• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

अबदेखि पीसीएल नर्सिङको प्रवेश परीक्षा नहुने



  •   बुधबार, साउन ०७, २०८२
  • A
  • A+
  • A++

७ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ ।

परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो । यससँगै अब देशभरिका इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार विगतमा हरेक वर्ष प्रवेश परीक्षा मार्फत मात्रै भर्ना लिइने गरिन्थ्यो । पछिल्लो समय केही प्राविधिक कार्यक्रममा विद्यार्थीको आकर्षण घट्दै गएको सीटीईभीटीले जनाएको छ ।

नर्सिङ, स्वास्थ्य सहायक (एचए), र फार्मेसी बाहेकका कोटामा सिट खाली हुने गरेकाले पनि सीटीईभीटीले प्रवेश परीक्षाको नीति परिवर्तन गरेको हो । ‘कतिपय कार्यक्रममा तोकिएको कोटाभन्दा पनि कम विद्यार्थी सहभागी हुन थालेपछि प्रवेश परीक्षाको औचित्यमै प्रश्न उठ्न थाल्यो,’ अधिकारीले भने, ‘४८ कोटा भएको कार्यक्रममा ४० मात्र विद्यार्थी आएपछि नयाँ नीति अपनाइएको हो ।’उनका अनुसार प्रवेश परीक्षामा सोधिने प्रश्नसमेत गणित, विज्ञान र अग्रंजीमै केन्द्रित हुने भएकाले भर्खर एसईई दिएका विद्यार्थीका स्थायी मूल्यांकनलाई नै आधार बनाउने निर्णय गरिएको हो ।‘तीन घण्टाको हाम्रो प्रवेश परीक्षा र एसईईको तीन–तीन घण्टाको मूल मूल्यांकनमा फरक छैन,’ अधिकारीले थपे ।

उक्त निर्णय नेपाल सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमसँग टेकेर गरिएको हो । नीति तथा कार्यक्रमको ६४औं बुँदामा भनिएको छ, ‘विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यवसायिक वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने छ ।’

परिषद्ले जीपीए प्रणालीलाई प्रयोगमा ल्याउँदै अब विद्यार्थीले जीपीएका आधारमा अनलाइन आवेदन दिई भर्ना प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था मिलाएको हो ।

सरकारी स्कुलका विद्यार्थीलाई अतिरिक्त अंक

परिषद्का सूचना अधिकारी एकराजका अनुसार न्यूनतम जीपीए २.० वा पुरानो एसएलसी प्रणाली अनुसार द्वितीय श्रेणी प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।

यसअघि अंग्रेजी, गणित र विज्ञान विषयमा ७० नम्बरको प्रवेश परीक्षा र ३० नम्बर विद्यार्थीले एसईईमा ल्याएकोलाई आधार मानेर मेरिटको आधारमा विद्यार्थी छनोट गर्ने गरिएको थियो ।

साथै, सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिने विशेष व्यवस्था मिलाइएको छ ।

सीटीईभीटीले विगतका वर्षमा भर्नाका लागि आएको विद्यार्थीको आवेदन तथ्यांक र प्रवेश परीक्षाको नतिजा अध्ययन गरेर नयाँ प्रणाली तयार पारेको हो ।

सुचना अधिकारी एकराजका अनुसार सरकारी र निजी बोर्डिङ विद्यालयका विद्यार्थीबीचको अनुपात विश्लेषण गरिएको थियो । त्यसपछि सरकारी विद्यालयमा पढेकाहरूको जीपीएमा १ अंक, निजी बोर्डिङ विद्यालयबाट आएका विद्यार्थीको जीपीएमा ०.८५ अंक मात्र थपिने व्यवस्था गरिएको छ । यसरी, सरकारी विद्यालयका विद्यार्थीलाई ०.१५ अंकको स्पष्ट अग्रता दिइएको छ ।यसपटकदेखि छात्रवृत्ति र तिरेर पढ्ने (पेइङ) दुवै कोटाका विद्यार्थीहरूले अनलाइनबाट आवेदन दिन सक्ने भएका छन् । गत वर्षसम्म छात्रवृत्तिका लागि मात्र अनलाइन आवेदन खुला थियो । अधिकारीका अनुसार अनलाइन प्रणालीबाट आवेदन गर्न सकिने हुँदा विद्यार्थी र अभिभावकलाई यात्रा, बसोबास र परीक्षा तयारीमा लाग्ने खर्च जोगिनेछ ।

जीपीए आधारित प्रणालीले नतिजा प्रणाली आफैँले (अटोमेटेड सिस्टममार्फत) तयार गर्ने भएकाले भर्ना प्रक्रिया अझ छिटो र पारदर्शी हुने परिषद्को दाबी छ ।

अनलाइन आवेदन भर्नाका लागि सीटीईभीटीको वेबसाइटमा जानुपर्छ । सीटीईभीटीको आईटीएमएसमा फाराम भर्ने व्यवस्था मिलाइएको छ ।

आवेदन फाराम भर्दा परीक्षा नियन्त्रण कार्यालयले तोकेको कनेक्ट आईपीएस वा खल्ती एपमार्फत प्रवेश परीक्षा शुल्क एक हजार रूपैयाँ तिर्नुपर्छ ।

शुल्क तिरेर फाराम भर्नको लागि सीटीईभीटी डट ओआरजी डट एनपी वा सीटीईभीटी एक्जाम डट ओआरजी डट एनपी मा जानुपर्छ । फाराम खुलेपछि भने त्यहाँ उल्लेख भएको आवश्यक विवरण भर्दै जानुपर्ने हुन्छ ।

आवेदन भर्दा नर्सिङ कार्यक्रम, प्रदेश, वर्ग स्पष्टसँग उल्लेख गरी अध्ययन गर्न चाहेको संस्थान/विद्यालय प्राथमिकताका आधारमा क्रमशः राख्नुपर्छ ।

हाल देशभर ६३ वटा संस्थाले पीसीएल नर्सिङ पढाउन स्वीकृति पाएका छन् । प्रत्येक संस्थामा ४० जनाको कोटा तोकिएको छ । जसमा ३ जना छात्रवृत्तिका र ३७ जना पेइङ (पैसा तिरेर पढ्ने) विद्यार्थीका लागि व्यवस्था गरिएको छ ।

ती कलेजमा कुल विद्यार्थी २ हजार ५२० जनाले पढ्न पाउनेछन् भने छात्रवृत्तिको अवसर प्राप्त गर्ने संख्या १२० हुनेछ ।

छात्रवृत्ति र पेइङ दुवै कोटाको नतिजा सीटीईभीटीले नै अनलाइनमार्फत तयार गरी सार्वजनिक गर्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.