• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असार २६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ३. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ४. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ५. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • १०. मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

‘लकडाउनमा स्वास्थ बिमा : निजि अस्पतालको देखाउने दाँत, आपत पर्दा दिदैन काम’- सृजन घिमिरे



  •   सोमबार, बैशाख १५, २०७७
  • A
  • A+
  • A++

बैशाख १५ । झापा ।
कोरोना संक्रमणको विश्वव्यापी महामारीका कारण हामी लकडाउनमा छौं । घरमै बसेर सरकारले घोषणा गरेको लकडाउन पालना गरिराखेका छौं । लकडाउनकै समयमा बैशाख ६ गते शनिबार । बिहान साढे ९ बजे । बहिनी सलिना(बर्ष १५) पेट दुखेर सहनै नसक्ने अवस्थामा पुगिन् ।

वाक्क वाक्क लाग्ने तर वमिट नहुने । घरमा के गर्ने भन्ने सल्लाह गर्दा स्थानिय मेडिकल संचालक एम के राजबंशीलाई फोन गरि घरमै बोलाएर उपचार गर्न सकिन्छ भन्ने आशाले बोलाईयो । केही समयमै उनि आए । उनले चेकजाँच गरेपछी एपेन्डिसाईटिसको अनुमान गरि तुरुन्तै दमक लैजान सल्लाह दिए ।

उनकै सल्लाह बमोजिम दमक लगियो । बाटोमा प्रहरीलाई समस्या बताउँदै दमक स्थित पुराना आम्दा अर्थात दमक अस्पताल पुर्याईयो । त्यहाँबाट एपेन्डिसाइटिस नै हो भनि पत्ता लाग्यो । सल्यक्रिया त्यहाँ नहुने भए पछि दमक हस्पिटल रिफर भयो ।

त्यहाँ पुग्दा करिब साडे २ बजेको थियो । इमर्जेन्सीमा भेटिएका एकजना त्यहिका स्टाफ(पोख्रेल थरका) ले भने,-“यहाँ कम्प्युटर प्राविधिबाट सल्यक्रिया हुन्छ । एकदम छिटो र सुरक्षित । बिरामी ठिक हुनपनी समय लाग्दैन । २/३ दिनमै डिस्चार्ज गर्न मिल्छ ।”

यो लकडाउनको समयमा हामीले खोजेको पनि त्यही थियो । हामीले बिरामीको स्वास्थ्य बिमा पनि गरेको छ भनी जानकारी गरायौं । त्यसपछी कुरा मोडियो । उनले सिधै भने,- “ऐले स्वास्थ बिमा मार्फत चैँ उपचार गर्न सकिँदैन ।”

हामीले भन्यौं, – “बिमा लागू भएको अस्पताल हो त यो पनि । स्वास्थ बिमा लागू गरिएको छ भनेर ठूलो अक्षरमा लेख्नु भएको छ । ” उनले भने-“हो हुन त, अरुबेला भए बिमाबाटै गर्थौं । लकडाउनले अफ्ट्यारो छ हामीलाई पनि ।”सरकारले बिमाको पैसा हामीलाई दिएको छैन । बिमाबाट गर्ने भए अन्तै जानु ।” हामी अलमलमा पर्यौं ।

अन्त कहाँ जाने साथमा पैसा पनि छैन । धेरै आग्रह गर्दा पनि बिमाले काम नगर्ने नै भयो बरु सहुलियतमा उपचार गर्दिने उनले प्रतिबद्धता जनाए । “तीस हजारमा अपरेसन सँगै डिस्चार्ज हुँदा औसधि पनि दिने गरि मिलाउन सकिन्छ ।” उनले भने-“यो मिलाएर गर्दिन खोजेको हुँ ।” त्यसो नगर्ने भए दमक आम्दा वा नोबेल अस्पताल बिराटनगर लैजान सकिने सुझाव उनैले दिए ।

आफु आम्दाको पनि इमर्जेन्सी स्टाफ रहेको उनले नै बताए । आम्दामा चिर्ने विधीबाट सल्यक्रिया हुने रहेछ । तर त्यहाँ पनि बिमा चल्ने नचल्ने पक्का भएन । त्यसपछि बिरामीको अवस्था हेरि त्यहीँ दमक हस्पिटल मै उपचार गर्ने निधोमा पुगियो । बिरामीको उपचार भयो ३ दिन पछि सोमबार घर ल्याईयो । तर मनमा एउटा कुरा खेलिरह्यो ।

लकडाउनले गर्दा दैनिक गुजारा गर्न समेत कठिक भैरहेको समयमा सरकारले दिएको सुबिधा स्वास्थ्य बिमाले पनि काम गरेन । यस्तो बेलामा नागरिकलाई राज्यको झन धेरै आवस्यकता हुन्छ । कठिन परिस्थितिमा सरकारको निर्देशन मानेर लकडाउनमा बसेका नागरिक बिरामी हुँदा अस्पतालहरुले झन बढी सुबिधा दिनुपर्ने होइन र ?

आपतको बेला काम नलाग्ने तिम्रो बिमा के काम सरकार ? कतैबाट पैसा आउने बाटो छैन । छाक टार्नै मुस्किल हुन थालिसकेको बेला राज्यले दिएको सेवा लिन अझै पनि सोर्सफोर्स लगाउनु पर्ने हो ? एक लाख रुपैयाँसम्मको उपचार निशुल्क भन्दै स्वास्थ्य बीमा गरियो । परेका बेला एक रुपैयाँको काम गरेन भने जनताले दुःख गरेर तिरेको पैसा राज्यकोषमा जम्मा गर्न मात्र हो ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.