तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ। अब पार्टीको केन्द्रीय सदस्यहरूमध्येबाट नयाँ इन्चार्ज तोकिने तयारी भइरहेको छ। मंगलबार राति बसेको सचिवालय बैठकले पदाधिकारी र सचिवालय सदस्यहरूमध्ये नियुक्त प्रदेश इन्चार्जहरूलाई हटाएर नयाँ व्यवस्था गर्ने निर्णय गरेको हो ।
महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार, “प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गरिनेछ। अब प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोकिने निर्णय गरिएको छ।”यसअघि कोशी प्रदेश इन्चार्ज सन्तोष परियार, मधेसमा मनीष झा, बागमतीमा कोषाध्यक्ष लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिनकुमार आचार्य, कर्णालीमा गणेश पराजुली, र सुदूरपश्चिममा हरि ढकाल रहेका थिए ।
विशेषगरी कोशी इन्चार्ज सन्तोष परियार पार्टी छोडेर नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिसकेका छन् ।
