• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ३. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • ४. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ५. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ६. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ७. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ८. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो



  •   बुधबार, भदौ ३१, २०८३
  • A
  • A+
  • A++

राप्ती, भदौ ३१- राप्ती–१,चितवनमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत राप्ती नगरपालिका–१ पिप्ले क्षेत्रमा निर्माण सुरु गरिएको कंक्रिट वालमा हालसम्म करिब ४० करोड रुपैयाँ लगानी भएको जनाइएको छ। विभिन्न चरणमा बजेट परिचालन गरी निर्माण तथा विस्तार गरिएको उक्त संरचनाको केही भाग भने अझै अधुरो रहेको छ।
लोथर मध्यवर्ती उपभोक्ता समितिको तत्कालीन नेतृत्वमा संरक्षणकर्मी, सामुदायिक वनका पदाधिकारी, पूर्वअध्यक्ष तथा समितिका सल्लाहकारहरूसँगको छलफलपछि निकुञ्जको वार्षिक आम्दानीबाट मध्यवर्ती क्षेत्रमा प्राप्त हुने बजेट प्रयोग गरी कंक्रिट वाल निर्माण सुरु गरिएको थियो।
निर्माण सुरु भएपछि विभिन्न तहका सरकार तथा स्थानीय निकायबाट बजेट विनियोजन हुँदै आएको निवर्तमान अध्यक्ष मानबहादुर स्याङ्बोले बताए। उनका अनुसार तत्कालीन प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेको क्षेत्र विकास कोष तथा बागमती प्रदेश सरकारका तत्कालीन कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्री दावा दोर्जे लामामार्फत विभिन्न चरणमा बजेट विनियोजन भएको थियो।
सौराहादेखि राप्ती–१ क्षेत्रसम्म कंक्रिट वाल निर्माण तथा विस्तारका लागि विभिन्न चरणमा करिब ३५ करोड रुपैयाँ बराबरको बजेट परिचालन भएको जनाइएको छ। यसबाहेक पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, राप्ती नगरपालिका, वडा नं. १, ३ र ६, लोथर मध्यवर्ती उपभोक्ता समिति तथा केही सामुदायिक वनको आन्तरिक स्रोतबाट समेत बजेट परिचालन भएको स्याङ्बोले बताए।
उनका अनुसार विभिन्न स्रोतबाट भएको लगानी जोड्दा संरचना निर्माण तथा विस्तारमा करिब ४० करोड रुपैयाँ खर्च भएको छ।
स्याङ्बोले कंक्रिट वाल अहिले हात्ती नियन्त्रण गर्ने संरचनामा मात्र सीमित नभई मानव बस्ती र सामुदायिक वनबीचको महत्वपूर्ण सीमारेखा तथा संरक्षण पूर्वाधारका रूपमा विकास हुँदै गएको बताए।
“केही थोरै भाग मात्र बाँकी रहेको अवस्थामा त्यसलाई प्राथमिकताका साथ पूरा गर्न सके मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रयासलाई थप प्रभावकारी बनाउन सहयोग पुग्न सक्छ,” उनले भने।
कंक्रिट वाल निर्माण भएपछि जंगली हात्ती लगायतका वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने जोखिम घटाउन सहयोग पुगेको स्थानीयको भनाइ छ। तर वालको केही भाग निर्माण हुन बाँकी रहेकाले त्यस क्षेत्रबाट जंगली जनावर बस्तीमा प्रवेश गर्ने, खेतीपातीमा क्षति पुर्‍याउने, घरपालुवा जनावर मार्ने वा घाइते बनाउने तथा स्थानीय बासिन्दा प्रभावित हुने घटना अझै दोहोरिने गरेको उनीहरूको भनाइ छ।
संरचनाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणसँगै वन तथा प्राकृतिक सम्पदामा हुने सम्भावित अतिक्रमणको जोखिम घटाउन पनि सहयोग पुर्‍याउन सक्ने स्थानीयको अपेक्षा छ। बाढीको अवस्था सिर्जना हुँदा केही समय पानीको बहाव नियन्त्रणमा समेत सहयोग पुग्न सक्ने र स्थानीयलाई सुरक्षित स्थानतर्फ जान अतिरिक्त समय उपलब्ध हुन सक्ने स्याङ्बोको भनाइ छ।
निर्माण सुरु गर्ने क्रममा विभिन्न टीकाटिप्पणी र प्रश्न उठे पनि अहिले संरचनाको उपयोगिता र आवश्यकता थप स्पष्ट हुँदै गएको स्याङ्बोले बताए। बाँकी रहेको भागसमेत तत्काल निर्माण सम्पन्न गर्न आवश्यक पहल र समन्वय गर्नुपर्नेमा उनले जोड दिए।
उनले चितवन क्षेत्रका प्रतिनिधिसभा सदस्य हरि ढकालको समेत यस विषयमा प्रत्यक्ष पहल र ध्यानाकर्षण हुनुपर्ने अपेक्षा व्यक्त गरेका छन्।
कंक्रिट वाल निर्माणमा सहयोग, पहल तथा समन्वय गर्ने तत्कालीन प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डे, बागमती प्रदेशका तत्कालीन मन्त्री, पूर्वमन्त्री तथा प्रदेशसभा सदस्यहरू जगन्नाथ थपलिया र कृष्णप्रसाद खनाल, चितवन राष्ट्रिय निकुञ्ज, राप्ती नगरपालिका, सम्बन्धित वडा कार्यालय, लोथर मध्यवर्ती उपभोक्ता समिति, जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता तथा स्थानीय बासिन्दाप्रति स्याङ्बोले आभार व्यक्त गरेका छन्।
उनले कंक्रिट वाललाई “केवल एउटा पर्खाल नभई मानव बस्ती, वन्यजन्तु, वन तथा प्राकृतिक सम्पदाबीच सुरक्षित सहअस्तित्व कायम गर्ने दीर्घकालीन पूर्वाधारको प्रयास”का रूपमा व्याख्या गरेका छन्।
लेखक मानबहादुर स्याङ्बो लोथर मध्यवर्ती उपभोक्ता समितिको निवर्तमान अध्यक्ष हुन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

ट्रेन्डिङ

सबै

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.