भरतपुर महानगरपालिका युवा सञ्जालले युवा दिवसको दिन आयोजना गरेको सचेतना र्याली तथा बृहत सरसफाइ कार्यक्रम चौविस कोटि देखी गेष्ट हाउस चौर सम्म आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ , उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा माननीय बिजय सुवेदि (प्रदेश सासंद), विशिष्ट अतिथि नेत्र प्रसाद सुवेदि (भ. म.न.पा प्रमुख प्रशासकीय अधिकृत) र सीताराम कोईराला ( शैक्षिक प्रशासन शाखा, उप- सचीव ) रहनु भएको थियो .
सरसफाई कार्यक्रम मा WAY ग्रुप , सेवा र बिकास का लागि युवा , हिन्दु स्वयम् सेवक संघ नेपाल,भ. म.न.पा -१० युवा क्लब ,भ. म.न.पा१२ युवा क्लब ,जिल्ला ट्राफिक कार्यलय , शैक्षिक प्रशासन भ. म.न.पा , हेल्प फर ह्याप्पीनेस , भ. म.न.पा -१० का टोल विकास संस्था लगाएत विभिन्न संघ सस्थाको उपस्थिति रहेको थियो.
कार्यक्रममा अतिथिको रुपमा सीताराम कट्टेल (धुर्मुस) (सामाजिक अभियान्ता तथा हास्य कलाकार ),धीरेन्द्र शाहा (सिराहा सरसफाइ अभियन्ता ),रूद्र पौडेल (शैक्षिक प्रशासन शाखा, शाखा अधिकृत ),अर्जुन प्रसाद भूषाल ( प्रहरी नायव निरीक्षक ) रहनु भएको थियो /
युवा संजाल को सचिब अमित सापकोटा ले संचालन गर्नुभएको कार्यक्रम सभापति/ अध्यक्ष सन्देश वाग्लेले समापन गर्नु भएको थियो .