• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

साहित्यको परिधि जिवन जत्तिकै ठूलो छ र म त्यो परिधिभित्र परिसकेको छैन – आकाश बराल



  •   सोमबार, असार २३, २०७६
  • A
  • A+
  • A++

नारायणी दैनिक . चितवन: लेखक आकास बरालको पहिलो उपन्यास ‘स्पर्श’ बैशाख ३१ गते बुलबुल पब्लीकेशनबाट प्रकाशन भएको हो । स्पर्शले अहिले युवा पाठकहरुको मन जितीरहेको छ ।

उपन्यास साधारण भाषामा लेखीएको नेपाली किशोर किशोरीहरुको कथा हो । एउटा प्लस टु सकेको सामान्य केटा (वेद) बाको सपना पछ्याउँदै उच्च शिक्षाको लागी काठमाडौँ पुग्छ । त्यहाँ उसको भेट अर्को केटी (अक्षता) सँग हुन्छ । उसलाई भेटेपछि उसले आफ्नो र बाको सपना बिच ठूलो खाडल रहेको थाहा पाउँछ । अब के उसले बाको सपना पछ्याउँछ या आफ्नो अस्तीत्व खोज्न थाल्छ ? कथा यसैको सेरोफेरोमा रहेको छ ।

आफूलाई सामान्य कथाकार भन्न रुचाउने आकास बरालसँग उहाँको पहिलो उपन्यास स्पर्शसँग सम्बन्धीत रहेर गरिएको कुराकानी:

१. ‘स्पर्श’ यो शिर्षकको अर्थ र यो कथाको प्रेरणाको बारेमा केही भनिदिनुस्

स्पर्श, यसको शाब्दिक अर्थ छुनु नै हो । यसले दुइजना बिचको भावनाको स्पर्श हुनु भन्ने पनि जनाउँछ । यो उपन्यासको कथालाई केन्द्रमा राखेर भन्दा हाम्रो उमेर बढ्दै जाँदा जुन भावनामा, बिचारमा परिवर्तन आउँदै जान्छ, त्यसले आफूलाई चिनाउँदै लैजान्छ त्यो चिजको स्पर्श हुनु हो । अब प्रेरणाको कुरा गर्दा ठ्याक्कै यहीँ भन्ने त केही छैन किनकी यति कथा लेखीसक्दासम्म प्रेरणाको स्रोत पनि परिवर्तन हुँदै जान्छ । सुरुको प्रेरणा चाहीँ मलाई एउटा कथा भन्न मन लागेको थियो । जसमा मेरो मनको कुरा पोख्न पाऊँ, मैले जति बुझेको छु त्यो अभिव्यक्त गर्न पाऊँ ।

२. प्रतिकृया कस्तो पाइरहनुभएको छ ?

धेरैजसो राम्रो प्रतिकृया नै पाइरहेको छु । कथा, पात्रहरुमा आफूलाई पाएँ भनेर प्रतिकृया दिइरहनुभएको छ । बिशेष गरि युवा पाठकहरु यस कथाको मुख्य पात्र वेदसँग आफूलाई पाएको छु, भनीरहनुभएको छ । कसैले कलेजका दिनहरु याद दिलायो भनिरहनुभएको छ । समग्रमा प्रतिकृयाहरु राम्रा छन् ।

३. तपाई आफूले पढ्न र लेख्न कहिले बाट सुरु गर्नुभएको हो ?

म सानैदेखी कथा सुन्न रुचाउँथे । मामाघरको हजुरबुवा लोक कथाहरु भन्नुहुन्थ्यो । उहाँ राम्रो कथा वाचन गर्नुहुन्थ्यो । पछि लगभग म थ्री, फोर क्लासमा पढ्ने बेलामा मम्मीले मासिक पत्रिका मुना, सुनकेस्रा र हप्तैपिच्छे कान्तीपुरसँग आउने कोपिला ल्याइदिनुहुन्थ्यो । ती पत्रिका घर आउनेबित्तिकै म सुरुमा सबै कथाहरु पढीसक्थेँ । यसरी पढ्ने बानी बस्यो । पछिपछि आफै कथा, लोककथा, उपन्यासहरु खोजेर पढ्न थालेँ ।

पढ्दै जाँदा त्यो कथाहरुमा कहिलेकाँही म आफूलाई पाउँथे । लाग्थ्यो लेखकले मेरै बारेमा लेखेको हो । अनि सोँच्न थालेँ, मैले पनि मेरो मनको कुरा लेखेँ र कसैले यो मेरो बारेमा लेखीएको हो भन्यो भने कस्तो होला ? त्यो सोँच्दा नै खुसी लाग्थ्यो । मैले पहिलो कथा क्लास फाइभमा हुँदा लेखेको थिएँ, दाजुभाइको खेलौना हराएर उनिहरुले त्यो खोज्न गर्ने सङ्घर्षको कथा थियो । तर पुरै प्लट त याद छैन ।

४. कस्तो किताबहरु पढ्न रुचाउनुहुन्छ ?

किताब त यस्तै नै मन पर्छ भन्ने छैन । कस्तो किताब पढ्ने भन्ने कुरा अनुभवसँगै परिवर्तन पनि हुँदै जाने रहेछ । कथा, उपन्यास त पढीरहेकै हुन्छु । इतिहासमा घटेका घटनाहरु पढ्न अझ रोचक लाग्छन् । संस्मरण, निबन्ध र आत्मकथाहरु पनि उत्तिकै मन पर्छ ।

५. मन पर्ने लेखकहरु

लेखकहरु पनि सबैको पढीरहेको हुन्छु, सबै मन परेरै हो पढ्ने । बि.पी. कोइराला, ध.च. गोतामे, नारायण ढकाल यहाँहरुको कृति मन पर्छ । अहिलेको अग्रज लेखकहरु नयनराज पान्डे, बुद्घिशागर, अमर न्यौपाने अरु पनि धेरै लेखकहरुको कृति पढ्ने गर्छु । बाहिरका लेखकहरुमा हेमिङवे, मुराकामी, पाओलो कोएलो, खालिद होसेनी र अझ अरु लेखकहरुको पढेको छु । सबैको कृति मन पर्छन् । कुनै कुनै लेखकले चाहिँ मनमै बास गर्छन् । मलाई अति नै मन पर्ने चाहिँ भैरव अर्याल हो । उहाँको निबन्धहरु मैले धेरै रिपिट गरेर पढेको छु, कहिलेकाँही साथीहरुलाई उहाँको पुरै निबन्ध पढेर सुनाउँछु अझै पनि ।

६. कथा कसरी लेख्ने भनेर सोध्यो भने के भन्नुहुन्छ ?

कसरी लेख्ने भन्न गाह्रो छ । हरेक लेखकको लेख्ने तरिका फरक फरक हुन्छ । कसरी लेख्ने भन्दा अगाडि किन लेख्ने, आफ्नो कुन कुरा अभिव्यक्त गर्ने थाहा भयो भने कसरी लेख्ने थाहा हुँदै जान्छ । म पनि बल्ल सिकाइको सुरुवाती चरणमा छु । अझै पनि गुगलमा हाउ टु राइट अ स्टोरी खोजीरहेको हुन्छु ।

७. नलेख्ने समयमा के गर्नुहुन्छ ?

किताबहरु पढ्छु, फिल्महरु हेर्छु । फिल्मको पटकथा लेखनमा पनि रुची राख्छु । त्यहाँ पनि कथा शब्दले नै भन्ने हो । फरक भनेको अन्तीम स्वरुप चाहीँ पर्दामा आउने हो ।

८. साहित्यकार नभएको भए के हुनुहुन्थ्यो ?

साहित्यको परिधि जिवन जत्तिकै ठूलो छ र म त्यो परिधिभित्र परिसकेको छैन । म आफूलाई साहित्यकार भन्न सक्दीन । म सामान्य कथा भन्ने मान्छे हूँ ।
कथा भन्ने बाहेक अरु केही गर्छु भनेर मैले कल्पना गरेको छैन । जुनसुकै माध्यम होस् अक्षर, या फिल्मको पर्दा म सधैभरी कथा भनीनै रहन्छु ।

९. स्पर्शकै सन्दर्भमा फेरि फर्कदा, यसको कथा तपाइको बास्तबिक जीवनसँग कतिको मेल खान्छ ?

मेलै खाँदैन भन्न पनि मिल्दैन, केही कुरा मेल खान्छन् । तर धेरै प्लटहरु कल्पना गरेरै लेखेको हूँ । जानी नजानी आफ्नो कुराहरु कथामा आइहाल्छ । आफ्नो कथा नआएपनि आफ्नो विचारहरु आउँछ । तर घटनाहरु चाहीँ मेरो जीवनसँग निकै कम मेल खान्छन् ।

१०. अन्तीममा स्पर्शकै कुरा गर्नुपर्दा, केही पाठकहरुले कथाको अन्त्य अधुरो भयो । यसको दोस्रो भाग पनि आउनुपर्छ भन्नुभएको छ । कहिले आउँछ ?

अहिले त्यसको कुनै योजना छैन । दोस्रो भागको प्लट केही पनि छैन । हो उपन्यासमा केही कुरा अधुरो लाग्छन् तर भनिन्छ नि केही कुरा अधुरो नै राम्रा हुन्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.