Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ १९, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

पहिला आवास क्षेत्र पुर्ने अनुमति पछि महानगरपालिकाको कारवाहि

रवी लामिछानेले पाए सफाई , चितवन – २ मा हुने चुनावमा जित्लान त रविले ? 

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

लोकप्रिय समाचार

  • १. उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

मन्त्री रामकुमारी झाँक्रीले २ राउटे युवतीसंग मित लगाइन्



  •   आइतबार, पुष २५, २०७८
  • A
  • A+
  • A++

काठमाडौ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सुर्खेतमा राउटे समुदायकी युवतीसंग मित लगाएकी छन् । उनले शुक्रवार राउटे समुदायमै पुगेर युवतीसंग मित लगाएकी हुन् । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा पुगेकी झाँक्रीले मित लगाएकी हुन् ।

राउटे समुदायमा मितलाई निकै महत्व दिन्छन् । मन्त्रीले नै मित लगाउने भएपछि शुक्रबार सो टोलमा छुट्टै चहलपहल थियो। अरु बेला भन्दा बस्ती केही सफा पारिएको र मानिसको उपस्थिती पनि निकै थियो। राउटे युवाहरु सिमलको रुख ढा ले र काठका भाँडावर्तन बनाउँदै थिए । राउटे युवती गाजलु, लोकेन्द्र र प्रकाशको घर अझ सफा थियो।

केही बेरमै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको टोली राउटे बस्ती आइपुग्यो। राउटे समुदायका लागि घर बनाउने विषयमा छलफलका लागि आएकी झाँक्रीले गाजलुसंग मित लगाएकी हुन् । त्यस्तै सहरी तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनालीले लोकेन्द्र र नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले राउटे युवा प्रकाश शाहीसँग पनि मित लगाएका छन् ।

मित लगाउनका लागि मन्त्री झाँक्री र महानिर्देशक मैनालीले काठमाडौंबाट आवश्यक कोशेली लिएर गएका थिए । मितलाई दिनका लागि गाजलु, लोकेन्द्र र प्रकाशले पनि काठका भाँडा तयार गरेका थिए। राउटे समुदायले मित साइनोलाई धेरै महत्व दिन्छ। यो समुदायसँग छिट्टै घुलमिल हुनका लागि पनि धेरैले मितेरी साइनो गास्ने गर्छन्।

मन्त्री झाँक्रीले गाजलुलाई फूलको मालासँगै श्रृङ्गारका सामग्री र केही खाने कुरा कोशेली दिइन्। गाजलुले सिमलको काठबाट बनाइएको कोसी दिइन्। ‘अब काठमाडौं गएका बेला पनि मितिनीसँग भेट हुने भयो,’ गाजलुले भनिन्, ‘मन्त्रीको मितिनी हुन पाउँदा धेरै खुशी लागेको छ।’ मित लगाएपछि मन्त्री झाँक्रीसँग गाजलुले छुट्टै कुराकानी गरिन्। मोवाइल नम्वर मागिन्। बेला–बेलामा भेट्न आउन आग्रह गरिन्। ‘राउटे समुदायमा मितेरी साइनोलाई धेरै महत्व मानिदो रहेछ,’ मन्त्री झाँक्रीले भनिन्, ‘साइनो अनुसारको भूमिका निभाउने प्रतिवद्धता जनाएकी छु।’ तस्बिर स् युग न्युज अनलाईनवाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

ट्रेन्डिङ

सबै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.