कृष्ण हुमागाईं ।निजगढ
देश एकातिर विश्व महामारीको रूपमा फैलिएकाे नाेवेल काेराेना भाईरस नियन्त्रणका लागि विगत ५० दिन देखि लगातार लकडाउनमा छ । यस्तो समयमा सरकारकाे भुमिका भने अत्यन्तै कमजोर देखिन्छ । सरकार काेराेना नियन्त्रणकाे सट्टा आफ्नै सरकार टिकाउन एक पछि अर्काे गलत कदम चालिरहेकाे ।
आज देश विश्व महामारीको चपेडामा परिरहेका बेला छिमेकि देश भारतले लामाे समय देखि विवादमा रहेकाे नेपाली भुमि लिपुलेक हुदै चिनकाे मानसरोवर जानेबाट भारतका प्रधानमन्त्री नरेन्द्र माेदि र रक्षामन्त्री राजनाथ सिङले गत शुक्रबार संयुक्त रूपमा उद्घाटन गरे सँगै नेपालीमा यसका चर्काे विराेध सुरू भएको छ ।
यस क्षेत्रमा विगत लामाे समय देखि सिमा विवाद चलिआईरहेकाे छ तर सरकारले यसकाे समाधानका लागि कुनै पनि कुटनैतिक तहबाट पहल गरेकाे छैन । विडम्बनापूर्ण के छ भने भारतले २००३ देखि लिपुलेक हुदै मानसरोवर जानेकाटाे खन्न सुरू गरेकाे थियाे तर यत्राे समय सम्म सकारले किन त्यस क्षेत्रमा निगरानी राखेन ?
सिमा सुरक्षाका लागि शसस्त्रबाललाई किन खटाएन ? सरकार जब जब कमजोर बन्छ तब तब पुरानो मुद्दा उठाएर आफ्नाे दायित्वबाट किन पन्छि रहेकाे छ ? के नेपाली नेताले भारत सरकार लिपुलेक बेचेर अहिले आएर नाटक त गरिरहेकाे छैन ?
याे लिपुलेक, लिम्पियाधुरा र कालापानीकाे बारेमा सरकारले नेपाली जनतालाई स्पष्ट पार्नु पर्छ किन बारम्बार याे विवाद आईरहन्छ र भारतले किन यस्तो गरिरहेकाे छ यसकाे मुख्य कारण खुलाई नेपाली जनतालाई भ्रमबाट हटाउनु पर्छ । त्यसैले सम्माननिय प्रधानमन्त्रि केपि शर्माज्यु सँग यि प्रश्नहरू राख्न चाहन्छु ।
सम्माननिय प्रधानमन्त्रि केपि ओली ज्युलाई मेराे प्रश्न
१ । लिपुलेक , लिम्पियाधुरा , काला पानि लगायत अन्य सिमानमा सिमा रक्षाका लागि सैनिक किन नराखेकाे ?
२ । यदि सैनिक वा शसस्त्र राखेकाे भए उनिहरूले आफ्नाे सिमा रक्षा किन नगरेकाे ?
३ । याे क्षेत्रकाे विवाद पहिला देखि नै चलि आईरहेकाे र बार-बार यसैकाे नाममा राजनीति गरिरहेकाे अवस्था छ । त्याे क्षेत्रकाे सिमा समस्या किन समनधान नगरेकाे ?
४ । भारती सैनिकहरू बारम्बार त्यस क्षेत्रमा आएर सैनिक क्याम्प बनाएर बसिरहँदा याे सरकार किन टुलु टुलु हेरेर बसेकाे ।
५ । विगत ६० बर्ष देखि विवादित क्षेत्रहरू लिपुलेक, कालापानि, लिम्पियाधुरा, सुस्ताकाे समाधानका लागि तपाई लगायत देशका धेरै प्रधानमन्त्रि बारम्बार भारत भ्रमणमा जानु भयाे र भारतिय प्रधानमन्त्री नरेन्द्र माेदि पनि ४ पटक भन्दा बढि नेपालकाे भ्रमणमा अनउनु भयाे तर किन यस क्षेत्रकाे समाधानका लागि पहल गर्नु भएन ?
६ । के तपाई लगायत विगतका अन्य प्रधानमन्त्रि मिलेर त्यस क्षेत्र भारतलाई बेचेकाे हाे ?
७ । तपाईं बारम्बार भारत भ्रमण आफु प्रधानमन्त्रि बनि राखु र म तपाईंकाे विराेध गरि रहँन्छु भन्नलाई गएको हाे ?
८ ।भारतले त्यत्राे लामाे बाटाे एकै दिनमा त खनेकाे हाेईन । यत्राे लामाे समय सम्म तपाईं के हेरेर बस्नु भएको थियौ ?
९ । कि तपाईंलाई प्रधानमन्त्रि बनाई दिन्छु तपाईं चुपलागेर बस्नु भनेकाे थियाे माेदि जिले ?
१० ।के तपाईंले बाहिरि रूपमा भारतकाे बिराेध गर्ने , कार्यकर्तालाई उक्साउने र भित्रि रूपमा देशलाई बेच्ने काम त गरिरहँनु भएको छैन ?
११ । आखिर कहिले सम्म नेपाली जनतालाई गुम्राहमा राख्ने ?
१२ । देशकाे नदि-नाला बेचेर पुगेन प्रधानमन्त्रि ज्यु अब देशकाे माटाे बेच्न थाल्नु भयाे ?
१३ । अब कहिले भारत सरकारसँग निडर भएर आफ्नाे जमिन फिर्ता माग्ने ?
१४ । लिपुलेकबाट भारतिय हस्तक्षेप कहिले बन्द गर्ने र लिपुलेकमा तार बार लगाउने ?
१५ । नेपालकाे र भारत सँगकाे सिमा विवाद कहिले अन्त्य गर्ने ?