• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, जेठ ०४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

लोकप्रिय समाचार

  • १. चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

  • २. इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

एकीकृत समाजवादीका सदस्यले मासिक १० हजार पाउने ! यस्ता सदस्यले मात्र पाउनेछन रकम

  •   बुधबार, पुष ०७, २०७८
  • A
  • A+
  • A++

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने भएका छन् ।

काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं भित्रका पूर्णकालीनलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो ।

‘जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालिन सदस्य चयन गरिनेछ,’ कार्कीले भने ।

सदस्यता वितरण, संगठन निमार्ण र परिचालन सम्बन्धका बारेमा उल्लेख गर्दै २ पुसमा टोली निमार्ण र ८ माघमा परिचालन गर्ने भन्दै काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालिन सदस्य मान्दै मासिक दुई लाख खर्च गर्ने प्रस्ताव गरेका हुन् । यो खबर रातोपाटीमा छ । यो पनि पढनुस, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी भएको बताउनुभएकाे छ ।

मङ्गलवार पाेखरामा आयाेजित पार्टीकाे गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

अध्यक्ष नेपालले एमाले केपी शर्मा ओलीकाे प्राइभेट कम्पनीमा रूपान्तरण भइसकेको दोहोर्‍याउनुभयाे । उहाँले भन्नुभयाे, ‘केपी ओलीको कब्जामा रहेको, उनको प्राइभेट कम्पनीमा रूपान्तरण भएको कथित नेकपा (एमाले) हाम्रो सबैभन्दा पहिलो प्रतिद्वन्द्वी पार्टी बन्न पुगेको छ ।

उसले हामीलाई शत्रु घोषणा गरेको छ । हाम्रो अनुहार पनि हेर्दिनँ भनेको छ । तर कस्तो संयोग, नेपाली कांग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानुपरेको छ । रमाइलो भाछ । भनेपछि नेपाली कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने, तर अन्य ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ।’

अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताउनुभयाे । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरूको ध्येय भने कम्युनिस्ट आन्दोलन र नेपालको गरिमालाई उँचो बनाउनुरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाए पनि कहिल्यै सम्मान नगरेको बताउनुभयाे । एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो । उहाँले एमालेले संसदबाट आफूहरूलाई हटाउन दबाब दिए पनि त्यो अधिकार कसैलाई नरहेको बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘अहिले आइरहेका छैनन् संसद् बैठकमा । आउँछन्, नारा लगाउन सुरु गर्छन् । नारा लगाउन सिकाएको हो कि क्या हो ? नारा लगाइरहेका विषयहरू के–के छन् ?

नारामा भनिएका कुरा सुन्नुस् त । नम्बर एक– संसदीय मर्यादा पालना गर । ओली गुटले मर्यादा पालना गरेको छ ? संविधानको सम्मान गर । तर गरेका छन त ? अनि नारा के लगाएको हुन्छ त भन्दा हामीले कारबाही गरेका व्यक्तिलाई यहाँबाट हटा । के कारबाही गर्न अधिकार पाएको छ, दिइएको छ ? त्यो अधिकार प्राप्त छ ? हामी भन्छौँ– छैन ।’ उज्यालो अनलाइनमा यो खबरमा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.