• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ ०३, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

कारले मोटरसाइकललाई ठक्कर दिँदा बुबा-छोरीको मृत्यु

नागढुङ्गा नौबिसे सडक विस्तार: यही वैशाख २२ देखि ३१ गतेसम्म रातिमा पाँच घण्टा बन्द गरिने

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

व्यवसायसंँगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

लोकप्रिय समाचार

  • १. नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

  • २. भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ हामी पूरा गर्छौ: राजेन्द्र लिङ्देन



  •   शुक्रबार, पुष ०९, २०७८
  • A
  • A+
  • A++

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्ने पक्षहरुलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने उद्घोष गरेका छन् ।

झापाको विर्तामोडमा शनिबार आयोजित गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन र विकास चाहने ठूलो पंत्तिको अपेक्षा राप्रपासँग भएको बताउँदै पार्टीलाई आगामी आमनिर्वाचनबाट मुलुककै अग्रणी शक्तिको रुपमा स्थापित गरेर देखाउने दाबी गरे ।

पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसले कता मत हाल्यो भन्ने कुरा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै अध्यक्ष लिङ्देनले राप्रपालाई कामको आधारमा न्यायसंगत रुपमा अघि बढाउने बताए । उनले भने, ‘म लगायत सबैले काम गरेर देखाउनु पर्छ, कसैप्रति पूर्वाग्रह राखिन्न।’

‘म सानो चित्तले राजनीतिमा आएको होइन, कसैले उपेक्षित भएर पार्टी फुटाएर जानुपर्ने स्थिति बन्न दिइने छैन । हामीले गर्नुपर्ने काम अरु नै छ, पार्टीभित्र क्षमता र दक्षताका आधारमा नेता र कार्यकर्तालाई काम दिनेछु,’ लिङ्देनले भने ।

विगतमा कांग्रेस र कम्यूनिस्टलाई समेत मिलाएर हिँडेको स्मरण गर्दै पार्टीको आन्तरिक चुनावमा कता लाग्यो भन्ने आधारमा कसैप्रति पूर्वाग्रह नराख्ने उनले बताए ।

राप्रपाले सदन र सडक दुवैबाट आफ्नो आवाज उठाउने र जुन बाटोबाट छिटो उपलब्धी हुन्छ त्यही मार्ग लिने उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य सगुन सुन्दर लावतीले भने, ‘समावेशी, समृद्ध नयाँ नेपाल बनाउने नारा थियो ।

तर, हाल पद्धति र पात्र दुवै असफल भएका छन् । नेता र व्यवस्था माथि नै जनताको विश्वास टुटेको छ । त्यसैले राजासहितको प्रजातन्त्र, धर्म परम्परा जगेर्ना गर्ने सनातन सापेक्ष हिन्दु राष्ट्र आवश्यक भएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

ट्रेन्डिङ

सबै

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आजदेखि सुरु

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नारायणगढको इन्द्रदेवरोडमा खुल्यो अर्बन नेष्ट एण्ड रेन्टल शप

भरतपुर १६ खानेपानी उपभोक्ता समितिको अध्यक्षमा पौडेल

नेपालमा निर्माण गरिएको समाचार एप SimilarWeb को सूचीमा टप १० मा

पुष्पाञ्जली अस्पतालमा आरोग्य प्याकेज ः रु १५०० मै ल्याबसहित स्वास्थ्य परीक्षण

स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.