जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवाद चर्किँदै जाँदा सात राजनीतिक दलले नौँौं दिनसम्म विरोध प्रदर्शन जारी राखेका छन्। धर्ना स्थलमा सहभागी नेता-कार्यकर्ताहरूले एमाले नेतृत्वका कारण प्रदेशमा राजनीतिक अस्थिरता गहिरिएको आरोप लगाएका छन्।
जनता समाजवादी पार्टीका प्रमुख सचेतक रामअशिष यादवले भने, “एमालेकै कारण देश राजनीतिक संकटमा छ र त्यसको प्रभाव मधेसमा पनि परेको छ। प्रदेशमा स्थिरता कायम गर्न विरोध कार्यक्रमलाई निरन्तरता दिइएको हो।”
सात दलले एमाले नेतृत्वमा गठन भएको सरकार संवैधानिक नभएको र प्रदेश सभा सभामुख रामचन्द्र मण्डलले दलीय पक्षपातपूर्ण भूमिका खेलेको आरोप लगाएका छन्। नवौँ दिनको प्रदर्शन मधेस प्रदेश सरकारको मुख्यालय मधेस भवनको मुख्य प्रवेशद्वारमै जारी रहेको छ।




