• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, जेठ १४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

जापानिज कलामा गोल्डफिस किन लोकप्रिय छ ?

  •   सोमबार, भदौ ०२, २०८२
  • A
  • A+
  • A++

जापानिज कलाकार रियुसुके फुकाहोरी कलेज सकेपछि अन्योलमा थिए । कलाको आफ्नो करियर छोड्ने सोच्दै थिए । कोठामा बसिरहँदा वाक्कदिक्क भइसकेका थिए ।तर त्यही गाह्रो समयमा गुज्रिरहेको बखत उनले आफ्नो कोठामा भएको गोल्डफिसलाई हेर्न पुगे।

त्यसको सुन्दरताले उनलाई यति मोहित गर्छ कि उनले आफ्नो कस्तूरी भेटे सरह हुन्छ । त्यसपछि त उनले आफ्नो कला यात्रामा छलाङ नै मार्छन् । आज उनको कलाको मुख्य विषयवस्तु नै गोल्डफिस बनेको छ ।

तर सयौं वर्षदेखि जापानी कलामा गोल्डफिस देखिँदै आइरहेको छ । तर यस्तो किन छ ?

इतिहास

चिनियाँहरूले सन् १५०२ मा पहिलो पटक जापानमा यो माछा पुर्‍याएका थिए । त्यो समयमा यी माछा कुलीन वर्गहरूका लागि महँगा पाल्तु जनावर थिए । महत्त्वका जनावर थिए । किनकि यसलाई धन र सौभाग्यको प्रतीक मानिन्थ्यो । यसको सुनौलो रङले सम्पत्ति जनाउँथ्यो भने रातो रङले रोग र दुर्भाग्य टार्ने विश्वास गरिन्थ्यो ।

समयसँगै यो माछा धनी मानिसहरूमा मात्र सीमित नभएर सामान्य मानिसहरूमा पनि लोकप्रिय भयो । जसको कारण माछाको सुन्दर रङ र आकर्षक चाल थियो । जुन आज पर्यन्त फरक अवतारमा कायम छ ।

त्यसको उदाहरण, जापानी ग्रीष्मकालीन चाडहरूमा किङ्ग्यो सुकुइ भनिने एउटा खेलमा यो माछा विशेष प्रयोग हुन्छ । जहाँ मान्छेहरूले कागजको चम्चाले यो माछालाई समात्ने कोसिस गर्ने गर्छन् ।

कलामा सुनौलो माछा

जापानमा यो माछा भित्रिएसँगै जापानी कलामा पनि आउन थालिसकेको थियो । विशेषत: एडो काल (१६०३–१८६८) मा लोकप्रिय ‘उकियो-ए’ वुड ब्लक प्रिन्टमा यो बारम्बार देखिन्थ्यो । तोकुगावा शोगुनको शासन भएको यस समयलाई जापानमा शान्ति, स्थिरता र आर्थिक विकासको युग मानिन्छ ।

त्यसबेला प्रसिद्ध कलाकार उतागावा कुनियोशीले गोल्डफिसलाई मानिसको रूपमा चित्रण गरेर रमाइला चित्रहरू बनाएका थिए।

जस्तै, कसैले छाता ओढेका, पार्टीमा रमाइरहेका त कोही लडिरहेका । यस्ता कलाकृतिहरू आज बेल्जियमको रोयल म्युजियम अफ आर्ट एन्ड हिस्ट्रीमा संकलित छन् ।

कला इतिहासकारहरूका अनुसार जापानी कलामा जनावरलाई मानिसझैं देखाउने परम्परा पुरानै हो । तर कुनियोशीले गोल्डफिसलाई कलामा प्रयोग गर्दा पानीबाट बाहिर ल्याएर स्वतन्त्र बनाएका थिए । यो उनको असाधारण प्रतिभाको उदाहरण थियो ।

आजको गोल्डफिस संस्कृति

आज पनि जापानमा गोल्डफिसलाई गर्मी, सुन्दरता र शान्तिको प्रतीक मानिन्छ । त्यहाँ विभिन्न प्रजातिका गोल्डफिस पाइन्छन् । यी माछाहरूलाई जाडोमा बाँच्न गाह्रो हुने भएकाले हरेक हिउँदमा प्राय: टोकियोबाट होक्काइदोमा सार्ने गरिन्छ ।

त्यस्तै जापानमा हरेक वर्ष हुने ‘आर्ट एक्वेरियम’ प्रदर्शनीमा गोल्डफिस विशेष प्राथमिकतामा पर्ने गर्छ । अहिलेसम्म यस प्रदर्शनीमा ८० लाख बढी दर्शकहरू पुगिसकेको बताइन्छ । जहाँ गोल्डफिसलाई अनेकन् रुपमा देखाइएको हुन्छ ।

आजको समयमा चित्रकार फुकाहोरीले यो माछालाई नयाँ शैलीमा उतार्ने प्रयास गरिरहेका छन् । उनले जीवन र मृत्युबीचको रहस्यमय जीवका रूपमा देखाउने प्रयास गरिरहेका छन् । त्यसका लागि उनले यस माछालाई मुख्य विषयवस्तु बनाएर थ्री-डी रेजिन कला बनाउने गर्छन् ।

समग्र जापानभर गोल्डफिसका चित्रबाहेक पङ्खा, ट्याबेल, भाँडाकुडा, मिठाईजस्ता दैनिक प्रयोगका सामानमा पाइन्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.