• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

लोकप्रिय समाचार

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे



  •   शनिबार, जेठ २३, २०८३
  • A
  • A+
  • A++

चितवन, जेठ २३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम जिल्ला अधिवेशन भोलि (आइतबार) भरतपुर महानगरपालिका–४ स्थित स्वाद सदन पार्टी प्यालेसमा हुँदैछ। जिल्ला नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनलाई संगठन विस्तार, आन्तरिक सुदृढीकरण तथा आगामी राजनीतिक रणनीति निर्धारणको दृष्टिले निकै महत्वपूर्ण रूपमा हेरिएको छ।
अधिवेशनमा जिल्ला सभापति पदका लागि वर्तमान सभापति कृष्ण भूषाल, एकराज बुर्लाकोटी, प्रकाश आचार्य, मिनी माधव खनाल र मनबहादुर लामाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, सह–सचिव पदमा पार्वती पाण्डेले उम्मेदवारी घोषणा गरेसँगै कार्यकर्तामाझ उनको चर्चा बढेको छ।
रत्ननगर नगरपालिका–१२ निवासी पाण्डे स्नातक तह उत्तीर्ण हुन्। उनी झण्डै दुई दशकदेखि शिक्षण क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। साथै नेपाल स्काउट, एम्नेस्टी इन्टरनेसनल तथा विभिन्न सामाजिक संस्थामार्फत समाजसेवामा निरन्तर योगदान दिँदै आएकी छन्।
पार्टीभित्र संगठन निर्माण, समन्वय तथा व्यवस्थापनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आएकी पाण्डे इमानदार, कर्मशील र परिणाममुखी कार्यशैलीका कारण कार्यकर्ताबीच विश्वासिलो नेतृका रूपमा परिचित रहेको बताइन्छ। उनले सह–सचिव पदमार्फत महिला, युवा तथा सबै वर्गको सक्रिय सहभागिता सुनिश्चित गर्दै पार्टीका सिद्धान्त, मूल्य र जनअपेक्षालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनको उम्मेदवारीको प्रमुख आधार कार्यकर्तासँगको आत्मीय सम्बन्ध, सामाजिक सेवामा निरन्तर सक्रियता तथा संगठनप्रतिको समर्पणलाई मानिएको छ। पाण्डेले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि संगठन सुदृढीकरणको अभियानका रूपमा प्रस्तुत गरेकी छन्।
उनले भनिन्, “पदका लागि होइन, जिम्मेवारीका लागि उम्मेदवारी दिएको हुँ। व्यक्तिगत स्वार्थका लागि होइन, संगठनको सुदृढीकरणका लागि प्रतिबद्ध छु।”
रास्वपा चितवनका जिल्ला सभापति कृष्ण भूषालका अनुसार अधिवेशनमा ४९० जना प्रतिनिधिले मतदानमार्फत नयाँ नेतृत्व चयन गर्नेछन्। चितवन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य हरि ढकाल ले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
पार्टीभित्र अनुभव, सामाजिक सक्रियता र संगठनात्मक क्षमताको संयोजनका रूपमा हेरिएकी पार्वती पाण्डेको उम्मेदवारीले सह–सचिव पदको प्रतिस्पर्धालाई थप रोचक बनाएको राजनीतिक वृत्तमा चर्चा छ। भोलिको निर्वाचनले रास्वपा चितवनको आगामी नेतृत्व मात्र होइन, जिल्लामा पार्टीको भावी दिशा र संगठनात्मक गतिशीलतालाई समेत निर्धारण गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

ट्रेन्डिङ

सबै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.