रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गर्न उनी शुक्रबार बिहान त्रिभुवन विमानस्थल हुँदै रुपन्देही प्रस्थान गरेका छन्।
ललितपुरस्थित नक्खु कारागारले यसअघि नै रुपन्देही जिल्ला अदालतलाई पत्र पठाइसकेको छ। अदालतमा आवश्यक कागजी प्रक्रिया पूरा भएपछि रवि लामिछाने थुनामुक्त हुने अदालत स्रोतले जनाएको छ।
उच्च अदालतको आदेशअनुसार उनले बैंक जमानतसहित तोकिएका सर्तहरू पालना गर्नुपर्नेछ। सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहित ४२ जनाविरुद्ध पाँच करोडभन्दा बढी रकम अपचलनको अभियोग छ।
थप अपडेट आउँदै…



