• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने



  •   आइतबार, भदौ १४, २०८३
  • A
  • A+
  • A++

पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ । सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो ।नौबिसे मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनिय प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन । विसं २०५६ मा पहिरो झरेको ठाउँमा सडक भासिएर चर्किएको हो । त्रिशूली नदीमा आएको बाढीले तलबाट कटान हुँदा सडक भासिएको उहाँले बताउनुभयो ।त्रिशूली नदीमा शनिबारभन्दा तीन मिटर पानीको सतह बढेको छ । पानीको सतह घटेपछि जगबाटै पर्खाल लगाएर माथिसम्म सडक ल्याउने वा कसरी मर्मत गर्ने भन्ने बारेमा विज्ञ टोली आएपछि मात्र भन्न सकिने उहाँ बताउनुहुन्छ ।

सो ठाउँमा भित्तो काटेर सडक चौडा गर्न कठिन भएको उहाँको भनाइ छ । सो ठाउँमा २० मिटर लम्बाइको सडक आधाभन्दा बढी भासिएको छ । ६० मिटर अग्लो सडक भासिएको हो । सडकको कुनाबाटै चिरिएकाले मर्मत कठिन भएको हो । अहिले तत्कालै तल गएर हेर्न सक्ने अवस्था नभएकाले कति भाग तलबाट खोलिएको छ भन्न नसकिएको पाण्डे बताउनुहुन्छ ।

सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार सडक भासिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभिरतर्फ गइसकेको छ । टोलीले हेरेपछि साँझ सम्ममा कसरी मर्मत गर्ने भन्ने बारेमा एकिन भन्न सकिने उहाँको भनाइ छ । तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प नरहेको उहाँले जानकारी दिनुभयो ।

अन्य वैकल्पिक सडक सञ्चालनमा रहेकाले सोही सडक प्रयोग गर्न उहाँको आग्रह छ । विज्ञ टोलीको अध्ययनपछि एकतर्फि वा दुईतर्फि सडक कसरी खोल्न सकिन्छ त्यसबारेमा भन्न सकिने उहाँको भनाइ छ । यो सडक राजधानी प्रवेश र बाहिरिने मुख्य सडक हो ।

यो सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन आवतजावत गर्दछन् । यसअघि विसं २०५६ मा सो सडकमा पहिरो खसेर धेरै दुःख दिएको थियो । तत्कालीन अवस्थामा तलबाटै उकासेर सडक मर्मत गरिएको थियो । भित्तो पट्टी पहिरो रोकथामका काम गरेर रोकिएको थियो । गतवर्ष सोही ठाउँमा सडक केही भासिएपछि मर्मत भइरहेको थियो । मर्मतकै क्रममा पुनःफेर्दैसम्म सडक भासिएको र चिरिएको हो । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.