• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, भदौ ३१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • २. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • ३. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ४. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ५. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • ६. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ७. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन



  •   बुधबार, भदौ ३१, २०८३
  • A
  • A+
  • A++

भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ ।जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मङ्गलवार सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट भएको धनजनको प्रारम्भिक क्षतिका विवरण एक महिनाभित्र सङ्कलन गर्न नवगठित मूल्याङ्कन समितिलाई कार्यादेश दिएको उहाँले जानकारी दिनुभयो ।समितिमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजना, सहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना, नेपाल इन्टरमोडललगायत २५ सरकारी तथा गैरसरकारी संस्था÷निकायका प्रमुख प्रतिनिधि सदस्य रहेका छन् । समितिको सदस्यसचिवमा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी रहनुभएको छ ।

बाढीका कारण स्याफ्रुबेँसीमा रहेको गोसाइँकुण्ड गाउँपालिकाको भवन बगाएपछि गाउँपालिकाको नियमित कार्यसञ्चालनका लागि रसुवा भूसंरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णयसमेत भएको छ ।

त्यसैगरी, बेत्रावतीको खाल्टेमा बाढीले बगाएको उत्तरगया गाउँपालिकाको भवन पुनर्निर्माणका लागि बेत्रावतीमाथि रहेको सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा अन्य विपद्सम्बन्धी कार्यका लागि निजी कम्पनीका हेलिकप्टर प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित सङ्घसंस्था वा व्यक्तिले माग गरेअनुसार रसुवा उडानको अनुमति लिन लिखित अनुरोध प्राप्त भए जिल्ला प्रशासन कार्यालयले आवश्यक सहजीकरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बाढीले रसुवाका विभिन्न स्थानमा मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । क्षतिको एकिन विवरण सङ्कलन गरी राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउन तथ्याङ्क सङ्कलन समितिले काम गर्ने जनाइएको छ ।

यस्तै बाढी बगाएका रसुवा, नुवाकोट सिमाना बेत्रावतीको फलाखुखोला, स्याफ्रुबेँसीको भोटेकोसी तथा रोङ्गा खोलामा बेलीब्रिज छिटोभन्दा छिटो जडान गरी सडक एवं पैदलमार्गको सञ्जाल जोडिदिन रसुवा नागरिक समाजले अनुरोध गरेको छ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

ट्रेन्डिङ

सबै

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.