• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • ३. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो



  •   शुक्रबार, असोज ०९, २०८३
  • A
  • A+
  • A++

पूर्वी जापानको कान्टो क्षेत्रमा आँधीपछि आएको भारी वर्षाका कारण पहिरो र बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने तीनजना अझै बेपत्ता छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागावा प्रिफेक्चरका चार जना छन् । जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार कानागावाको योकोसुकामा पहिरोपछि बेपत्ता भएकी ७० वर्षीया महिलाको शव हालै फेला परेको छ ।प्रहरी र अग्नि नियन्त्रकहरूले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन् । सोमबार जापानको पूर्वी प्रशान्त तटमा पुगेको ‘डुजुआन’ आँधीले कान्टो क्षेत्र र इजु टापुमा भारी वर्षा गराएको थियो । वर्षाका कारण पहिरो र नदीमा बाढी आउनुका साथै टोकियो आसपासका क्षेत्रमा, विशेषगरी चिबा प्रिफेक्चरमा ठूलो क्षति पुगेको छ ।एनएचकेका अनुसार बिहीबार दिउँसोसम्म चिबा र कानागावा प्रिफेक्चरमा आँधीका कारण करिब एक हजार भवन ध्वस्त भएका, क्षतिग्रस्त भएका वा डुबानमा परेका छन् ।उत्तरी चिबाको इम्बानुमा ताल क्षेत्रमा आँधीपछि केही बाँध भत्किँदा आसपासका बस्ती, धानखेत र सडक डुबानमा परेका छन् । पानीको सतह घट्दै गए पनि केही क्षेत्रमा बाढीको अवस्था कायमै रहेको र शुक्रबारसम्म पुनःस्थापनाको काम जारी रहेको जनाइएको छ ।

आँधीका कारण जनजीवन र यातायात समेत प्रभावित भएको छ । शुक्रबार बिहान ६ बजेसम्म चिबा र कानागावाका करिब ११ हजार ७९० घरपरिवारमा विद्युत् सेवा अवरुद्ध थियो । चिबाका केही रेलमार्गमा सेवा स्थगित वा कटौती गरिएको छ ।

यसैबिच, जापानको मौसम विज्ञान विभागका अनुसार यस सिजनको २६औँ आँधी आगामी दिनमा जापान नजिक पुग्न सक्ने सम्भावना छ । उक्त आँधीका कारण ओकिनावा र अन्य क्षेत्रमा समुद्रमा उच्च छाल उठ्नुका साथै खराब मौसम हुनसक्ने चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.