• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

अध्यक्षमा नराम्रो हार खाएका कमल थापा अब उता भिड्ने



  •   आइतबार, पुष ११, २०७८
  • A
  • A+
  • A++

अध्यक्षमा नराम्रोसँग पराजित भएका कमल थापा अब पोखरामा भिड्ने भएका छन् । १८ औं संस्करणको माछापुच्छ्रे खुला टेनिस आजदेखि पोखरामा शुरु भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगितामा राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि सहभागी हुने आयोजकले बताएको छ । पोखरा रंगशालाभित्र रहेका छ वटा टेनिस कोर्टमा प्रतिस्पर्धा गराईंदैछ ।

महिला र पुरुषको खुलाबाहेक पुरुषतर्फ ३५ वर्षमाथिको एकल र डबल्स, ४५ वर्षमाथिको एकल र डबल्स, ५५ वर्षमाथि उमेर समूहको एकल र डबल्स र ६५ वर्षमाथिको उमेर समूहको एकल गरी ११ इभेण्टमा प्रतिस्पर्धा हुने टेनिस संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए ।

पुरुष एकलतर्फ १६ जना, डबल्सतर्फ ९ समूहको प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ एकलमा १२ जना र डबल्सतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

उमेर समूहतर्फ ३५ वर्षमाथिको उमेर समूहको एकलतर्फ २१ जना र डबल्सतर्फ १३ टिमले प्रतिस्पर्धा गर्ने छ । ४५ वर्षमाथिको उमेर समूहमा एकलतर्फ ३२ जना र डबल्सतर्फ २१ टिमको सहभागिता रहने आयोजकले बताए ।

त्यस्तैै ५५ वर्षमाथि उमेर समूहको प्रतिस्पर्धामा १५ जना एकलतर्फ र १३ टिम डबल्सतर्फ प्रतिस्पर्धा गर्दै छन् । ६५ वर्षमाथिको उमेर समूहमा भने ८ जनाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताका विजेताले ८० हजार र उपविजेतालाई ४० हजार नगद पुरस्कार राखिएको छ । डबल्सतर्फका विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार एवं सेमिफाइनलिष्टले १० हजार प्राप्त गर्ने छन् ।

उमेर समूहअन्तर्गत ३५ वर्षमाथिको उमेर समूह विजेतालाई एकलतर्फ ६० हजार र उपविजेतालाई ३० हजार नगद पाउँदा डबल्सतर्फ २० र १० हजार रुपैयाँ पुरस्कार छ ।

४५ वर्षमाथि उमेर समूहको एकलतर्फ ४० हजार र उपविजेताले २० हजार, डबल्सतर्फ विजेतालाई २० र उपविजेतालाई १० तथा ५५ वर्षमाथिका एकल विजेताले ३० हजार र उपविजेताले २०, डबल्सतर्फ विजेताले २० र उपविजेताले १० हजार पुरस्कार पाउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.