम्मा गरी जम्मा भएको पानी विस्तारै हिउँदको ९ महिनामा बागमतीमा पठाउने अवधारणाबाट शिवपुरी निकुञ्जमा एउटा ड्याम बनाउन शुरु गरिएको हो । धावड्याम नाम राखिएको उक्त ड्याम करिब १ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

अहिले सो ड्याम निर्माणको काम अन्तिम चरणमा छ । ६० करोड रुपैयाँमा उक्त ड्याम निर्माणको ठेक्का ठेकेदार पवन महतोको रमन कन्ट्रक्सनले पाएको छ ।

रिसोर्टमा मन्त्री र मन्त्रीको टिम बसेको र खानपिनको सबै खर्च पवन महतोले व्यहोरेका थिए । ड्याम अवलोकन गर्न मन्त्री झाँक्री आफ्ना श्रीमान पशुपतिबाबु पुरीसहित जिनको पाइन्ट लगाइ शिवपुरी गएकी थिइन् । पशुपति भौतिक पूर्वाधार मन्त्रालय मातहतमा कार्यरत उपसचिव सरहका कर्मचारी हुन् ।

काठमाडौं आउन मुस्किलले एक घण्टामात्र दूरी भएको ठाउँमा मन्त्री झाँक्रीले रिसोर्टमा किन बास बस्नु पर्यो रु शहरी विकास मन्त्रालयका एक कर्मचारीले शंका गर्दै भनेका छन्, ‘यसबाट ठेकेदार महतो र झाँक्रीबीचको मिलोमतो पनि स्पष्ट हुन्छ ।’

शहरी विकास मातहतका थु्रपै आयोजनाहरु ठेकेदार महतोले पाउने गरेका छन् । आयोजना लिन उनले शुरुमै मन्त्री रिझाउने गर्छन्’ मन्त्रालयका अर्का एक कर्मचारी भन्छन् ।

ड्याम अबलोकन कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव मनिराम गेलाल, सहसचिव रामचन्द्र दंगाल, अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष उद्धव तिमिल्सिना, उक्त आयोजनाका प्रमुख दिलिप भण्डारी, आयोजनाको परामर्श दाता ईआरएनसीको टिम, शहरी विकास मन्त्रालयको स्टोर हेर्ने दिपक सुवेदीलगायत करिब १५ जना उच्च कर्मचारी उक्त टिममा सहभागी थिए ।

रिसोर्टमा बस्न र खाना वापत ५ लाख भन्दा बढी रुपैयाँको बिल महतोले आफैं तिरेका थिए । रिसोर्टबाट फर्कने बेला रिसोर्टमा पुगेकाहरुले सामूहिक फोटो पनि खिचाएका थिए । कसैले सेल्फी पनि खिचे ।

रिसोर्टमा पुगेको टोली शनिबार बिहान काठमाडौं फक्र्यो । मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘ड्याम अवलोकन कार्यक्रम सकिए लगत्तै मन्त्री क्वार्टर फर्कन सक्ने पर्याप्त समय थियो । तर ठेकेदार महतोको आग्रहमा मन्त्री र मन्त्रीको टिम रिर्सोटमा बस्यो ।’
मन्त्रीलाई रिसोर्टमा बसाउने र त्यसको सबै बिल आफैं तिर्ने योजना ठेकेदार महतोले पहिले नै बनाइसकेका थिए ।

शहरी विकासमा आउने बित्तिकै मन्त्री झाँक्रीले मन्त्रालय मातहतका आकर्षक ठाउँ मानिने सबै कार्यालयमा कार्यलय प्रमुख फेरेकी छिन् । उनको यो पहिलो काम हो । यसरी कर्मचारी फेर्दा १८ जना उच्च कर्मचारीहरुको जिम्मेवारी फेरबदल भएको छ ।

यहाँसम्म कि मन्त्रीपरिषद्को बैठकमा नेपाली कांग्रेसका मन्त्रीहरुले असहमति जनाउँदा जनाउँदै पनि उनले शहरीविकास सचिव रमेश सिंहलाई त्यहाँबाट सरुवा गरिन् र उनको ठाउँमा महेश बस्नेत निकट गेलाललाई ल्याइन् ।

स्रोत भन्छ, ‘एमालेको सरकारको पालामा नियुक्त गरिएका एकीकृत बागमती सभ्यता विकास समितिका अध्यक्ष तिमिल्सिनाको डिजाइनमा धावड्याम अवलोकन कार्यक्रम तय गरिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

ट्रेन्डिङ

सबै

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.