• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. चार लाख भारतीय रकमसहित पक्राउ

  • २. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ३. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ४. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ५. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ६. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • ७. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • ८. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ९. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित



  •   शुक्रबार, साउन ०२, २०८२
  • A
  • A+
  • A++

२ साउन, काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका विद्यार्थीहरू शुक्रबार बिहान नियमितझैं विद्यालय गए । तर पढाइ भएन । विद्यालय पुगेपछि मात्र बन्द भएको थाहा पाए । ‘विद्यालय बन्द भन्ने थाहा नै थिएन,’ विद्यालयबाट फर्किदै गरेका विद्यार्थीले भने ।

शुक्रबार बिहान कोही विद्यार्थी विद्यालय पुगेर फर्किए । कोही बीच बाटोबाटै । कतिपय विद्यार्थी बन्दको सूचना पाएपछि बाटोमा खेलिरहेको अवस्थामा भेटिए । बन्दको प्रभाव नभएको केही स्थानमा भने केही विद्यालय खुलेका छन् । तर अधिकांश विद्यालय बन्द भएको देशभरबाटै रिपोर्टहरू आएका छन् ।धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एक दिने शैक्षिक हड्तालका कारण विद्यार्थीहरू घर फर्किएका हुन् ।

त्यसपछि अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र साहलाई शैक्षिक हड्ताल गर्नुको कारणबारे सोधखोज गर्दा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने माग राखेर देशभर एक दिने शैक्षिक हड्ताल गरिएको बताए ।

‘संविधानले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको छ । तर प्रधानमन्त्री र शिक्षामन्त्रीले निजीलाई प्रोत्साहन गरेर अभिव्यक्ति दिइरहनु भएको छ । शिक्षामा व्यापारीकरण भयो,’ अध्यक्ष शाहले भने, ‘सामुदायिकमा समेत शुल्क लिन पाउने गरी विद्येयक अगाडि बढेको छ । शिक्षा निःशुल्क हुनुपर्‍यो । राज्यले जिम्मा लिनुपर्छ भनेर हड्ताल गरेका हौँ ।’

हाल विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य  तथा सूचना प्रविधि समितिमा छ । समितिमा निजी विद्यालय कम्पनी र शैक्षिक गुठीमा स्थापना र सञ्चालन गर्न सक्नेगरी सहमति जुटेको छ । निश्चित समय दिएर निजी विद्यालयलाई गुठीमा ल्याउने विषयमा विमर्श भए पनि सहमति जुट्न नसकेपछि कम्पनी र गुठी जुनअन्तर्गत पनि सञ्चालन गर्न पाउने सहमति जुटेको हो ।

संविधान र अनिवार्य निःशुल्क शिक्षा ऐन २०७५ ले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनेको छ । संविधानविपरीत विद्यालय शिक्षा विधेयक अगाडि बढेको बताउँदै विद्यार्थी संगठनले शैक्षिक हड्ताल गरेको बताएको छ ।

७० लाख विद्यार्थीको पठनपाठन प्रभावित

तर, हड्तालको कारण ७० लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । ‘बाध्य भएर हड्ताल गरेका हौँ । पहिलो चरणमा प्रधानमन्त्री र मन्त्रीलाई ध्यानाकर्षण गराएको हो । छलफल गरेको हो तर सुनुवाइ नभएपछि बन्द गर्न बाध्य भयौं,’ अध्यक्ष साहले भने ।

सरोकारवाला निकायहरूले पनि विद्यालय बन्द रहेको बताएका छन् । उनीहरूले डर र त्रासका कारण विद्यालय बन्द गरिएको बताए । ‘सरकारले सुरक्षा दिन सक्दैन । प्रेसर आएकाले बन्द गरेका छौं,’ एनप्याब्सन अध्यक्ष सुवास न्यौपानेले भने ।

बन्दको विकल्प खोज्न अभिभावको अनुरोध

अभिभावकहरूले विद्यार्थीको पढ्न पाउने अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गरेका छन् । ‘यहाँ डरले बन्द हुने ठाउँ हो । विद्यार्थीले पढ्न पाउने अधिकार हो,’ अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विद्यार्थीको माग सरकारले सम्बोधन गर्नुपर्‍यो । नभए सिंहदरबार बन्द  गर्नुपर्‍यो ।’

विद्यालय बन्दको विकल्प खोज्नुपर्ने तर्क अभिभावकहरूको छ । ‘२०६२/०६३ पछि दलहरूले नै विद्यालय शान्ति क्षेत्र भएकोले बन्द नगर्ने प्रतिबद्धता जनाएका छन् । तिनै दलहरू बन्द गर्छन् । गुणस्तरीय शिक्षाको विषयमा बहस गर्न सकिन्छ । तर बन्द गर्ने आन्दोनलको शैली फेरिनुपर्छ,’ भण्डारीले भने ।

सत्तारुढ दल निकटका विद्यार्थीसँग संगठनले भने बन्दको विरोध जनाएका छन् । ‘शिक्षा ऐन जारी हुनु अत्यावश्यक छ । त्यो विद्यार्थीमैत्री हुनुपर्नेमा दुईमत छैन । तर आन्दोलनका अन्य वैकल्पिक र प्रभावकारी उपाय उपलब्ध हुँदाहुँदै पठनपाठन ठप्प पार्नेगरी विद्यालय बन्द गराउनु विद्यार्थी आन्दोलनको मुल मर्म र भावना विपरीत हो,’ नेविसंघका प्रवक्ता सुरज सेजुवालले भने ।

सरकारले भने वार्ता र संवादमा आउन आग्रह गरेको छ । ‘बन्द गर्नु राम्रो होइन, सन्देश राम्रो जाँदैन । छलफलमा आउँदा राम्रो हुन्थ्यो,’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.