• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

जसपाले फेरि गर्‍यो दुई मन्त्री फेर्ने प्रस्ताव



  •   आइतबार, भदौ ०८, २०८२
  • A
  • A+
  • A++

८ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीले सरकारमा सहभागी दुई मन्त्रीहरू फेरबदल गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको छ । अध्यक्ष अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय भन्दै पत्र पठाएका थिए ।

तर, प्रधानमन्त्रीले त्यसअनुसार मन्त्रिपरिषद् पुनर्गठन भने गरेका छैनन् । मन्त्री नफेरेपछि जसपाले प्रधानमन्त्रीसँग ताकेता गर्न थालेको छ ।जसपाले खानेपानीमन्त्री प्रदीप यादवको स्थानमा वीरेन्द्र महतो र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको ठाउँमा रञ्जु झालाई पठाउनेगरी निर्णय गरेको हो । शनिबार बसेको पार्टीको बैठकमा फेरि यो कुरा उठेको हाे ।

बैठक स्रोतका अनुसार, शनिबार बैठकमा मन्त्रीहरूलाई राजीनामा दिन भनिएको छ । पार्टीभित्रको सहमति अनुसार गत वैशाखमै उनीहरूको एक वर्षे समयावधि सकिएको र त्यसपछि बजेटसम्म पर्खिने भन्दै उनीहरू पदमै रहेको विषयमा कुराकानी भएको थियो ।बजेट पास भएपछि पनि उनीहरूले पद नछाडेकोले शनिबारको बैठकमा उनीहरूलाई छोड्न पुन: ताकेता गरिएको हो ।

मन्त्री बन्ने सूचीमा रहेका जसपा नेपालका नेता वीरेन्द्र महतोका अनुसार, सरकारमा सहभागी हुने बेलामै पार्टीमा एक वर्षमा मन्त्री फेरबदल गर्ने भन्ने सहमति थियो ।

त्यही सहमति अनुसार अहिले समयावधि पुगेकाले फेर्न लागिएको उनको भनाइ छ ।

‘सरकारमा जाने बेलामा नै एक वर्षमा फेर्ने भन्ने पार्टीको सहमति हो । सम्माननीयज्यूकोमा पत्र गइसकेको छ । कहिले औपचारिकता पाउँछ सम्मानीयज्यूको हातमा छ,’ महतोले अनलाइनखबरसँग भने ।

महिलामन्त्री नवलकिशोर साह सुडीले आफूहरूलाई बदल्नेबारे कुनै जानकारी नआएको बताए । ‘मन्त्री बनाउने कुरा पार्टी र प्रधानमन्त्रीमाथि निर्भर रहन्छ,’ उनले भने, ‘मलाई यसबारे केही जानकारी आएको छैन ।’

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसकै पनि मन्त्रीहरू फेरबदलको चर्चा चलिरहेको छ । तर, मन्त्री फेर्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा अनिच्छुक देखिएसँग प्रधानमन्त्री ओलीले पुनर्गठन अघि बढाएका छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.