Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, माघ ०१, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रवि लामिछाने विरुद्ध दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय

चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा

मह उत्पादन र रोजगारी प्राथमिकतामा राख्दै, १३ औँ रत्ननगर महोत्सवको तयारी तीब्र

जेनजीको मखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्- रविलक्ष्मी चित्रकार

रवि लामिछाने र बालेन शाहबीच ६ घन्टा लामो गोप्य भेटवार्ता

चितवनको इच्छाकामनामा दोस्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ आयोजना

रवि लामिछाने आज रिहा हुँदै, रुपन्देही जिल्ला अदालतमा कानुनी प्रक्रिया पूरा हुँदै

लोकप्रिय समाचार

  • १. ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

  • २. चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

  • ३. पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा

  • ४. रवि लामिछाने विरुद्ध दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय

चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

  •   बुधबार, पुष ३०, २०८२
  • A
  • A+
  • A++

पुष ३०, चितवन । चितवनमा कृषि प्रविधिको प्रर्दशन तथा उत्पादनको प्रर्वद्धन गर्न नेपाल एग्रीटेक एक्स्पो हुने भएको छ । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा यही माघ २ देखि ४ गतेसम्म चितवन प्रर्दशनी केन्द्रमा ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो–२०८२” हुने भएको हो ।
आयोजकले आज (बुधबार) पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्था मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागितामा एक्स्पो गर्न लागिएको जानकारी दिए । उनका अनुसार तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहनेछन । हालसम्म स्टलहरु बुकिङ भईसकेको र तयारी अन्तिम चरणमा रहेको छ ।

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने भट्टराइले बताए । ’प्रर्दशनीमा साना कृषिऔजारदेखि लिएर डेरी तथा पशुपन्छी उद्योगमा प्रयोग हुने ठूला मेसिनरीसम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवा समेत उपलब्ध गराइनेछ, उनले भने, यस एक्स्पो केवल प्रदर्शनीमा मात्र सीमित नरहेर कृषि क्षेत्रमा लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, वजारीकरण तथा व्यावसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्मका रूपमा रहने हाम्रो अपेक्षा हो ।’

यस एक्स्पोले नेपालको कृषि क्षेत्रका लागि उपयुक्त नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत पु¥याउने र यसको प्रयोगमार्फत कृषिउत्पादन वृद्धि गर्ने र दीर्घकालीन रूपमा मुलुकलाई कृषिउपजमा आत्मनिर्भर बनाउने दिशामा कोशेढुंगा सावित हुने आयोजकको विश्वास छ ।

प्रर्दशनीमा विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूका लागि प्रदर्शनीले व्यवहारिक ज्ञान आर्जन, आधुनिक प्रविधिको अवलोकन तथा नेटवर्किङको महत्वपूर्ण अवसर प्रदान हुनेछ । प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । यस प्रकारका प्रर्दशनीले कृषिऔजार, यान्त्रीकरण, नवीन प्रविधि तथा सेवामार्फत नेपालको कृषि क्षेत्रलाई अझ उत्पादनमुखी, किफायती, व्यावसायिक र आत्मनिर्भर मदत पुग्ने चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारीले बताए । ’यस ‘प्रदर्शनीले कृषि र पशुपालन क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा हामीले गरेका छौं ।’उपाध्यक्ष अधिकारीले भने । कार्यक्रममा फुचुरेक्सका उपनिर्देशक मुवसिर इलाही, मिडिया स्पेसका निर्देशक द्धय सौरव रजौरिया, प्रताप सिंह विष्ट लगायतको सहभागिता थियो ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ। त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछाने विरुद्ध दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा

ट्रेन्डिङ

सबै

रवि लामिछाने विरुद्ध दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय

चितवनमा माघ २ गतेदेखि नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो हुने

ऋषिराम सिग्देलको ‘हो कसम हो’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

पिठुवा खानेपानीको आठौं बार्षिक साधारण सभा: २६ लाख ८७ हजार रुपैया मुनाफा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा : १३ वर्ष पुरानो अख्तियार फाइल विशेष अदालतमा झिकाइयो

रवि लामिछाने र बालेन शाहबीच ६ घन्टा लामो गोप्य भेटवार्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.