काठमाडौं, साउन १०- Hero द्वारा सञ्चालित विद्युतीय दुईपांग्रे ब्रान्ड VIDA ले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा गरेको छ। योसँगै VIDA ले आफ्नो विश्वव्यापी विस्तारको सुरुआत गरेको हो।
नेपाली ग्राहकहरूको बहुआयामिक जीवनशैली र आवश्यकताअनुरूप VIDA VX2 EVOOTER सिरिज तथा युवापुस्ता लक्षित VIDA DIRT.E K3 विद्युतीय अफ-रोड मोटरसाइकल अब नेपाली बजारमा उपलब्ध हुनेछ।
दैनिक आवतजावत प्रयोजनका लागि डिजाइन गरिएको VIDA VX2 EVOOTER ले अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज, शक्तिशाली कार्यक्षमता तथा उच्च गुणस्तरका कारण विश्वप्रसिद्ध अनुसन्धान संस्था JD Power को Two-Wheeler Initial Quality Study मा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। त्यस्तै, VIDA DIRT.E K3 ले युवापुस्तालाई सुरक्षित, रोमाञ्चक तथा पूर्ण रूपमा विद्युतीय अफ-रोड राइडिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।
नेपालमा VIDA का उत्पादनहरू सीजी मोटर्स (चौधरी ग्रुप) मार्फत आधिकारिक रूपमा उपलब्ध हुनेछन्। चौधरी ग्रुप नेपालका अग्रणी व्यावसायिक समूहहरूमध्ये एक हो, जसले विश्वभर १६० भन्दा बढी कम्पनीहरू तथा १२३ ब्रान्डहरू सञ्चालन गर्दै आएको छ।
यस ऐतिहासिक अवसरमा Hero MotoCorp अन्तर्गतको Emerging Mobility Business Unit की Chief Business Officer कौशल्या नन्दकुमार ले भन्नुभयो,
“VIDA को अन्तर्राष्ट्रिय यात्रा नेपालबाट सुरु हुनु हाम्रो लागि गर्वको विषय हो। नेपाल हाम्रो लागि रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण बजार हो, जहाँ विद्युतीय सवारीप्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ। भारतमा विकसित हाम्रो उत्कृष्ट इन्जिनियरिङ तथा डिजाइन क्षमतालाई अब नेपाली ग्राहकसम्म पुऱ्याउन पाउँदा हामी उत्साहित छौं। CG Motors सँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई प्रिमियम, भरपर्दो र अत्याधुनिक विद्युतीय दुईपांग्रे अनुभव प्रदान गर्न प्रतिबद्ध छौं।”
त्यसैगरी चौधरी ग्रुप का प्रबन्ध निर्देशक निर्वाण चौधरी ले भन्नुभयो,
“नेपाल दिगो तथा हरित यातायाततर्फ तीव्र रूपमा अघि बढिरहेको छ। VIDA को नेपाल प्रवेशले यो परिवर्तनलाई अझ गति दिने विश्वास लिएका छौं। दैनिक प्रयोगकर्ता तथा नयाँ पुस्ताका राइडरहरूको आवश्यकता अनुरूप विकसित यी अत्याधुनिक विद्युतीय उत्पादनहरूले नेपालको दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्नेछन्। Hero MotoCorp सँगको हाम्रो लामो सहकार्यलाई VIDA मार्फत अझ सुदृढ बनाउँदै नेपालको हरित भविष्य निर्माणमा योगदान दिन पाउँदा हामी गर्व गर्छौं।”
VIDA VX2 EVOOTER : नेपाली सडकका लागि उपयुक्त दुई विकल्प VIDA VX2 EVOOTER दुई फरक भेरियन्ट-VX2 Plus र VX2 Go-मा उपलब्ध हुनेछ।
VX2 Plus नेपालका उकालो तथा चुनौतीपूर्ण सडकलाई ध्यानमा राखेर उत्पादन गरिएको हो। यसमा ४.४ kWh (दुईवटा २.२ kWh निकाल्न मिल्ने) ब्याट्री क्षमता रहेको छ। यसले वास्तविक अवस्थामा करिब १४० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ भने अधिकतम ९० किलोमिटर प्रतिघण्टा गति हासिल गर्न सक्छ। यसले ० देखि ४० किलोमिटर प्रतिघण्टा गति केवल ३.१ सेकेन्डमा लिन सक्छ। साथै, DC Fast Charging मार्फत ६५ मिनेटमै ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
- A
- A+
- A++
तपाईको प्रतिक्रिया




