प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा क्षेत्रमा अावश्यक सुधारका लागि शिक्षा प्रविधि तथा विज्ञान मन्त्रालयका सचिव समक्ष अाठ बुदे सुझाब पत्र बुझाएको छ । साेमबार विद्यार्थी परिषद्काे राष्ट्रिय प्रतिनिधि टाेलिले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव श्री रामप्रसाद थपलियाज्यलाई भेटेर उक्त अाठ बुँदे सुझाव पत्र बुझाए हाे ।
पछिल्लो समयमा शिक्षाक्षेत्रमा देखिएका विविध समस्याहरू र त्यसकाे सुधारका विषयहरूलाई समेटेर विद्यार्थी परिषद्काे चैत्र २०, २१ र २२ गते विराटनगरमा सम्पन्न अाठाैँ राष्ट्रिय अधिवेशनबाट पारित गरिएको शैक्षिक प्रस्तावलाई परिषद्काे प्रनिधि टाेलिले शिक्षा मन्त्रालयका सचिवज्यूई उक्त सुझाब पत्र बुझाएको हाे ।
स्कुल ,कलेज तथा विश्वविद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूकाे समस्या , परिक्षा प्रणालिमा ढिला सुस्ति , दुर्गम भेगमा पढनपाढनमा देखिएका समस्याहरू , सामुदायिक तथा निजि विद्यालयकाे शुल्क बृद्वि, लगायत तमाम समस्याहरू रहेकाले उक्त सुझाब पत्रलाई तुरुन्तै कार्यनयनकाे दिशामा अगाडि बढाउन विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपानेले मन्त्रालयका सचिव रामप्रसाद थपलियाज्युलाई अाग्रह समेत गर्नु भएको छ ।
साथै परिषद्ले उक्त शैक्षिक प्रस्तावलाई कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाज्यूलाई समेत पेश गरी छिटो भन्दा छिटो कार्यनयनकाे अगाडि बढाउन अाग्रह गरेकाे छ ।