• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

लोकप्रिय समाचार

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने



  •   आइतबार, भदौ १४, २०८३
  • A
  • A+
  • A++

पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ । सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो ।नौबिसे मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनिय प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन । विसं २०५६ मा पहिरो झरेको ठाउँमा सडक भासिएर चर्किएको हो । त्रिशूली नदीमा आएको बाढीले तलबाट कटान हुँदा सडक भासिएको उहाँले बताउनुभयो ।त्रिशूली नदीमा शनिबारभन्दा तीन मिटर पानीको सतह बढेको छ । पानीको सतह घटेपछि जगबाटै पर्खाल लगाएर माथिसम्म सडक ल्याउने वा कसरी मर्मत गर्ने भन्ने बारेमा विज्ञ टोली आएपछि मात्र भन्न सकिने उहाँ बताउनुहुन्छ ।

सो ठाउँमा भित्तो काटेर सडक चौडा गर्न कठिन भएको उहाँको भनाइ छ । सो ठाउँमा २० मिटर लम्बाइको सडक आधाभन्दा बढी भासिएको छ । ६० मिटर अग्लो सडक भासिएको हो । सडकको कुनाबाटै चिरिएकाले मर्मत कठिन भएको हो । अहिले तत्कालै तल गएर हेर्न सक्ने अवस्था नभएकाले कति भाग तलबाट खोलिएको छ भन्न नसकिएको पाण्डे बताउनुहुन्छ ।

सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार सडक भासिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभिरतर्फ गइसकेको छ । टोलीले हेरेपछि साँझ सम्ममा कसरी मर्मत गर्ने भन्ने बारेमा एकिन भन्न सकिने उहाँको भनाइ छ । तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो ।

अन्य वैकल्पिक सडक सञ्चालनमा रहेकाले सोही सडक प्रयोग गर्न उहाँको आग्रह छ । विज्ञ टोलीको अध्ययनपछि एकतर्फि वा दुईतर्फि सडक कसरी खोल्न सकिन्छ त्यसबारेमा भन्न सकिने उहाँको भनाइ छ । यो सडक राजधानी प्रवेश र बाहिरिने मुख्य सडक हो ।

यो सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन आवतजावत गर्दछन् । यसअघि विसं २०५६ मा सो सडकमा पहिरो खसेर धेरै दुःख दिएको थियो । तत्कालीन अवस्थामा तलबाटै उकासेर सडक मर्मत गरिएको थियो । भित्तो पट्टी पहिरो रोकथामका काम गरेर रोकिएको थियो । गतवर्ष सोही ठाउँमा सडक केही भासिएपछि मर्मत भइरहेको थियो । मर्मतकै क्रममा पुनःफेर्दैसम्म सडक भासिएको र चिरिएको हो । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

ट्रेन्डिङ

सबै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.