• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

यसरी हुदैछ प्रचण्ड–वैद्य–बाबुराम–विप्लवबिच एकता,

  •   सोमबार, पुष १२, २०७८
  • A
  • A+
  • A++

कुनै बेला ‘बुलेट’ र ‘ब्यालेट’को दुवै मोर्चामा बहुमतमा रहेको माओवादी पार्टी र आन्दोलन यतिबेला विभिन्न ध्रुवमा बाँडिएको छ। माओवादी आन्दोलनका विभिन्न घटकमा बाँडिएका नेताहरू अहिले पनि एकअर्काको प्रतिध्रुवमा उभिँदा कार्यकर्ता र समर्थक जनताको ध्यान एकताको पक्षमा देखिएको छ। कार्यकर्ताले सामाजिक सञ्जालमा व्यक्त गरेका विचारहरू हेर्दा उनीहरू हरहालतमा माओवादी शक्तिहरू एक होउन् भन्ने चाहन्छन्।

भावना कार्यदिशा र पार्टी एकताका निम्ति महत्वपूर्ण आधार हो। तर, भावनाले मात्र पार्टी एकता हुँदैन। पार्टी एकताका निम्ति विचारधारात्मक राजनीतिक कार्यदिशामा देखिएका अन्तरमा एकरूपता कायम हुनुपर्छ।

तर, हामीकहाँ माओवादी घटक आ–आफ्नै बाटो हिँड्ने, त्यसरी हिँड्दा सफलता मिलेमा अर्को घटकलाई दोष दिने, असफल भएमा एकताको औचित्य देख्ने अवसरवादी सोंच देखिएको छ। तसर्थ, एकताका निम्ति हामीले ठोस वैचारिक, राजनीतिक र संगठनात्मक आधार तयार पार्नुपर्छ।

यतिबेला माओवादी आन्दोलन मूलतः चार कित्तामा बाँडिएको छ, १. प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), २. मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी), ३. डा. बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीको प्रगतिशील समूह र ४. नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी।

यसबाहेक आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, गोपाल किराँतीको नेकपा (माओवादी केन्द्र), रवीन्द्र श्रेष्ठको नेकपा (बोल्सेभिक) लगायतका अरु घटकहरू पनि छन्। तर, तिनीहरूको अलग वैचारिक दृष्टिकोण र संगठनात्मक आधार नभएका कारण उल्लेखित चार घटकहरूभित्र नै उनीहरूलाई राखेर हेर्न सकिन्छ।

एमालेसँग एकता प्रक्रिया भंग भएपछि र पछिल्लोसमय केपी शर्मा ओली र माधवकुमार नेपालबिच समझदारी जुटेपछि माओवादी केन्द्रका नेता–कार्यकर्ताले २०६४ कै अवस्थामा माओवादी एकताको आवाज उठाएका छन्। एकताको चाहना असाध्यै राम्रो छ।

तर, एकतापूर्व हामीले माओवादी घटकबिच के–के कुरामा बिमति छन्, के–के कुरामा नजिक छन् र के–के आधारमा एकता गर्न सकिन्छ ? त्यसबारे गहन छलफल गर्न आवश्यक छ। म यहाँ बुंदागत रूपमा ती कुरालाई सरल रूपमा उल्लेख गर्न चाहन्छु, ताकि नेताहरूले ती कुरालाई ध्यानमा राखेर एकताको आधार खोजून् र माओवादी आन्दोलन फेरि एकीकृत हुन सकोस्।

अरु घटकसँग बिमति

१. प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) बिच जनयुद्ध र जनआन्दोलनबाट स्थापित वर्तमान राज्य प्रणाली र उत्पादन पद्धतिलाई बुझ्ने सवालमा अन्तर देखिन्छ। माओवादी केन्द्र नेपालमा पूँजीवादी जनवादी क्रान्तिको मूलभूत कार्यभार पूरा भएको निष्कर्षमा छ।

तर, क्रान्तिकारी–माओवादी नेपालमा पूँजीवादी जनवादी क्रान्ति पूरा भइनसकेको निष्कर्षमा छ। यसका साथै माओवादी केन्द्रले वर्तमान संसदलाई परम्परागत संसद होइन, प्रगतिशील चरित्रको संसदका रूपमा परिभाषित गरेको छ। तर, क्रान्तिकारी–माओवादी वर्तमान संसदलाई परम्परागत बुर्जुवा संसदका रूपमा परिभाषित गरेको छ।

२. प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा. भट्टराईको जनता समाजवादी पार्टीबिच विश्वदृष्टिकोणमै अन्तर छ। नयाँ संविधान निर्माणपछि डा. भट्टराईले कम्युनिस्ट आन्दोलन नै परित्याग गरी वामपन्थी लोकतान्त्रिक शक्तिका रूपमा नयाँ शक्ति निर्माण गरेका थिए। त्यहाँदेखि यहाँसम्म आइपुग्दा डा. भट्टराई गैरकम्युनिस्ट तर वामपन्थी शक्तिका रूपमा रहेका छन्।

३. नेकपा (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच वर्तमान राजनीतिक व्यवस्थालाई बुझ्ने र क्रान्तिको कार्यदिशाबारे अन्तर छ। माओवादी केन्द्र वर्तमान राज्यप्रणालीबाट समाजवादको आधार तयार पार्न सकिने र समाजवादको तयारी शान्तिपूर्ण प्रतिस्पर्धाको चरणमा रहेको निष्कर्षमा छ। तर, विप्लव नेतृत्वको नेकपा वैज्ञानिक समाजवादका निम्ति एकीकृत जनक्रान्तिको मान्यतामा छ।

४. माथि उल्लेख गरिएबाहेक आहुतिको वैज्ञानिक समाजवादी पार्टी, रवीन्द्र श्रेष्ठको नेकपा (बोल्सेभिक), गोपाल किराँतीको माओवादी केन्द्र लगायतका माओवादी घटकहरू पनि छन्। जसको सैद्धान्तिक मान्यता माथि उल्लेखित कुनै न कुनै घटकको वरिपरि रहेको देखिन्छ।

घटकबिच साझा मान्यता

१. नेकपा (माओवादी केन्द्र) संविधानको प्रगतिशील कार्यान्वयनको पक्षमा छ। उसले क्रान्तिका उपलब्धीहरू रक्षा गर्दै अघि बढ्नुपर्ने मान्यता राख्दछ। यता क्रान्तिकारी–माओवादी पनि क्रान्तिका उपलब्धी रक्षा गर्नुपर्ने मान्यतामा छ। साथै उसले माओवादी घटकहरूबिच संयुक्त मोर्चा बनाउनुपर्ने पक्षमा एकमत देखिन्छ।

२. माओवादी केन्द्र र डा. भट्टराईको जसपाको प्रगतिशील समूहबिच समाजवादी क्रान्तिबारे समान धारणा देखिन्छ। माओवादी केन्द्र पनि समाजवादी क्रान्तिको तयारीको कार्यदिशामा छ।

डा. भट्टराई पनि समाजवादको तयारीमा लाग्नुपर्ने मान्यतामा दृढ छन्। साथै प्राप्त उपलब्धीको रक्षाका सन्दर्भमा पनि दुवै शक्तिबिच समानता देखिन्छ। यद्यपि, समाजवादको अन्तरवस्तुबारे केही भिन्नता देखिन्छ।

३. माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबिच नेपालमा पूँजीवादी जनवादी क्रान्ति पूरा भएको समान निष्कर्ष देखिन्छ। माओवादी केन्द्र पनि समाजवादको आधार तयार पार्ने मान्यतामा छ भने नेकपा पनि समाजवादका निम्ति संघर्षमा छ। साथै विद्रोही नेकपाको शान्तिप्रक्रियामा प्रवेशको निर्णयले दुवै शक्तिबिच समाजवादको शान्तिपूर्ण तयारीका पक्षमा समानता कायम हुँदै गएको देखिन्छ।

४. उल्लेखित शक्तिका अतिरिक्त वैज्ञानिक समाजवादी पार्टी, नेकपा (बोल्सेभिक), किराँतीको माओवादी केन्द्र लगायतका घटक पनि नेपालमा पूँजीवादी क्रान्ति मूलतः पूरा भएको निष्कर्ष छन्। यी सबै आधारहरू हेर्दा विचार र कार्यदिशाका दृष्टिले माओवादी घटकहरूबिच एकता हुनसक्ने प्रवलता देखिन्छ।

उल्लेखित विषयलाई विश्लेषण गर्दा विभाजित माओवादीहरू भावनाका दृष्टिले होइन, विचार र कार्यदिशाका दृष्टिले समेत एकतावद्ध हुन सक्ने आधारहरू छन्। माओवादी शक्तिबिच एकताका आधारहरूलाई निम्नानुसार सुत्रवद्घ गर्न सकिन्छ।

एकताका आधारहरू

माओवादीका विभिन्न चार घटकहरूबिच वैचारिक, राजनीतिक र संगठनात्मक विषयमा साझा धारणा बनाउन सकिन्छ, जसका लागि निम्नानुसारको नीति लिन सक्दा फेरि सबै माओवादी घटकहरू एक ठाउँमा उभिन सक्नेछन्।

१. कम्युनिस्ट पार्टीमा एकता र विभाजनको प्रमुख शर्त विचारधारात्मक राजनीतिक कार्यदिशामा समानता र मतभेद नै हो। तसर्थ, एकताको कुरा गर्दा माओवादी घटकहरूले राजनीतिक कार्यदिशामा समानता खोज्नुपर्ने हुन्छ। किरण नेतृत्वको क्रान्तिकारी–माओवादीबाहेक अरु सबै घटक नेपालमा पूँजीवादी जनवादी क्रान्ति मूलभूत रूपमा पूरा भएको निष्कर्ष रहेकाले समाजवादी क्रान्तिको कार्यदिशा ठोस गरी त्यसकै आधारमा एकता गर्न सकिन्छ।

२. क्रान्तिको स्वरूप र चरित्रबारे पनि माओवादी घटकहरूबिच अन्तर छ। माओवादी केन्द्र र डा. भट्टराईको समूह शान्तिपूर्ण प्रतिस्पर्धाकै आधारमा समाजवादको तयार पार्न सकिने निष्कर्षमा छन्। अरु घटकहरू बलप्रयोगबिना समाजवादी क्रान्तिको तयारी नहुने निष्कर्षमा छन्। तसर्थ, समाजवादको तयारीका लागि आवश्यकताका आधारमा शान्तिपूर्ण र आवश्यक पर्दा बलप्रयोगको नीति अवलम्बन गर्न सकिन्छ। सदन र सरकारबाट समाजवादको आधार तयार पार्न सक्नेसम्मका लागि संयुक्त मोर्चाको अवधारणा पनि अघि बढाउने तर, मूलतः सडक संघर्षलाई प्रधानता दिने नीतिका आधारमा एकता खोज्न सकिन्छ।

३. संघर्षमा वैधानिक बाटो कि अवैधानिक बाटो ? यो पनि माओवादी घटकहरूबिच एकताका लागि अर्को महत्वपूर्ण प्रश्न हो। तत्कालका लागि नेपालका माओवादीहरू सशस्त्र क्रान्तिको बाटो हिँड्न सक्ने अवस्था छैन। वैधानिक संघर्षको बाटोभित्र मात्र कैद भएर मात्र पनि क्रान्तिको वस्तुगत आधार तयार पार्न सकिँदैन। तसर्थ, तत्कालका लागि संविधानको दायरामा रहेर हस्तक्षेपकारी कार्यनीति पनि लिने गरी एकता कायम गर्न सकिन्छ।

४. डा. भट्टराई नेतृत्वको घटक कम्युनिस्ट आन्दोलनभन्दा बाहिर रहेका कारण कम्युनिस्ट पार्टीकै छाताभित्र आउँछन् कि आउँदैनन् ? भन्ने प्रश्नहरू छन्। तर, भट्टराईले वाम लोकतान्त्रिक शक्तिको परिकल्पना गरेको र २१ औं शताब्दीको कम्युनिस्ट पार्टी सबैभन्दा लोकतान्त्रिक शक्ति पनि हुने भएकाले त्यसको व्यवहारिक कार्यान्वयनको वैचारिक प्रतिवद्धताका आधारमा एकता खोज्न सकिन्छ।

५. माओवादी घटकबिच एकताका निम्ति अर्को शर्त हो – संगठनात्मक संरचना। माओवादी घटकहरूले वर्तमानकै संगठनात्मक संरचनामा रहेर एकता खोज्न कठिन हुन्छ। विगतमा भएको नेताहरूको प्रोफाइलमा रहेर एकता खोज्न कठिन हुने परिस्थिति पनि छ। यस सन्दर्भमा तत्कालीन एकीकृत नेकपा (माओवादी) ले हेटौंडा महाधिवेशनमा संश्लेषण गरेको संगठनात्मक संरचनामा जान सकिन्छ। त्यसका लागि विचारको तहमा नेतृत्व गर्ने र संगठनको तहमा नेतृत्व गर्ने २ प्रणालीमा जान सकिन्छ।

६. कम्युनिस्ट पार्टी अविछिन्न उत्तराधिकारीपूर्ण आन्दोलन हो। तसर्थ, नेतृत्व विकास र उत्तराधिकारी निर्माण पनि पार्टी जीवनसँग जोडिएको महत्वपूर्ण विषय हो। ३३ वर्षको उमेरमा पार्टी महामन्त्री सम्हालेका प्रचण्ड लगायतका नेताहरूको केन्द्रीय कमिटीमा अहिले ४० वर्षमुनिका युवाहरू नै भेटिँदैनन्। तसर्थ, पार्टीलाई ‘थ्री इन वान’को अवधारणामा दृढतापूर्वक लैजानुपर्छ।

७. कम्युनिस्ट पार्टीलाई बुर्जुवाकरण हुनबाट रोक्ने महत्वपूर्ण हतियार हो – पार्टीको सर्वहाराकरण। विगतमा माओवादी पार्टीका नेता–कार्यकर्ताले सम्पत्ति पार्टीकरणको अभियान नै चलाएका थिए। अहिले त्यो परिस्थिति छैन। तर, पार्टीको स्थायी समितिसम्म सम्पत्ति पार्टीकरणलाई अनिवार्य शर्त बनाउन सकिन्छ। बढीमा १५ जनाको स्थायी समिति बनाउने र स्थायी समितिमा रहन चाहने नेताहरूको मात्र सम्पत्ति सामूहिकीकरण गर्ने हो भने माओवादी आन्दोलनलाई नयाँ गति दिन सकिन्छ। स्थायी समितिका सबै सदस्यहरूको व्यक्तिगत सम्पत्ति नरहने र सबै नेताहरू आवश्यक सुविधासहितको अपार्टमेन्टमा बस्ने व्यवस्था गर्न सकिन्छ।

८. माओवादीले २०६० मा संश्लेषण गरेको २१ औं शताब्दीको जनवाद हामीले प्रयोगमा नल्याई स्थगित गरिदियौं। उक्त संश्लेषण ठीक थियो कि बेठीक भन्ने कुरा व्यवहारिक दृष्टिले पुष्टि नहुँदै २१ औं शताब्दीको जनवाद स्थगित गर्नु गल्ती थियो। तसर्थ, माओवादीका सबै नेताहरूले एकपटक उक्त संश्लेषणलाई मूर्त रूपमा कार्यान्वयनको दिशामा अगाडि बढाउने संकल्प गर्नुपर्छ। अहिले हामीसँग सेना छैन। तर, पार्टी र सरकारका सन्दर्भमा जनताको जनवादी अधिनायकत्व स्थापित गर्नसक्ने र चक्रीय प्रणाली लागू गर्नसक्ने अवस्था छ। यसलाई लागू गरौं।

९. खुला निर्वाचनले पार्टीलाई कसरी भ्रष्टीकरण गर्दछ भन्ने कुरा एमालेमा केपी ओलीको आगमनले पुष्टि गरिसकेको छ। तर, माओवादी धाराहरूले जुन कमिटी प्रणाली र जनवादी केन्द्रीयताको अभ्यास गरिरहेका छन्, त्यो वैज्ञानिक छैन। आलोचनात्मक र क्रान्तिकारी चेतलाई निषेध गरेर चयन गरिने त्यस्तो नेतृत्वले क्रान्तिको रक्षा गर्न सक्दैन। एकातिर खुला निर्वाचनको भ्रष्टीकरण र अर्कोतिर नेताहरूको गोजीबाट मान्छे छान्ने प्रणाली गलत छ। तसर्थ, पार्टीले निश्चित प्रणाली बनाएर जनदिशामा आधारित नेतृत्व छान्नुपर्छ। त्यसका लागि निर्वाचनको प्रक्रियामा जुन जिल्लाले पार्टीको समानुपातिक मतमा श्रेष्ठता कायम गर्न सक्छ, त्यसलाई नै नेतृत्वमा स्थापित गर्दै लैजान सकिन्छ।

१०. यसका साथै राजकीय क्षेत्रबाट प्राप्त गरिने लाभहरूको समानुपातिक बितरणको वैज्ञानिक प्रणाली खोज्नुपर्छ। राजकीय जिम्मेवारीका लागि निश्चित मापदण्ड र निश्चित कार्यकालको शर्त तोकेर आन्तरिक प्रतिस्पर्धाको नीति लिन सकिन्छ। यी र यस्तै धेरै सुत्रहरूका आधारमा माओवादी आन्दोलनको एकता र सुदृढीकरण सम्भव छ।

समग्रमा अहिले माओवादी आन्दोलनको कुनै पनि घटक सशस्त्र क्रान्ति वा जनयुद्धको बाटोमा जान सक्ने अवस्था छैन, गइसकेका घटकहरू पनि आत्मसमीक्षासहित नयाँ बाटोतिर अग्रसर छन्। तर, संसदवादलाई अनन्त कार्यदिशाका रूपमा ग्रहण गर्ने गल्ती पनि हामीले गर्नु हुँदैन। यिनै विषयको वरिपरि रहेर माओवादी घटकहरूले एकताको नयाँ प्रक्रिया अगाडि बढाउन सक्छन् र सक्नुपर्छ। आउनुस्, माओवादी आन्दोलनको बृहत एकता चाहने हामी युवाहरुले यिनै आधारमा सार्थक एकताको पहल गरौं।

(१ जेठ २०७८, काठमाडौं)

प्रतिकृया दिनुहोस्

मुख्य समाचार सम्बन्धित

बाकी रहेका २ मन्त्राल कांग्रेसलाई रक्षामा गगन थापा र विश्वप्रकाश यो मन्त्रालय पक्का

नेपालमा प्रचण्ड जस्तो नेता अरु छैनन, उहाँ निकै सोझो र ईमानदार हुनुहुँदो रहेछ : माधव नेपाल

अब राष्ट्रलाई राजतन्त्रको आवश्यकता छ :- युवराज्ञी हिमानी शाह

ओली-प्रचण्डमा यसरी एकता हुदै, फेरी एउटा इतिहास रच्दै !

अनुदान रकम हो, ऋण हैन, तिर्न पर्दैन, तत्काल एमसीसी पास गरौंः बाबुराम भट्टराई

ओलीले आश्वासन बाँडे केहि दिएनन, रामकुमारीले हात हातमा गरिवलाई लालपूर्जा नै थमाईन…
ताजा
लोकप्रिय
बाकी रहेका २ मन्त्राल कांग्रेसलाई रक्षामा गगन थापा र विश्वप्रकाश यो मन्त्रालय पक्का

काठमाडौँ । काङ्ग्रेस महामन्त्रीमा गगन थापा र बिश्वप्रकाश शर्मा भारी मतले बिजयी भएका छन ।महामन्त्रीको…

नेपालमा प्रचण्ड जस्तो नेता अरु छैनन, उहाँ निकै सोझो र ईमानदार हुनुहुँदो रहेछ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नारा वामपन्थ नभइ रामपन्थ…

अब राष्ट्रलाई राजतन्त्रको आवश्यकता छ :- युवराज्ञी हिमानी शाह

काठमाडौं । युवराज्ञी हिमानी शाहको आज जन्मदिन हो । उहाँ आजको मितिबाट ४५ वर्षमा लाग्नुभएको…

ओली-प्रचण्डमा यसरी एकता हुदै, फेरी एउटा इतिहास रच्दै !

काठमाडौं । राजनीतिमा असम्भव भन्ने हुँदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा…

अनुदान रकम हो, ऋण हैन, तिर्न पर्दैन, तत्काल एमसीसी पास गरौंः बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अमेरिकी सहयोग…

Copyright © 2016-2021 NPa

कुनै बेला ‘बुलेट’ र ‘ब्यालेट’को दुवै मोर्चामा बहुमतमा रहेको माओवादी पार्टी र आन्दोलन यतिबेला विभिन्न ध्रुवमा बाँडिएको छ। माओवादी आन्दोलनका विभिन्न घटकमा बाँडिएका नेताहरू अहिले पनि एकअर्काको प्रतिध्रुवमा उभिँदा कार्यकर्ता र समर्थक जनताको ध्यान एकताको पक्षमा देखिएको छ। कार्यकर्ताले सामाजिक सञ्जालमा व्यक्त गरेका विचारहरू हेर्दा उनीहरू हरहालतमा माओवादी शक्तिहरू एक होउन् भन्ने चाहन्छन्।

भावना कार्यदिशा र पार्टी एकताका निम्ति महत्वपूर्ण आधार हो। तर, भावनाले मात्र पार्टी एकता हुँदैन। पार्टी एकताका निम्ति विचारधारात्मक राजनीतिक कार्यदिशामा देखिएका अन्तरमा एकरूपता कायम हुनुपर्छ। तर, हामीकहाँ माओवादी घटक आ–आफ्नै बाटो हिँड्ने, त्यसरी हिँड्दा सफलता मिलेमा अर्को घटकलाई दोष दिने, असफल भएमा एकताको औचित्य देख्ने अवसरवादी सोंच देखिएको छ। तसर्थ, एकताका निम्ति हामीले ठोस वैचारिक, राजनीतिक र संगठनात्मक आधार तयार पार्नुपर्छ।

यतिबेला माओवादी आन्दोलन मूलतः चार कित्तामा बाँडिएको छ, १. प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), २. मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी), ३. डा. बाबुराम भट्टराई नेतृत्वको जनता समाजवादी पार्टीको प्रगतिशील समूह र ४. नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी।

यसबाहेक आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, गोपाल किराँतीको नेकपा (माओवादी केन्द्र), रवीन्द्र श्रेष्ठको नेकपा (बोल्सेभिक) लगायतका अरु घटकहरू पनि छन्। तर, तिनीहरूको अलग वैचारिक दृष्टिकोण र संगठनात्मक आधार नभएका कारण उल्लेखित चार घटकहरूभित्र नै उनीहरूलाई राखेर हेर्न सकिन्छ।

एमालेसँग एकता प्रक्रिया भंग भएपछि र पछिल्लोसमय केपी शर्मा ओली र माधवकुमार नेपालबिच समझदारी जुटेपछि माओवादी केन्द्रका नेता–कार्यकर्ताले २०६४ कै अवस्थामा माओवादी एकताको आवाज उठाएका छन्। एकताको चाहना असाध्यै राम्रो छ।

तर, एकतापूर्व हामीले माओवादी घटकबिच के–के कुरामा बिमति छन्, के–के कुरामा नजिक छन् र के–के आधारमा एकता गर्न सकिन्छ ? त्यसबारे गहन छलफल गर्न आवश्यक छ। म यहाँ बुंदागत रूपमा ती कुरालाई सरल रूपमा उल्लेख गर्न चाहन्छु, ताकि नेताहरूले ती कुरालाई ध्यानमा राखेर एकताको आधार खोजून् र माओवादी आन्दोलन फेरि एकीकृत हुन सकोस्।

अरु घटकसँग बिमति

१. प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) बिच जनयुद्ध र जनआन्दोलनबाट स्थापित वर्तमान राज्य प्रणाली र उत्पादन पद्धतिलाई बुझ्ने सवालमा अन्तर देखिन्छ।

माओवादी केन्द्र नेपालमा पूँजीवादी जनवादी क्रान्तिको मूलभूत कार्यभार पूरा भएको निष्कर्षमा छ। तर, क्रान्तिकारी–माओवादी नेपालमा पूँजीवादी जनवादी क्रान्ति पूरा भइनसकेको निष्कर्षमा छ।

यसका साथै माओवादी केन्द्रले वर्तमान संसदलाई परम्परागत संसद होइन, प्रगतिशील चरित्रको संसदका रूपमा परिभाषित गरेको छ। तर, क्रान्तिकारी–माओवादी वर्तमान संसदलाई परम्परागत बुर्जुवा संसदका रूपमा परिभाषित गरेको छ।

२. प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र डा. भट्टराईको जनता समाजवादी पार्टीबिच विश्वदृष्टिकोणमै अन्तर छ। नयाँ संविधान निर्माणपछि डा. भट्टराईले कम्युनिस्ट आन्दोलन नै परित्याग गरी वामपन्थी लोकतान्त्रिक शक्तिका रूपमा नयाँ शक्ति निर्माण गरेका थिए। त्यहाँदेखि यहाँसम्म आइपुग्दा डा. भट्टराई गैरकम्युनिस्ट तर वामपन्थी शक्तिका रूपमा रहेका छन्।

३. नेकपा (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच वर्तमान राजनीतिक व्यवस्थालाई बुझ्ने र क्रान्तिको कार्यदिशाबारे अन्तर छ।

माओवादी केन्द्र वर्तमान राज्यप्रणालीबाट समाजवादको आधार तयार पार्न सकिने र समाजवादको तयारी शान्तिपूर्ण प्रतिस्पर्धाको चरणमा रहेको निष्कर्षमा छ। तर, विप्लव नेतृत्वको नेकपा वैज्ञानिक समाजवादका निम्ति एकीकृत जनक्रान्तिको मान्यतामा छ।

४. माथि उल्लेख गरिएबाहेक आहुतिको वैज्ञानिक समाजवादी पार्टी, रवीन्द्र श्रेष्ठको नेकपा (बोल्सेभिक), गोपाल किराँतीको माओवादी केन्द्र लगायतका माओवादी घटकहरू पनि छन्। जसको सैद्धान्तिक मान्यता माथि उल्लेखित कुनै न कुनै घटकको वरिपरि रहेको देखिन्छ।

घटकबिच साझा मान्यता

१. नेकपा (माओवादी केन्द्र) संविधानको प्रगतिशील कार्यान्वयनको पक्षमा छ। उसले क्रान्तिका उपलब्धीहरू रक्षा गर्दै अघि बढ्नुपर्ने मान्यता राख्दछ। यता क्रान्तिकारी–माओवादी पनि क्रान्तिका उपलब्धी रक्षा गर्नुपर्ने मान्यतामा छ। साथै उसले माओवादी घटकहरूबिच संयुक्त मोर्चा बनाउनुपर्ने पक्षमा एकमत देखिन्छ।

२. माओवादी केन्द्र र डा. भट्टराईको जसपाको प्रगतिशील समूहबिच समाजवादी क्रान्तिबारे समान धारणा देखिन्छ। माओवादी केन्द्र पनि समाजवादी क्रान्तिको तयारीको कार्यदिशामा छ।

डा. भट्टराई पनि समाजवादको तयारीमा लाग्नुपर्ने मान्यतामा दृढ छन्। साथै प्राप्त उपलब्धीको रक्षाका सन्दर्भमा पनि दुवै शक्तिबिच समानता देखिन्छ। यद्यपि, समाजवादको अन्तरवस्तुबारे केही भिन्नता देखिन्छ।

३. माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबिच नेपालमा पूँजीवादी जनवादी क्रान्ति पूरा भएको समान निष्कर्ष देखिन्छ। माओवादी केन्द्र पनि समाजवादको आधार तयार पार्ने मान्यतामा छ

भने नेकपा पनि समाजवादका निम्ति संघर्षमा छ। साथै विद्रोही नेकपाको शान्तिप्रक्रियामा प्रवेशको निर्णयले दुवै शक्तिबिच समाजवादको शान्तिपूर्ण तयारीका पक्षमा समानता कायम हुँदै गएको देखिन्छ।

४. उल्लेखित शक्तिका अतिरिक्त वैज्ञानिक समाजवादी पार्टी, नेकपा (बोल्सेभिक), किराँतीको माओवादी केन्द्र लगायतका घटक पनि नेपालमा पूँजीवादी क्रान्ति मूलतः पूरा भएको निष्कर्ष छन्। यी सबै आधारहरू हेर्दा विचार र कार्यदिशाका दृष्टिले माओवादी घटकहरूबिच एकता हुनसक्ने प्रवलता देखिन्छ।

उल्लेखित विषयलाई विश्लेषण गर्दा विभाजित माओवादीहरू भावनाका दृष्टिले होइन, विचार र कार्यदिशाका दृष्टिले समेत एकतावद्ध हुन सक्ने आधारहरू छन्। माओवादी शक्तिबिच एकताका आधारहरूलाई निम्नानुसार सुत्रवद्घ गर्न सकिन्छ।

एकताका आधारहरू

माओवादीका विभिन्न चार घटकहरूबिच वैचारिक, राजनीतिक र संगठनात्मक विषयमा साझा धारणा बनाउन सकिन्छ, जसका लागि निम्नानुसारको नीति लिन सक्दा फेरि सबै माओवादी घटकहरू एक ठाउँमा उभिन सक्नेछन्।

१. कम्युनिस्ट पार्टीमा एकता र विभाजनको प्रमुख शर्त विचारधारात्मक राजनीतिक कार्यदिशामा समानता र मतभेद नै हो। तसर्थ, एकताको कुरा गर्दा माओवादी घटकहरूले राजनीतिक कार्यदिशामा समानता खोज्नुपर्ने हुन्छ।

किरण नेतृत्वको क्रान्तिकारी–माओवादीबाहेक अरु सबै घटक नेपालमा पूँजीवादी जनवादी क्रान्ति मूलभूत रूपमा पूरा भएको निष्कर्ष रहेकाले समाजवादी क्रान्तिको कार्यदिशा ठोस गरी त्यसकै आधारमा एकता गर्न सकिन्छ।

२. क्रान्तिको स्वरूप र चरित्रबारे पनि माओवादी घटकहरूबिच अन्तर छ। माओवादी केन्द्र र डा. भट्टराईको समूह शान्तिपूर्ण प्रतिस्पर्धाकै आधारमा समाजवादको तयार पार्न सकिने निष्कर्षमा छन्। अरु घटकहरू बलप्रयोगबिना समाजवादी क्रान्तिको तयारी नहुने निष्कर्षमा छन्।

तसर्थ, समाजवादको तयारीका लागि आवश्यकताका आधारमा शान्तिपूर्ण र आवश्यक पर्दा बलप्रयोगको नीति अवलम्बन गर्न सकिन्छ। सदन र सरकारबाट समाजवादको आधार तयार पार्न सक्नेसम्मका लागि संयुक्त मोर्चाको अवधारणा पनि अघि बढाउने तर, मूलतः सडक संघर्षलाई प्रधानता दिने नीतिका आधारमा एकता खोज्न सकिन्छ।

३. संघर्षमा वैधानिक बाटो कि अवैधानिक बाटो ? यो पनि माओवादी घटकहरूबिच एकताका लागि अर्को महत्वपूर्ण प्रश्न हो। तत्कालका लागि नेपालका माओवादीहरू सशस्त्र क्रान्तिको बाटो हिँड्न सक्ने अवस्था छैन।

वैधानिक संघर्षको बाटोभित्र मात्र कैद भएर मात्र पनि क्रान्तिको वस्तुगत आधार तयार पार्न सकिँदैन। तसर्थ, तत्कालका लागि संविधानको दायरामा रहेर हस्तक्षेपकारी कार्यनीति पनि लिने गरी एकता कायम गर्न सकिन्छ।

४. डा. भट्टराई नेतृत्वको घटक कम्युनिस्ट आन्दोलनभन्दा बाहिर रहेका कारण कम्युनिस्ट पार्टीकै छाताभित्र आउँछन् कि आउँदैनन् ? भन्ने प्रश्नहरू छन्।

तर, भट्टराईले वाम लोकतान्त्रिक शक्तिको परिकल्पना गरेको र २१ औं शताब्दीको कम्युनिस्ट पार्टी सबैभन्दा लोकतान्त्रिक शक्ति पनि हुने भएकाले त्यसको व्यवहारिक कार्यान्वयनको वैचारिक प्रतिवद्धताका आधारमा एकता खोज्न सकिन्छ।

५. माओवादी घटकबिच एकताका निम्ति अर्को शर्त हो – संगठनात्मक संरचना। माओवादी घटकहरूले वर्तमानकै संगठनात्मक संरचनामा रहेर एकता खोज्न कठिन हुन्छ। विगतमा भएको नेताहरूको प्रोफाइलमा रहेर एकता खोज्न कठिन हुने परिस्थिति पनि छ।

यस सन्दर्भमा तत्कालीन एकीकृत नेकपा (माओवादी) ले हेटौंडा महाधिवेशनमा संश्लेषण गरेको संगठनात्मक संरचनामा जान सकिन्छ। त्यसका लागि विचारको तहमा नेतृत्व गर्ने र संगठनको तहमा नेतृत्व गर्ने २ प्रणालीमा जान सकिन्छ।

६. कम्युनिस्ट पार्टी अविछिन्न उत्तराधिकारीपूर्ण आन्दोलन हो। तसर्थ, नेतृत्व विकास र उत्तराधिकारी निर्माण पनि पार्टी जीवनसँग जोडिएको महत्वपूर्ण विषय हो।

३३ वर्षको उमेरमा पार्टी महामन्त्री सम्हालेका प्रचण्ड लगायतका नेताहरूको केन्द्रीय कमिटीमा अहिले ४० वर्षमुनिका युवाहरू नै भेटिँदैनन्। तसर्थ, पार्टीलाई ‘थ्री इन वान’को अवधारणामा दृढतापूर्वक लैजानुपर्छ।

७. कम्युनिस्ट पार्टीलाई बुर्जुवाकरण हुनबाट रोक्ने महत्वपूर्ण हतियार हो – पार्टीको सर्वहाराकरण। विगतमा माओवादी पार्टीका नेता–कार्यकर्ताले सम्पत्ति पार्टीकरणको अभियान नै चलाएका थिए। अहिले त्यो परिस्थिति छैन। तर, पार्टीको स्थायी समितिसम्म सम्पत्ति पार्टीकरणलाई अनिवार्य शर्त बनाउन सकिन्छ।

बढीमा १५ जनाको स्थायी समिति बनाउने र स्थायी समितिमा रहन चाहने नेताहरूको मात्र सम्पत्ति सामूहिकीकरण गर्ने हो भने माओवादी आन्दोलनलाई नयाँ गति दिन सकिन्छ। स्थायी समितिका सबै सदस्यहरूको व्यक्तिगत सम्पत्ति नरहने र सबै नेताहरू आवश्यक सुविधासहितको अपार्टमेन्टमा बस्ने व्यवस्था गर्न सकिन्छ।

८. माओवादीले २०६० मा संश्लेषण गरेको २१ औं शताब्दीको जनवाद हामीले प्रयोगमा नल्याई स्थगित गरिदियौं। उक्त संश्लेषण ठीक थियो कि बेठीक भन्ने कुरा व्यवहारिक दृष्टिले पुष्टि नहुँदै २१ औं शताब्दीको जनवाद स्थगित गर्नु गल्ती थियो।

तसर्थ, माओवादीका सबै नेताहरूले एकपटक उक्त संश्लेषणलाई मूर्त रूपमा कार्यान्वयनको दिशामा अगाडि बढाउने संकल्प गर्नुपर्छ। अहिले हामीसँग सेना छैन। तर, पार्टी र सरकारका सन्दर्भमा जनताको जनवादी अधिनायकत्व स्थापित गर्नसक्ने र चक्रीय प्रणाली लागू गर्नसक्ने अवस्था छ। यसलाई लागू गरौं।

९. खुला निर्वाचनले पार्टीलाई कसरी भ्रष्टीकरण गर्दछ भन्ने कुरा एमालेमा केपी ओलीको आगमनले पुष्टि गरिसकेको छ।

तर, माओवादी धाराहरूले जुन कमिटी प्रणाली र जनवादी केन्द्रीयताको अभ्यास गरिरहेका छन्, त्यो वैज्ञानिक छैन। आलोचनात्मक र क्रान्तिकारी चेतलाई निषेध गरेर चयन गरिने त्यस्तो नेतृत्वले क्रान्तिको रक्षा गर्न सक्दैन।

एकातिर खुला निर्वाचनको भ्रष्टीकरण र अर्कोतिर नेताहरूको गोजीबाट मान्छे छान्ने प्रणाली गलत छ। तसर्थ, पार्टीले निश्चित प्रणाली बनाएर जनदिशामा आधारित नेतृत्व छान्नुपर्छ।

त्यसका लागि निर्वाचनको प्रक्रियामा जुन जिल्लाले पार्टीको समानुपातिक मतमा श्रेष्ठता कायम गर्न सक्छ, त्यसलाई नै नेतृत्वमा स्थापित गर्दै लैजान सकिन्छ।

१०. यसका साथै राजकीय क्षेत्रबाट प्राप्त गरिने लाभहरूको समानुपातिक बितरणको वैज्ञानिक प्रणाली खोज्नुपर्छ। राजकीय जिम्मेवारीका लागि निश्चित मापदण्ड र निश्चित कार्यकालको शर्त तोकेर आन्तरिक प्रतिस्पर्धाको नीति लिन सकिन्छ। यी र यस्तै धेरै सुत्रहरूका आधारमा माओवादी आन्दोलनको एकता र सुदृढीकरण सम्भव छ।

समग्रमा अहिले माओवादी आन्दोलनको कुनै पनि घटक सशस्त्र क्रान्ति वा जनयुद्धको बाटोमा जान सक्ने अवस्था छैन, गइसकेका घटकहरू पनि आत्मसमीक्षासहित नयाँ बाटोतिर अग्रसर छन्। तर, संसदवादलाई अनन्त कार्यदिशाका रूपमा ग्रहण गर्ने गल्ती पनि हामीले गर्नु हुँदैन।

यिनै विषयको वरिपरि रहेर माओवादी घटकहरूले एकताको नयाँ प्रक्रिया अगाडि बढाउन सक्छन् र सक्नुपर्छ। आउनुस्, माओवादी आन्दोलनको बृहत एकता चाहने हामी युवाहरुले यिनै आधारमा सार्थक एकताको पहल गरौं।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.