• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

यी १२ वर्षे बालक जसले एनएफटी बेचेर बने १२ करोडको मालिक


  •   मङ्गलबार, फागुन २४, २०७८
  • A
  • A+
  • A++

काठमाडौं । एनएफटी अर्थात् नन-फन्जिबल टोकनबारे तपाईंलाई पक्कै थाहा होला । पछिल्लो समय विश्व बजारमा एनएफटीले तहल्का मच्चाइरहेको छ । यो प्रविधिलाई डिजिटल चित्रकारिता र कला क्षेत्रमा एउटा आमूल परिवर्तन मानिन्छ ।

यसको प्रयोग गरेर पश्चिमा देशमा डिजिटल सम्पत्तिको किनबेच धेरै नै भइरहेको छ । यसैबाट मानिसले मनग्गे कमाइरहेका छन् । आज हामी यस्तै रोचक कथा सुनाउँदै छौं ।

बेलायतका १२ वर्षीय बेन्यामिन अहमद अहिले ‘क्रिप्टो एक्सपर्ट’का रूपमा छाएका छन् । सानै उमेरमा प्रविधि बुझ्दा उनी सात लाख ५० हजार डलर पाउन्ड (४८ करोड रूपैयाँ भन्दा बढी) सम्पत्तिको मालिक बनेका छन् ।

सन् २०१० मा पश्चिम बेलायतमा बेन्यामिन जन्मिएका थिए । उनका बुवा कम्प्युटर प्रोग्रामर र आमा शिक्षिका हुन् ।

बुवा इमरानबाट पाँच वर्षकै कलिलो उमेरमा कोडिङ सिकेका बेन्यामिन १२ वर्ष पुग्दा करिब ४८ करोडभन्दा बढीको मालिक भइसकेका छन् ।

उनले गत वर्ष एनएफटी कलेक्सन ‘weird whales’ सार्वजनिक गरी बिक्रीमा राखे । बिक्रीमा राखेको केही घन्टामै उनको पहिलो आर्टवर्क एक लाख ४४ हजार डलरमा बिक्री भयो ।

त्यस्तै अन्य आर्टवर्क बिक्री गर्दा केही महिनामा उनले नाै लाख ८० हजारभन्दा बढी डलर बराबरको इथेरियम आम्दानी गरे । उनको आफ्नो बैङ्क खाता नभएकाले आफूले जम्मा गरेको रकमबाट कत्ति पनि पैसा निकालेका छैनन् ।

एनएफटीबारे उनले अक्सफोर्ड विश्वविद्यालयमा लेक्चर समेत दिइसकेका छन् । अहिले अन्य व्यक्तिले किन्दै बेच्दै गर्दा उनकाे एनएफटीले ५० लाख डलरभन्दा बढीकाे व्यापार गरिसकेकाे छ ।

आफूले सानै उमेरमा एनएफटीका बारेमा बुझेपनि यसबारे धेरैले नबुझेको उनी बताउँछन् । उनलाई चिनिसकेपछी धेरै मानिसले एनएफटीबारे चासो राखेका छन् । यसबाट आफूलाई खुसी लागेको उनी बताउँछन् ।

उनले आगामी दिनमा थुप्रै मानिसलाई यसबारे जानकारी दिने सोच बनाएका छन् । आफूलाई करोडपति बनाउने क्रिप्टो र एनएफटीका बारेमा डेली मेलसँग बोल्दै उनी भन्छन्, ‘अबको भविष्य क्रिप्टो र एनएफटीमा नै छ । यदि कुनै पनि उद्योग डिजिटल भएर अगाडि बढ्यो भने त्यसले राम्रै प्रगति गर्छ ।’

एनएफटीको दुनियाँमा केही कुराको भेद नरहेको भन्दै बेन्यामिनले अगाडि भने ‘याे धनी-गरिब, स्थापित भइसकेका वा नभएका सबैका लागि उपयुक्त छ । यसमा सबैभन्दा बढी समर्पण आवश्यक पर्छ । जसले समर्पण गर्न सक्यो, उसले नै यो क्षेत्रमा प्रगति गर्छ ।’ टेकपाना बाट  साभार

  • एनएफटी
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.