सृजन घिमिरे ।चैत २४, झापा । झापाको ग्रामिण भेगमा बसोबास गर्ने अल्पसंख्यक आदिवासी सन्थाल समुदायले गोबर प्रयोग गरि दाउरा बनाउने गरेका छन ।
यो दाउरा विशेष गरि बर्खाको समयमा प्रयोग गरिन्छ । बनजंगल नजिक नभएका ठाउँहरुमा उर्जाको भरपर्दो श्रोतका रुपमा गोबरका यस्ता दाउरालाई लिने गरिन्छ ।
आदिवासी समुदायका महिलाहरुले हरेक बर्षको हिउँदमा दाउरा बनाई असार श्रावणमा हुने दाउराको अभाव टार्ने गर्छन ।