• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ४. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ५. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

आफू मरेर ३० जनाभन्दा धेरै यात्रुको ज्यान बचाउने चालक मेघनाथ विक



  •   बिहिबार, साउन ०३, २०८१
  • A
  • A+
  • A++

शुक्रबार बिहान मुग्लिन–नारायणगढ सडकखण्डमा दुईवटा दुःखद दुर्घटना भए । सिमलतालमा लेदोमाटोसहितको पहिरोले ६० जनाभन्दा धेरै यात्रुसहित दुईवटा बस बगायो । १७ किलो भन्ने ठाउँमा खसेको अर्को पहिरोले चाहिँ बस चालकको ज्यान गयो, ३० जनाभन्दा धेरै यात्रुको ज्यान जोगियो । आफू मरेर पनि यात्रुको ज्यान जोगाउने चालक हुनुहुन्थ्यो, नवलपरासी सुनवल-४ का ३६ वर्षीय मेघनाथ विक ।

बुटवलबाट यात्रु लिएर काठमाण्डौतर्फ गुड्दै गर्दा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १७ किलो भन्ने ठाउँमा सडक माथिबाट लेदोमाटो झरिरहेको थियो । लेदोमाटो खसेको देखेपछि चालक विकले बसको गति केही कम गर्नुभयो । त्यहीबेला एक्कासी माथिबाट खसेको ढुंगा चालक विकको टाउकोमा लाग्यो ।

बसमा रहेका यात्रुका अनुसार ढुंगाले लाग्दासमेत चालक विकले बस चलाइरहनुभयो र झन्डै ५० मिटरजति पर लगेर ब्रेक लगाउनुभयो । टाउकोमा ढुंगाले लाग्दासमेत उहाँले बस रोक्न भ्याउनुभयो । त्यसपछि उहाँको टाउकोबाट धेरै रगत बग्न थाल्यो । यात्रुले प्रहरीलाई खबर गरे । प्रहरी आएर तुरुन्त एम्बुलेन्स बोलाए र उपचारका लागि विकलाई भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा पुर्‍याइयो । ढुंगाले लागेर गम्भीर घाइते भएको विकको उपचारकै क्रममा ज्यान गयो । उहाँको हिजो त्रिवेणी धाममा अन्त्येष्टि गरिएको छ ।

मेघनाथको जीवनमा ठूला सपना थिएनन् । उहाँको केही महिनाअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएको थियो । अहिलेलाई एउटा सानो घर बनाउने र फेरि घरजम गरी नयाँ जिन्दगी अघि बढाउने सपना मात्रै थियो । तर दाजु तेजबहादुर विकले दिएको दागबत्तीसँगै मेघनाथको सपना पनि शरीरसँगै जलेर खरानी भयो । उहाँको घरमा अब दाजुसँगै ६३ वर्षीया आमा, भाउजु र सानो भतिजो मात्रै छन् ।

मेघनाथ आफ्नो चालक पेशामा मात्रै नभई गाउँ समाजमा परिआउने हरेक खालको समस्यामा समेत सहयोगका लागि अगाडि सर्नुहुन्थ्यो । अहिले उहाँको सम्झानामा गाउँ नै शोकाकुल भएको छ । आफूबाहेक बसका सबै यात्रुको ज्यान जोगाउन सफल हुनुभएका मेघनाथ र त्यस बेलाको दुर्घटनाको क्षण सम्झिँदै छिमेकीसमेत रहेका बसका सहचालक बासु पौडेल भन्नुहुन्छ, ‘यो कस्तो दैवको नियति !’ ३६ वर्षीय विकको परिवारमा ६५ वर्षीय आमा, दाजु, भाउजु र सानो भतिजो छन् ।

नेपालमा बर्सेनि वर्षायाम र चाडपर्वमा गाडी दुर्घटना धेरै हुने गर्छन् । केहीबाहेक धेरैजसो दुर्घटनामा चालकलाई दोषी ठहराइन्छ । तर आफ्नो ज्यान बलिदान गरेर अरूको ज्यान जोगाएका मेघनाथ उदाहरण बन्नुभएको छ । यही घटना हवाई क्षेत्रसँग सम्बन्धित हुन्थ्यो भने राज्यले मरोणपरान्त सम्मान र परिवारलाई सेवा सुविधाको व्यवस्था गर्थ्याे । तर गाडी चालकलाई राज्यले बेवास्ता गर्ने गरेको गुनासो छ । आफ्नो ज्यान दिएर अरूको ज्यान जोगाएका मेघनाथलाई राज्यको तर्फबाट मरणोपरान्त भए पनि उचित सम्मान हुनुपर्ने माग भइरहेको छ । पुरन अधिकारी, सुनवल , उज्यालो अनलाईन

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.