• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ३. चार लाख भारतीय रकमसहित पक्राउ

  • ४. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ५. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ६. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ७. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ८. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • ९. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • १०. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

देश नरहे, रहदैन हाम्रो अस्तित्व



  •   सोमबार, बैशाख २९, २०७७
  • A
  • A+
  • A++

अमृत सापकोटा ।भरतपुर

ए विर सपूत आऊ न छिटो,
बचाउन तिम्रो आमाको माटो ।
तिमी कहाँ छौ ? तिमी कहाँ छौ ?
एउटा प्रसङ्ग भन्छु, सुन
खपी नसक्नु भएर लाग्छ मन रून ……..
जब सीमा छेउ जान्छु, अल्मलिन्छु
यता हो कि उता हो भनि भौंतारिन्छु
सोधौँ कस्लाई मेरो सीमा कति हो भनि ?
लगत्तै इतिहासका ठेली पल्टाई हेर्छु अनि
लाग्छ कङ्काल हुँ अकालको
म भक्त यो देशको,
नहेर ताली पड्काई रङ्गमञ्चमा बसेर
आऊ काँधमा काँध मिलाउ कम्बर केसर
अबेर भइसक्यो नहेर बसेर
तिमी कहाँ छौ ? हे सपूत, तिमी कहाँ छौ ?

CGTN ( China global television network) ले मे-०२ मा ट्विटर मार्फत भनेको थियो “विश्वको सर्वोच्च शिखर सगरमाथा चिनमा पर्छ ।” अनि यस विषयमा १४ वर्षअगाडि बहस भएको थियो । चिनको लोकप्रिय राष्ट्रिय गीतहरूमा भनिएको छ – “ हाम्रो महान राष्ट्र जहा चुमुलुम्बा विश्वको सर्वोच्च शिखर छ ।” आदि इत्यादि ।

माओ त्सेतुङको पालामा विपि कोइराला गृहमन्त्री थिए । चीनसँग वार्ता गर्दा उसले सगरमाथा हाम्रो भनेपछि गणेशमान सिंहसहितको टोलीले सगरमाथा क्षेत्रका नेपालीहरूले नेपाल सरकारलाई तिरेको तिरो पेश गर्न चाइना गए र अन्नत: त्यसपछि नेपालको शिर सर्वोच्च शिखर सगरमाथा नेपालकै हो भनियो ।

नेपालका तराईका अधिकांश भूमिहरू अतिक्रमण भएका छन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो । यो मैले त्यसै भनेको होइन यसमा तथ्याङ्क र प्रमाणहरू प्रसस्तै छन् । जस्तै वि.सं.२०३६ मा राजा विरेंद्रले सुधारिएको पञ्चायत लिने कि बहुदलीय व्यवस्था ? भन्ने विषयमा जनमत सङ्ग्रह गराउदा सो क्षत्रका जनता सहभागी भएका अभिलेखहरू छन् ।

वर्तमान परिस्थितिलाई हेर्ने हो भने ईतिहासकै सबैभन्दा सजिलो र सहज समय रहेको छ । सिङ्गो नेपाल र नेपाली एक भएर राष्ट्र रक्षाका निम्ति जुट्न तयार छ । राष्ट्र र राष्ट्रीयताको विषयमा प्रतिपक्ष , सत्तापक्ष र सर्वसाधारण सम्पूर्णको अत्यान्तै न्यानो साथ र सहयोग प्राप्त भएको छ । यस्तो सहज परिस्थितिमा पनि सरकार कदम नचाल्ने, मौन बस्ने हो भने राजीनामा दिनु सिवाय अरू केहि रहँदैन । यस्तो परिस्थिति छ – सिङ्गो राष्ट्र नै एक ढिक्का बनेको छ । यस्तो बेलामा यी ३ क्षेत्र मात्र केन्द्रीत नरही सम्पूर्ण पुराना राष्ट्रघाती सन्धिहरूको पुनरावलोकन गर्नुपर्छ, समयसापेक्ष फेरबदल तथा बहस गर्नुपर्छ ।

हामी निरन्तर सङ्घर्षरत रहन्छौं । `सुखी नेपाली समृद्ध नेपाल´ को परिकल्पना गर्छौ । आखिर केका लागि । जब राष्ट्र नै रहँदैन भने हामी रहौंला र ?

“नेपाली हामी रहौंला कहाँ
नेपालै नरहे
अस्तित्व हाम्रो रहँदैन यहाँ
भूमि नरहे”

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको आधिकारिक नयाँ नक्सा सार्वजनिक गर्न सक्दैनौ भने तिमीलाई तिम्रै पद र शक्तिले पोल्नेछ, युगयुगान्तरसम्म ईतिहासले सराप्नेछ । सम्पूर्ण नेपालीहरू अविलम्ब राष्ट्र रक्षाका निम्ति जस्तोसुकै कठोर परिस्थिति सामना गर्न तत्पर रहेको बेलापनि तिमी नेतृत्व लिने आँट राख्दैनौ भने इतिहासबाट ठगिन पुगेको नालायक राष्ट्रभक्ति कहलिने छौ ।

यस्तो संवेदनशील कुरामा पनि सरकार यदि बैठक बोलाउन साथै कूटनीतिक माध्यमबाट तत्काल भारतसँग राष्ट्रिय सवाल तथा सार्वभौमसत्ताबारे कुरा गर्ने आँट गर्दैनौ भने आत्मसमर्पण गरिदेउ । त्यसपछि हेर्नु सिङ्गो नेपाल र नेपाली त्यसदिनबाटै आफ्नो भूमिरक्षाका निम्ति आफ्नो ज्यानको कुनै पनि प्रवाह नगरी कम्मर कसेर हातेमालो गर्दै काँधमा खुकुरी बोकेर तैनाथ हुनेछन् सिमानामा ।

हामीले राखेका ती सिमा सुरक्षा बल, नेपाली सेना, रक्षा मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख, नापी विभाग, परराष्ट्र मन्त्रालय आदि केका लागि ? के अब सिमा सुरक्षा बल, नेपाली सेना देशभित्र चोकचोकमा, जिल्लाजिल्लामा मात्र तौनाथ गराउन हो ? होईन भने तत्काल देशका सिमा सुरक्षाका लागि हातहतियार सहितको टोलीहरू प्रत्येक पिल्लरमा खटाइनु पर्छ ।

रातारात अध्यादेश ल्याउन समय निस्कने मन्त्रीज्यूहरूलाई भौगोलिक अखण्डताको रक्षाका निम्ति बैठक बस्न समय मिलेनछ।धिक्कार छ, यस्ता साशकहरूलाई शासनसत्ता सुम्पिने हामी आफैलाई नै धिक्कार छ ।

भारतले अनाधिकृत रूपमा कब्जा गर्दा नेपाल सरकारले ( जुनसुकै राजनीतिक दलको भए पनि, जसको पालामा भएपनि) केवल भिडियो कन्फरेन्स, सामाजिक संजाल तथा मिडियामा मात्र विरोध नगरी सम्बन्धित मुलुकको सरकारसमक्ष फेस टु फेस टेवल टक गर्नुपर्छ । यदि यस्तो गर्न हिम्मत छैन भने प्रत्येक नेपालीलाई गाउँगाउँबाट बस्तीबस्तीबाट उठ्न आग्रह गर्नुस् यो देश बचाउन, भूमि रक्षा गर्न ।

त्यसपछि हेर्नुहोस् नेपाली जनताको तागत तत्काल २४ घण्टामै आफ्नो मिचीएको, लुटिएको, बेचिएको, हडपेको भूमी फिर्ता ल्याउन सक्छन् कि सक्दैनन् ?

अन्तत: नेपाल र नेपालीको अस्तित्व नै विहीन गराउने हो भने यस्तो संवेदनशील राष्ट्रिय सार्वभौमसत्ताका विषयमा पनि कुनै कदम नचाल्ने हो भने तत्काल पदमुक्त भई राष्ट्रभक्ति बनिदेऊ । होईन भने राष्ट्रविरोधी बनेर देशको सत्ता हाँक्ने तिमीलाई कुनै अधिकार छैन । कि त राष्ट्र र राष्ट्रियताका विषयमा निरन्तर सङ्घर्षरत भएर कुनै पनि प्रलोभनमा नफस्ने प्रतिज्ञा गर्नुपर्छ ।
एकजुट भएर आजैबाट अघि बढौँ, पक्कै पनि हामी युगयुगान्तरसम्म ईतिहास बन्नेछौ ।

(सापकोटा युवा सञ्जाल भरतपुर महानगरपालिका सचिव हुन् ।)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

मन्त्री घिसिङको चेतावनी: अलपत्र घुमाउने पुलको ठेक्का एक महिनाभित्र काम नगरे तोडिने

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

चार लाख भारतीय रकमसहित पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.