• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, साउन २७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

फिच रेटिङसँगको छलफल : राजनीतिक अनिश्चिततामै ‘BB–’ रेटिङ जोगाउन सफल भएको नेपाल



  •   बुधबार, मङि्सर ०३, २०८२
  • A
  • A+
  • A++

नेपाल र फिच रेटिङबीच हालै सम्पन्न छलफलमा नेपालले गत एक वर्षमा अर्थतन्त्र सुधारका लागि चालिएका कदम, सार्वजनिक ऋणको अवस्था, विदेशी मुद्रा सञ्चिति र प्रमुख आर्थिक सूचकका विस्तृत तथ्यांक प्रस्तुत गरेको थियो। नेपालले पेस गरेका अधिकांश तथ्यांकप्रति फिचको टोली सन्तुष्ट देखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

फिचको मुख्य चासो राजनीतिक स्थिरतासँग जोडिएको थियो। विशेष गरी फागुन २१ गते तोकिएको निर्वाचन अनिश्चित भएमा ‘के हुन्छ?’ भन्ने प्रश्न फिच टोलीले बारम्बार उठाएको बताइएको छ। नेपालले सरकार, राजनीतिक दल र जेन–जी युवाहरू सबै निर्वाचनप्रति प्रतिबद्ध रहेको र निर्वाचन आयोगले क्यालेन्डर तथा झन्डै ५ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको जनाएको थियो।

जेन–जी आन्दोलनलाई नेपालले राजनीतिक क्रान्ति नभई सुशासनको क्रान्ति भन्दै सकारात्मक दबाबका रूपमा व्याख्या गरेको छ। भूकम्प र कोभिड जस्ता संकट सामना गर्न सक्ने नेपालको क्षमताले पनि आर्थिक लचकता देखाएको तर्क नेपालले फिचसमक्ष राख्यो। अर्थ अधिकारीहरूका अनुसार अहिलेको परिस्थिति हेर्दा नेपालले ‘BB–’ रेटिङ स्थिर राख्नै ठूलो सफलता हो। फिचले भने राजनीतिक अस्थिरता, कमजोर राजस्व स्थिति र संरचनात्मक सुधार आवश्यकताका चुनौतीहरू पनि औंल्याएको छ।

फिचको प्रतिवेदनअनुसार नेपालले ऋण भुक्तानी क्षमता जोगाइरहेको छ। संघीय सरकारको ऋण जिडिपीको ४६.१५ प्रतिशत रहने अनुमान भएकाले यो अनुपात ‘BB’ श्रेणीको ५४.४५ प्रतिशत मध्यमानभन्दा कम छ। आन्तरिक–बाह्य ऋणभार कम हुनु, सहुलियतपूर्ण ऋण उपलब्धता र जलविद्युत क्षेत्रको योगदान सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ।तर, बाह्य झटका, प्राकृतिक विपत्ति र राजनीतिक संक्रमणप्रतिको संवेदनशीलता कायम रहेको फिचले बताएको छ। चालु आर्थिक वर्षमा बजेट घाटा जिडिपीको ३.५ प्रतिशत र आगामी वर्ष ३.४ प्रतिशत पुग्ने अनुमान प्रतिवेदनमा समावेश छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

ट्रेन्डिङ

सबै

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.