• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

लोकप्रिय समाचार

  • १. गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

  • २. मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने



  •   बिहिबार, बैशाख २२, २०७९
  • A
  • A+
  • A++

काठमाण्डाै – निर्वाचन आयोगले यही वैशाख ३० गते हुने पालिका चुनावमा कर्मचारीले खटिन नमानेमा कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिएको छ ।

निर्वाचन आयोग ऐन २०७३ को दफा ७ मा आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचनको कामका लागि कुनै पनि सरकारी वा संस्थानका कर्मचारीलाई सहयोग लिन सक्ने व्यवस्था रहेको छ भने दफा ४३ मा खटाइएको ठाउँमा जान नमानेमा जिम्मेवारीबाट हटाउन वा निलम्बनसम्मको सिफारिस गर्ने व्यवस्था छ ।त्यही ऐनको दफा ४४ मा विभागीय कारबाही गर्न सकिने जनाइएको छ ।

स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेका अवस्थामा बाहेक खटाइएका कर्मचारीलाई फेरबदल नगर्न र माथिका कारण परेका अवस्थाबाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको हो । प्रचलित कानुनमा त्यसरी खटाउँदा पर्याप्त कारणविना नखटिने कर्मचारीलाई विभागीय र अन्य आवश्यक कारबाही गर्न सकिनेछ ।

साथै मतदानका लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्यरूपमा आफू खटिएका ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ ।

यसैबीच आयाेगले चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ सम्पन्न भएको छ भने वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन्न हुने जनाएको छ ।यस्तै आयोगले अहिलेसम्म निर्वाचन आचारसंहिता २०७८ विपरीतको काम गर्ने ३७ राजनीतिक दल र व्यक्तिलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

  • निर्वाचन
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

ट्रेन्डिङ

सबै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.