निराज रानाभाट , काठमाडौं : बसेल कृयसनकाे दोस्रो प्रस्तुतिको ` सुस्तरी ´ गीतको भिडियो भदौ २६ गते , अाइतबार ( अाज ) सार्वजनिक भएको छ । उक्त गीतमा चर्चित गायक प्रताप दासको स्वर रहेको छ , भने शब्द / लय तथा एरेन्ज एवम् मिक्सङग् जयन जे वाइबाकाे रहेको छ । उक्त गीतमा सुमन ज्योति न्यौपाने ( ल्यारङ्री दादा ) र शिला गजुरेलकाे अभिनय रहेको छ ।
भिडियोकाे निर्देशक तथा कोरियोग्राफार सुरेन्द्र बसेलको रहेको छ । भिडियोको सम्पादन तथा कलर नवीन निरौलाले गरेका छन , भने असिस्टेन्ट कोरियोग्राफारमा देव दोर्जे लामाकाे रहेका छन । मेकप सरोज पाण्डेकाे रहेको छ र भने सिनेमेट्रोग्राफर दिनेश पराजुलीको रहेको छ । भिडियो भने अाइतबार ( अाज ) साँझ ०४:०० बजे ` बसेल कृयसन ´ युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।