नेपालको राजनीति त झन अनिश्चितता र अस्थिरता को पर्याय हो भन्दा अतिशोयुक्ति नहोला।४६ साल यता हरेक साल एउटा नयाँ सरकार र हरेक बीस बर्षमा एउटा नयाँ व्यवस्था नेपालमा आउनु सामान्य झै भएको छ र पछिल्लो केहि दिन यता बिकसित घटनाक्रमहरुले पनि कतै नेपाल पुनः अर्को राजनैतिक व्यवस्था को गोलचक्करमा पर्ने त होईन भन्ने संसय पैदा गराएको छ।
नेकपा पार्टी भित्र रस्साकस्सी हुनु अस्वभाविक हुदै होइन। दुई विपरित प्रकृतिका महत्वकाक्षी नेताहरु भएको दल एकाएक एउटै डोरो बनेर आउनु र स्थिर सरकार बन्नु क्षणिक सुखद झै देखिएको भएपनि, नेता बिचको शक्ति सङ्घर्ष चरम विन्दुमा पुगिसकेकाले छताछुल्ल भै पोखिनु अस्वभाविक थिएन।
तर करिव दुई तिहाईको जनमत बोकेको सरकारका प्रधानमन्त्री द्वारा संसद बिघटन को प्रस्ताव राखिनु , रास्ट्रपतिले समेत यो बखत अभिभावकको भुमिका खेल्न नसक्नु र अन्तत: संसद विघठन को दिशामा पुग्नु आम नेपाली जनताको लागि निकै पिडादायक क्षण हो। आन्तरिक शक्तिसङ्घर्षमा हरेक कुरा वाञ्चनिय भएतापनि यो कदमले देशलाई भने अनिश्चितताको भुमरीमा धकेलिएको छ ।
एकातिर राजावादीहरु “राजा आउ देश बचाउ ” भन्दै राजा व्युताउन सकृय रुपमा लागिपर्नु र अर्का तर्फ लोकतन्त्रका पक्षधरहरु पाएको बहुमतको समेत तिरस्कार गरि ससंद बिघटन गरिनुले, जनतालाई वाहलवाला प्रमुख राजनैतिक दलको विकल्प खोज्न थप सहज बनाईदिको छ।आशा गरौ, देशले यो डेडलक को अवस्था सहजै चिर्नेछ। अब जनताले हरेक अपवित्र गठवन्धन बनेर आउने लाई भोट दिनु अघि पक्कै सोच्लान कि?
लेखक रास्ट्रिय फार्मेसी सङ्घ , वाग्मती प्रदेशको संयोजक र पुर्व विधार्थी नेता हुनु हुन्छ ।