Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, पुष १०, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

जेनजीको मखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्- रविलक्ष्मी चित्रकार

रवि लामिछाने र बालेन शाहबीच ६ घन्टा लामो गोप्य भेटवार्ता

चितवनको इच्छाकामनामा दोस्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ आयोजना

रवि लामिछाने आज रिहा हुँदै, रुपन्देही जिल्ला अदालतमा कानुनी प्रक्रिया पूरा हुँदै

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा : १३ वर्ष पुरानो अख्तियार फाइल विशेष अदालतमा झिकाइयो

राष्ट्रपतिको राजनीतिक सल्लाहकार सुनिल थापाको राजीनामा, सक्रिय राजनीतिमा फर्कने घोषणा

अध्यक्षमा ओलीको उम्मेदवारी: प्रस्तावक बादल, समर्थक पौडेल,

लोकप्रिय समाचार

  • १. रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

  • २. रवि लामिछाने आज रिहा हुँदै, रुपन्देही जिल्ला अदालतमा कानुनी प्रक्रिया पूरा हुँदै

  • ३. रवि लामिछाने र बालेन शाहबीच ६ घन्टा लामो गोप्य भेटवार्ता

  • ४. चितवनको इच्छाकामनामा दोस्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ आयोजना

  • ५. जेनजीको मखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्- रविलक्ष्मी चित्रकार

फिच रेटिङसँगको छलफल : राजनीतिक अनिश्चिततामै ‘BB–’ रेटिङ जोगाउन सफल भएको नेपाल



  •   बुधबार, मङि्सर ०३, २०८२
  • A
  • A+
  • A++

नेपाल र फिच रेटिङबीच हालै सम्पन्न छलफलमा नेपालले गत एक वर्षमा अर्थतन्त्र सुधारका लागि चालिएका कदम, सार्वजनिक ऋणको अवस्था, विदेशी मुद्रा सञ्चिति र प्रमुख आर्थिक सूचकका विस्तृत तथ्यांक प्रस्तुत गरेको थियो। नेपालले पेस गरेका अधिकांश तथ्यांकप्रति फिचको टोली सन्तुष्ट देखिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

फिचको मुख्य चासो राजनीतिक स्थिरतासँग जोडिएको थियो। विशेष गरी फागुन २१ गते तोकिएको निर्वाचन अनिश्चित भएमा ‘के हुन्छ?’ भन्ने प्रश्न फिच टोलीले बारम्बार उठाएको बताइएको छ। नेपालले सरकार, राजनीतिक दल र जेन–जी युवाहरू सबै निर्वाचनप्रति प्रतिबद्ध रहेको र निर्वाचन आयोगले क्यालेन्डर तथा झन्डै ५ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरिसकेको जनाएको थियो।

जेन–जी आन्दोलनलाई नेपालले राजनीतिक क्रान्ति नभई सुशासनको क्रान्ति भन्दै सकारात्मक दबाबका रूपमा व्याख्या गरेको छ। भूकम्प र कोभिड जस्ता संकट सामना गर्न सक्ने नेपालको क्षमताले पनि आर्थिक लचकता देखाएको तर्क नेपालले फिचसमक्ष राख्यो। अर्थ अधिकारीहरूका अनुसार अहिलेको परिस्थिति हेर्दा नेपालले ‘BB–’ रेटिङ स्थिर राख्नै ठूलो सफलता हो। फिचले भने राजनीतिक अस्थिरता, कमजोर राजस्व स्थिति र संरचनात्मक सुधार आवश्यकताका चुनौतीहरू पनि औंल्याएको छ।

फिचको प्रतिवेदनअनुसार नेपालले ऋण भुक्तानी क्षमता जोगाइरहेको छ। संघीय सरकारको ऋण जिडिपीको ४६.१५ प्रतिशत रहने अनुमान भएकाले यो अनुपात ‘BB’ श्रेणीको ५४.४५ प्रतिशत मध्यमानभन्दा कम छ। आन्तरिक–बाह्य ऋणभार कम हुनु, सहुलियतपूर्ण ऋण उपलब्धता र जलविद्युत क्षेत्रको योगदान सकारात्मक पक्षका रूपमा उल्लेख गरिएको छ।तर, बाह्य झटका, प्राकृतिक विपत्ति र राजनीतिक संक्रमणप्रतिको संवेदनशीलता कायम रहेको फिचले बताएको छ। चालु आर्थिक वर्षमा बजेट घाटा जिडिपीको ३.५ प्रतिशत र आगामी वर्ष ३.४ प्रतिशत पुग्ने अनुमान प्रतिवेदनमा समावेश छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जेनजीको मखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्- रविलक्ष्मी चित्रकार

रवि लामिछाने र बालेन शाहबीच ६ घन्टा लामो गोप्य भेटवार्ता

चितवनको इच्छाकामनामा दोस्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ आयोजना

ट्रेन्डिङ

सबै

जेनजीको मखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्- रविलक्ष्मी चित्रकार

रवि लामिछाने र बालेन शाहबीच ६ घन्टा लामो गोप्य भेटवार्ता

चितवनको इच्छाकामनामा दोस्रो सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ आयोजना

रवि लामिछाने आज रिहा हुँदै, रुपन्देही जिल्ला अदालतमा कानुनी प्रक्रिया पूरा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

रवि लामिछाने आज रिहा हुँदै, रुपन्देही जिल्ला अदालतमा कानुनी प्रक्रिया पूरा हुँदै

रवि लामिछाने र बालेन शाहबीच ६ घन्टा लामो गोप्य भेटवार्ता

ईजी खोज चितवन द्वारा वनभोज तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

चीन अब अमेरिकासँग टक्कर दिन सक्ने शक्ति हासिल गरिसकेको छ ।

रास्वपाले हटायो सात प्रदेश इन्चार्ज, जिम्मेवारी अब केन्द्रीय सदस्यलाई

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.