काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई निःशर्त समर्थन गरेको बताएका छन् ।
उनले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गरेर सभापति पदको दोस्रो चरणको निर्वाचनमा देउवालाई निःशर्त समर्थन गरेको बताएका हुन् ।
निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढंगले समाचारहरू आएको भन्दै सिंहले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
सिंहले भनेका छन् प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढि मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभाव अनुरुप उहाँलाई समर्थन गरेको हुँ ।
कुनै अन्य खाले अनर्गल भ्रममा नपर्न म सबै आदरणीय पत्रकार मित्रहरू र समस्त नेपाली दिदीबहिनी दाजुभाइलाई अपिल गर्दछु ।