चितवन । आज होली पर्व । फागु पूर्णिमाले समेत परिचित यो पर्व आज धुमधामका साथ मनाइदै छ ।
पर्वको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताउँदै शुभकामना दिएका छन् । होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन् ।
कोभिड–१९ को संक्रमण रोकथामका लागि जारी स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन उनको आग्रह छ ।
पर्वको अवसर पारेर उच्छृङ्खल गतविधि नगर्न चितवन नवलपुर प्रशासनले समेत आग्रह गरेका छन् । जबरजस्त लोला हान्ने,रङ दल्ने कुहिएका अण्डाले हान्ने जस्ता गविधि नगर्न र कसैले गरेको पाइए कारवाही गर्ने बताइएको छ।